Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

सलोजा

                                                                           
 सँगै हासे तिमीसँग बोलेपछि दुखेँ
तिम्रो शहरमा रहर घोलेपछि दुखेँ

नछोएको नदेखेको नभोगेको कहिल्यै
अमुल्य यौवनको मोल मोलेपछि दुखेँ

चाहनाको लालीमा सूर्य फूल्दै थियो
चन्द्रमाको उज्यालोले पोलेपछि दुखेँ

पुगे नीलो समुन्द्र चुमे नीलै आकाश
तर झुठको दरबार खोलेपछि दुखेँ

भिन्न शरीर एकात्मा भोगाई आधा आधा
तिम्रो अहंकारले विथोलेपछि दुखेँ ।
                                                                      ओखलढुङ्गा हालः काठमाडौँ                                                                                                                                                                                                                                                                                                                              

र पनि चोट छ दिलमा

तुलसी मोठ छ दिलमा
र पनि चोट छ दिलमा ।

बाहिर स्वाङ पार्नेको,
भित्र खोट छ दिलमा ।

म खाऊँ मैँ लाऊँ भन्छौ,
सोचाइ चोट छ दिलमा ।

ओ, राम राम किन गर्छौ,
जपना नोट छ दिलमा ।

छाद्छौ तीतो मात्र छाद्छौ,
के नीमको बोट छ दिलमा ?

विश्‍वास छिनमै गरिदिन्छु,
र त बिछोड छ दिलमा ।

- हँडिया- ६, उदयपुर
हाल: काठमाडौँ ।

गजल

शून्य प्रकाश

छाडेर गईस् भन्दै गाउँ रुन्छ सपनीमा
मलाई जन्मा-हुर्काको ठाउँ रुन्छ सपनीमा

कसरी सक्छु म सुत्न विकास सुते झैँ मस्त
सधैँ-सधैँ जस्को बुढो बाउ रुन्छ सपनीमा

हुर्किएछ चरी अब छाडेर जो गयो गुँड
भनेर बिलौना गर्दै माउ रुन्छ सपनीमा

नदुखे झैँ चस्स-चस्स सधैँ चस्कन्छ यो छाती
भुल्नै नमिल्ने एउटा घाउ रुन्छ सपनीमा

तँलाई पारी तारेको मैले हो नबिर्सी भन्दै
माझी रुन्छ सपनीमा, नाउ रुन्छ सपनीमा

हजारबिघा, सर्लाही।

गजल

तीर्थ विष्ट

सुनै हौ तिमी खार्नु नपर्ने
मसँगै छ्यौ चहार्नु नपर्ने

यो रुखो मनमा पनि फैलने
दुबो हौ तिमी सार्नु नपर्ने

स्वर्गमा भए, के गर्थे खै ?
धर्तीमै छ्यौ झार्नु नपर्ने

उत्सब हौ मेरो जिन्दगीलाई
सधैँ भए'नि टार्नु नपर्ने

(केही समयको बनबासपछि हामी फेरी उपस्थित भएका छौ, अबको दिनमा कलेजकलमलाई निरन्तरता दिने प्रणका साथमा। कलेज कलम।)

गजल

शून्य प्रकाश

सयौँ जुनी हैन एउटै जुनी दिए पुग्छ ।
बरदानमा प्रभु मलाई उनी दिए पुग्छ ।

प्वाँख देउ पन्छी जस्तै उड्न पाउँ भन्दिन म
पिँजडामा उनीसँगै थुनिदिए पुग्छ ।

स्वर्ग कस्ले देख्या छ र भोलिको भर हुन्न
यही धर्ती यही आकाश मुनी दिए पुग्छ ।

यति दिने वाचा गर अरु केही माग्दिन म
'शून्य' मनको यौटै बिन्ती सुनिदिए पुग्छ ।

गजल

समृद्घि 'शायद'

आंशुलाई टल्काउने प्रभात हुन सक्नु पर्छ
फुटेका मन जोड्ने सौगात हुन सक्नु पर्छ

फुल्दा गुलाफ मात्र हैन चढ्ने देउतालाई
हांगावाट झरे'सी पारिजात हुन सक्नु पर्छ

कस्ले भन्छ विश्वासको खडेरी छ हामी वीच
एउटै मान्छे पनि जमात हुन सक्नु पर्छ

हृदय सगरमाथा आँखामा बुद्घ हरेकको
फिलिंगो विप्लवको उत्पात हुनसक्नु पर्छ

धाँजा धाँजा नहुन सक्छन् समय र मनहरू
बाफिएर आफैं पनि वर्षात हुन सक्नु पर्छ

गजल



दुख्ने गर्छ मुटु मेरो
डुब्दा बिगतका तलाऊहरु।

चर्किने गर्छ स्मृतीको पटमा
तिमीले दिएका घाउहरु।

स्वर्ग जस्तै थिए हिंजो
हामी घुमेको रमाईलो गाउँहरु।

नर्क तुल्य भएको छ आज
मेरो निम्ती त्यही ठाउँहरु।

मैले हारी तिमीले जित्नु पर्ने
थाहै नदिई कस्तो खेल्यौ दाउहरु।

बेवारीसे लाश जस्तै तिरस्कृत हुदै
कति चालौ जिन्दगीका गह्रौ यी पाऊहरु।

तिरस्कृत किनारमा उभी आज
पर्खि रहेछु पार तर्ने नाउहरु।

बि जे बान्तवा राई
भोजपुर

गजल

रुपक वनबासी

प्रेमपत्र लेख्दै पातपातमा हिँडियो कुनैबेला
दिँदै कतिलाई हात हातमा हिँडियो कुनैबेला

उमेरै यस्तो भन्नुपर्छ रहरै त्यस्तो भन्नुपर्छ
रोदी बस्ने भन्दै रात रातमा हिँडियो कुनैबेला

बाँसुरीमा कृष्णजीजस्तै गाँजाभाँङ्‍मा शिवजीजस्तै
लटि्‍ठदै कसैका बातबातमा हिँडियो कुनैबेला

सम्झिदा'नि त्यसैत्यसै आनन्दको आभाष हुन्छ
लर्के जवानीको मातमातमा हिँडियो कुनैबेला

तनहुँ ।

गजल

जनक पौड्‍याल

आँधीबीच एक्लो हुँदा नाउ जिन्दगीको
नदुखेको कसको छ र घाउ जिन्दगीको

समयले देखाउँछ हिँड्‍नुपर्ने बाटो
नियतिले चाली दिन्छ पाउ जिन्दगीको

सपनाको आड लिई अघि बढ्‍छ मान्छे
विपनामा शून्य हुन्छ भाउ जिन्दगीको

कस्तो जीवन बाँचेका छौँ अहिलेसम्म हामी
फर्किएर हिसाब गरौँ आउ जिन्दगीको

गजल

इन्दिरा इन्दु

धर्तीमा जन्मिएँ म धर्तीकै सम्मान छैन
केका लागि जन्मिएँ त्यो पहिचान छैन ।

सजीव हुँ परिभाषा लगाउनु पर्दैन,
हेर मानव भएँ भन्ने अभिमान छैन ।

चाहना र समस्या हजारौँ मनमा,
समाधान कसरी त्यसको ज्ञान छैन ।

कसलाई समात्ने अधुरा सपना बोकी,
सत्यता ठूलो धर्म हो बेइमान छैन ।

बाँच्नुको सार अझसम्म बुझ्न नसक्दा,
'इन्दु' लाई बचाउने भगवान् छैन ।

- दियाले, ओखलढुङ्गा ।

गजल

संघर्ष - शून्य

संघर्ष: नारीदिवस कार्यक्रम छ भन्दै झर्याथ्यौ
म'निसँगै जान्छु भन्दा आँखा तर्याथ्यौ

शून्य: साङला, सिक्री, हत्कडी र नेलमा पर्याथ्यौ
चुँडाउँ भन्दा उल्टै त्यसमा गर्व गर्याथ्यौ

संघर्ष: सीमा/बन्धनमुक्त यो प्रेमको सौगात भन्दै
गला पोते सिउँदो अनि सिन्दूर भर्याथ्यौ

शून्य: बाहिर काम तिमी गर भाँडा मै माझूँला भन्दा
हैन हजूर हुन्न भनी अघि सर्याथ्यौ ।

गजल

कवि किनारा, सर्लाही

तिमी कहिले व्यवहारिक हुने
भन त कहिले वैचारिक हुने ?

चञ्चल चित्त अस्थिर सोच तिम्रा,
लौ न कहिले आधिकारिक हुने ?

सिकाउनु छ तिमीलाई धेरै कुरा,
ए बाबा कैले पारिवारिक हुने ?

चलिहाल्छ यसै भनेर'नि हुन्छ !
हैन साँच्चै कैले सांसारिक हुने ?

बहानामात्रले कति चल्छ होला
भएन बेला औपचारिक हुने ?

गजल

तीर्थ विष्ट, काठमाडौँ

खडेरीलाई वर्षा थियौँ, मलाई घनघोर लाग्यो
एकैछिनको दर्कने त्यो मलाई फेरी थोर लाग्यो

भन्न त भन्यौँ तिम्ले, मलाई हरियाली दियौँ
तर मलाई यो जंगल नरमाइलो झोर लाग्यो

न फूलको बास्ना छ, न त कोइली गाउँछे यहाँ
नभए'नि बाहिरी बन्धन, थुनिएँ म खोर लाग्यो

गाईको स्याहार गर्नेले दुध नदोइ छोड्‍छ र ?
भोकाएको बाछो भएँ, तिमी दुध चोर लाग्यो

मेरो सबै कथा पढ्‍दा एक छेउमा तिमी थियौँ
घोरिएर हेरेँ तिम्लाई, आज साह्रै बोर लाग्यो

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes