Showing posts with label बाल कविता. Show all posts
Showing posts with label बाल कविता. Show all posts

गुरु र ज्ञान

संविद घिमिरे

जीवन त यो छैन कतै शिक्षा बिना पूर्ण,
शिक्षाले ज्ञान दिन्छ सही बाटो रोज्न।
गुरुले ज्ञान दिन्छन् हर शिष्यलाई,
उपदेश मानी लिन्छन् जीवन पुर्ण गर्नलाई।
जीवनमा गाँसिइन्छन् ज्ञान दिने गुरु,
विद्या अर्थी हामी सबै ज्ञानसँग रमूँ।
गुरु सँधै प्रेरित गर्छन् सत्कर्म नै गर्न।।
हाम्रो लागि शिक्षा दिने मात्र हुन्नन् गुरु,
साथीभाई पनि हुन् ज्ञान साट्‌ने गुरु।
गुरुसँग हाम्रो नाता हुनुपर्छ अटुट,
शिक्षा पनि हामीसँग हुन्छ सँधै मजबुत।
पैसा तिरी किनिदैन ज्ञान जस्तो चीज,
छरिन्छ यो जताततै मानिसको माझ।
चिन्न सके यसको गुण पुगिनेछ माथी,
नचिने त रहनेछ जति थियो त्यत्ति।
बाटो हिड्दा जीवनमा अनगिन्ती मोड,
गुरु ज्ञान पाएर नै जित्न सक्छौ होड।।

सेन्ट जेभियर्स स्कूल
कक्षा ८ 'ए'
गोदावरी, ललितपुर।

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes