केही कुरा आफ्नैबारे :
दुई वर्ष नाघिसकेछ, कलेज कलमले कलम बन्द गरेको । यसबीच लोडसेडिङ्को मार केही मात्रामा हामीले पनि खेप्यौँ । पुराना साथीहरूसँगको सञ्जाल पनि विस्तार हुनुको साटो साँघुरिँदै गयो । नेपाली फन्ट चलाउन जान्ने सीमित थियौँ, तिनै साथीहरुको व्यस्तता पनि बढ्दै गयो । यसरी हामीले लामै विश्राम लियौँ । समग्रमा क्षमा याचनाका बहाना हुन् यी ।
२५ फेब्रुअरी २००८ देखि सुरु गरेर करिब एक वर्षको समयमा हामीले कथा, कविता, गीत, गजल, पुस्तक समीक्षा, तस्वीर आदि विविध ७९ ओटा सामग्री प्रकाशित गरेछौं । संख्यात्मक हिसाबले यो ठूलो सङ्ग्रह त होइन, तर भावनात्मक हिसाबले बिर्सनै नसकिने थुप्रै सम्झना छन् यहाँ । जसले हामीलाई बेलाबेलामा झकझक्याइरह्यो । यहाँ प्रकाशित साथीहरूको सामग्रीले चिमोटी पनि रह्यो । त्यसैलै हामी पुन: सक्रिय भएका छौं इमेल र फेसबुकमार्फत नयाँ सञ्जाल बिस्तार गर्दै ब्लगलार्इ निरन्तरता दिने प्रयाससहित ।
--------------------- कलेज कलम समूह
collegekalam@gmail.com
Tags
Blog Archive
Popular Posts
Blog List
-
-
लेखिकालाई सम्पादकको पत्र2 days ago
-
रोगभन्दा लाज ठूलो भइदिँदा4 days ago
-
असफल झुण्ड र देशको अनिश्चित भविष्य6 days ago
-
Friendship and psychophobia1 week ago
-
कविता : चप्पलहरुको देशमा2 weeks ago
-
-
स्मृतिबाट आधा घण्टा5 weeks ago
-
बागबजार रोड फेस्टिवलमा कलाकार1 month ago
-
Essay3 months ago
-
'खसे पुक' अभ्यास7 months ago
Others Links
सनहीको स्वर
उस्तादजी !मन परेन मलाई
यो पुरानो सनहीको स्वर
उही पट्यारलाग्दो प्रस्तुति
पुनरावृत्ति मात्र
जति सुने पनि एउटै लाग्ने
यो टुइँ टुइँ
जति नै माझेर टल्काए पनि
मुख कुल्ला गरेर फुके पनि
झन् बिग्रिएको छ यसको सङ्गीत
तर, अरूलाई मन नपरे पनि
धेरै मनपर्छ तपाईँलाई
त्यसको बखान गर्दै
फुक्दै-फुक्दै हिँड्न
चोक-चोक
गल्ली-गल्ली
थाहा छ हामीलाई -
तपाईँ किन र कसको लागि
रातो पार्दै गाला
वर्षौँदेखि अनवरत
फुकिरहनुभएको छ यो सनही
मानेको हो हामीले-
ठूलो योगदान छ यो सनहीको
मृत्युशोकमा डुबेकालई
झन् बढी शोकमा डुबाउन
विरक्तिएकालाई झन् विरक्त तुल्याउन
सुतेकाहरूलाई अझ सुताउन
गएकाहरूलाई फेरि फर्किएर नआउन
उस्तादजी !
मन परेन मलाई
यो पुरानो सनहीको स्वर
त्यसो त-
मन नपर्ने कहाँ हो र मलाई ?
हप्तौपछि टन्न खान पाएर
बालबच्चाको अनुहारमा देखिएको
तृप्त हाँसोको सङ्गीत
कहाँ मन नपर्ने हो र ?
स्वतन्त्रता खोज्दै सडकमा चिच्याइरहेका
लामबद्ध मानिसहरूको स्वर
वर्षौँदेखि सुन्दै आए पनि
अझ मनपर्छ -
झरनाको कलकल
र पानीमा ढुङ्गा जुधेको आवाज
तर, उस्तादजी !
पटक्कै मन परेन मलाई
उही आलाप
उही आरोह-अवरोह
यो पुरानो सनहीको पट्यारलाग्दो स्वर ।
- लेले, ललितपुर ।
Subscribe to:
Posts (Atom)

