शून्य प्रकाश
छाडेर गईस् भन्दै गाउँ रुन्छ सपनीमा
मलाई जन्मा-हुर्काको ठाउँ रुन्छ सपनीमा
कसरी सक्छु म सुत्न विकास सुते झैँ मस्त
सधैँ-सधैँ जस्को बुढो बाउ रुन्छ सपनीमा
हुर्किएछ चरी अब छाडेर जो गयो गुँड
भनेर बिलौना गर्दै माउ रुन्छ सपनीमा
नदुखे झैँ चस्स-चस्स सधैँ चस्कन्छ यो छाती
भुल्नै नमिल्ने एउटा घाउ रुन्छ सपनीमा
तँलाई पारी तारेको मैले हो नबिर्सी भन्दै
माझी रुन्छ सपनीमा, नाउ रुन्छ सपनीमा
हजारबिघा, सर्लाही।



Monday, November 17, 2008
कैलाश
Posted in:
1 :: प्रतिक्रिया:
sunya gi ko gajai ramro lagyo tara blog up to date garnu paryo.
Post a Comment