Showing posts with label निबन्ध. Show all posts
Showing posts with label निबन्ध. Show all posts

पढ्नु : प्रेम

॥ जोतारे धाइबा ॥
प्रेमसँग हाड नाता भएकाहरूले बुझ्छन्- यसभित्रको लगाव कति दुःखदायी हुन्छ, तर मीठो तड्पन ! भोगेपछि यस्तो लाग्दो हो, यो प्रेम भन्ने कुरा त नभइदिएकै भए पनि हुने ! तर के यसबिना संसारको सहज रफ्तार सम्भव छ ?
 
धेरैअघि सोचेथेँ, प्रेमबारे केही त लेख्‍नेछु । तर यसबेलासम्म त मैले त्यही सोचाइसँग नै प्रेम गरेर बसिरहेको रहेछु । फेरि यो बसिरहनु, बस्न सक्नु पनि त एउटा प्रेम नै हो ।

कति-कति प्रेमहरू...।

आरम्भमा प्रेमका बारेमा केही विद्वान्‌द्वारा अभिव्यक्त पंक्तिहरू :
- हरेक दिन म तिमीलाई बढी माया गर्छु हिजोभन्दा आज बढी, भोलिको भन्दा आज कम ।                                        - रोजमोन्ड गेरार्ड । 
- म प्रेममा धेरैपल्ट परेँ । र सधैं तिमीसँग ।                - एडगर एलेन पो ।
- प्रेम दुई जनाले खेल्न मिल्ने र दुवै विजयी हुने खेल हो ।         - इभा गाबर ।
- थप प्रेमबाहेक प्रेमको कुनै उपचार नै हुँदैन ।                 - थोरो ।
- प्रेम विष्फोटक सिगार हो । जानी जानी हामी यसलाई खाइरहेका हुन्छौं - लिन्डा बेरी ।
- प्रेम मेरो धर्म हो । योबिना म बाँच्न सक्दिनँ ।                 - जोन किट्स ।
- मेरो हृदयमा आएर बस । यसको कुनै भाडा तिर्नुपर्दैन ।         - स्यामुयल लभर ।

... ...र यति गमिसकेपछि के भयो ? भयो नै भने पनि उपर्युक्त प्रेमशास्त्री विद्वान्हरूसँग हामीलाई आकर्षणको प्रेम भयो सायद । आह ! क्या धारिलो चित्रण !! तर तिनको निचोरिएको भावधारा त हामीबाट गुम ! खासमा भनाइहरूका ती चास्नीले हामी लस्सादार हुनुपर्ने हो । शीतको प्रथम आवेगले भिजेको कपास झैं अझ कोमल र प्रेमिल हुनुपर्ने हो । जो बतासको वेग देख्‍नासाथै जुरुक्क उत्तेजनामा मर्किहाल्दैन, हामी त तेलको स्याहार पाएर सपक्क सुतेको त्यस्तो कपाल पो हुनुपर्ने !

यी अनगिन्ती 'हुनुपर्ने' हरूलाई हामी मानौं देउसी र भैलोको सुरिलो भाका ठानेर भट्याइरहेछौं । भट्याएर आज पोल्टोमा कति दान-दक्षिणा भरियो ? खोइ, मैले प्राप्तिलाई अङ्कगणितमा पढ्न र पारख गर्न जानेको छैन । यति जानेको छु, प्रेम गर्न । तर प्रेम गर्नु भनेको त्यस्तो जान्नैपर्ने पाकशिक्षाको तालिमकक्षा नै कहाँ हो र ? र, प्रेम गर्नुको मिठासलाई अर्थ दिन सक्यो भने पढ्नु पनि त प्रेमभन्दा कम मुलायम छैन नि ! खासमा यही जान्नुनपर्ने भएकाले अहिलेसम्म म केही न केही पढ्दै आइरहेको हो कि क्या हो ? अघिल्तिर देखा पर्ने कुनै अन्जान अनुहार पढ्नु, साथीको कोपरिएको मनको मर्म पढ्नु, आफ्नै एकालाप पढ्नु ... आदि आदि ।

तर यस्ता किसिमका पढाइको कुरामा म छैन, कम्तीमा यो अहिलेको लेखाइभरिलाई । म त पढ्नु अर्थात् ज्ञानको चकटीमा पलेंटी कसेर किताबसँग योगासन जमाउने कुराको विस्तारमा यहाँनेर फुक्न खोज्दैछु । जहाँ प्रत्येक श्वाससँगै चेतनाको सिर्सिर् अन्तरमा घुसोस् र त्यसको आयतनसँगै प्रत्येक प्रश्वाससँगै अज्ञानता बान्ता भएर निस्कियोस् ।

प्रेम : आफूले आफैंलाई भुलेर आफूलाई अरुमा पाउनु । मैले कतै पढेको । आफूलाई सम्पूर्ण रुपमा बिर्सिएर उसैमा समर्पित हुनु प्रेम हो रे । यो पनि पढेको । यसरी पढाइमार्फत प्रेमलाई बुझ्दाबुझ्दै पढ्नुसँगै प्रेम बस्यो । बरु प्रेमसँग नै प्रेम भएन सायद !

आज आएर अलिकता आफ्नै भोगाइ, अलिकता बाहृय बुझाइ तौलिएर हेर्दा लाग्दैछ, आफूबाहेकको अस्तित्वलाई प्रेम गरेर प्राणीले आफ्नो कमजोरीको स्तर स्वयम् पुष्टि गर्छ । कसैलाई प्रेम गर्नु आज शुद्ध रूपमा प्रेम गर्नुमै मात्र व्याख्या हुन्छ भन्ने छैन, गरिँदा-गरिँदा त्यो प्रेम- प्रेम थाप्ने पात्रको आँखामा सस्तोपनको बेकामी चश्मा भएर झर्ने खतरा प्रबल रहन्छ । कठै, झिरिप्प शीशाहरू....!

यति लेखिसकेपछि एउटा नोटबुकमा केही समयअघि कोरिन पुगेको दार्शनिक पङ्क्ति सम्झिन पुगेँ । झ्वाट्ट पङ्क्ति के सम्झिनु, नोटबुकमा केही कोरेको छु भन्ने मात्र हेक्का भयो, पल्टाएँ- 'प्रेम : कुनै अवस्था हो कि काम ? अर्थात् प्रेममा छु कि प्रेम गर्दैछु ?'

यसको खास तथ्य उधिन्न सोचमा डुबुल्की मारेँ, र केही सोच्न सकिनँ । छुट्यो केवल रन्थनी । अवस्था, काम, छु, गर्दैछु....। प्रेमभित्रको लगावपछि झ्याङ्गिन कसैको समक्षमा जाहेर गर्दा कसैलाई हिउँद मासमा घामको तमतम्याइलो सहीछाप धस्काए झैं हुँदो हो भने कसैलाई कृपावादको फिर्ता खेल लाग्दो हो । के टुङ्गो छ र एकनास हुनुपर्ने ?नाप्न मिल्ने भए मनको कुनाकानी आयतन र सङ्कुचनको मात्रामाथि अध्ययन गरेर आम मनहरूबारे एउटा निष्कर्ष रिदिन हुन्थ्यो - हेर बाबू-नानी हो, आपसको मन यस तवरले पिँजडा झैं साँगुरिन्छ र क्षितिज झैं फैलिन्छ, नौनी झैं गल्छ र इस्पात झैं गाँठिन्छ.....।

खुङ्खार पण्डित अर्थात् विशेषज्ञहरूले प्रेमको पन्ना एकपछि अर्को गर्दै अति तन्मयतापूर्वक थपिरहे प्रेमशास्त्रको उत्थानमा । मानौँ प्रेम नै नगरी-नगरी । यदि प्रेम गर्नतिर ती लाग्दा हुन् त शास्त्रका ठेलीमा जिल्दामाथि छिप्पट भाकामा ढ्याप्प शीर्षक मात्र ओगटिएर बस्थे होलान् । भित्रका पन्नाहरू त निष्प्राण जीवको श्वासनली झैं एकदम खाली-खाली । बिनाप्रेम, अनुभवहीनताको त्यस्तो अनुभवी बलमा प्रेमशास्त्रीहरूले प्रेमको बारेमा रास-रास लय बगाउनु पनि विचित्र प्रेम-महफिल लाग्छ ।

पढ्नुको के कुरा, पुस्तकमा आँखालाई बगरमा टक्रक्क उभिएको बकुल्लामा रुपान्तर गरी छोडिदिने हत्तेदेखि पर आफ्नै जिन्दगी पढ्न नजानेर/नसकेर धुरुधुरु रुने जमात हाम्रो सामाजिक पुस्तकालयमा टन्नमन्न होलान् । पढ्दापढ्दै कसैको आँखालाई निद्राले छल गर्छ, कसैको आँखामा विरहले जल भर्छ । कति फरक छन् प्रेमका नमुनाहरू ! आफ्नो अज्ञान देख्न र ज्ञान देख्‍न पढ्ने अलग-अलग ढाँचाको संसारमा यस्तो पनि होला, कोही अज्ञान र ज्ञानको खिचडीलाई धुवाँ छुटाउन्जेल पगाल्न पढिरहेको होस् । त्यस्तो तपमा कुनै न कुनै प्रेमी त होला । जागिर खान पढ्नु, आनन्द बटुल्न पढ्नु, केही सिक्न पढ्नु, सिकाउन पढ्नु, पाण्डित्य प्रदर्शन गर्न पढ्नु... एउटै पढ्नुभित्र पनि कति-कति प्रेमहरू पत्रेदार भएर बसेका छन् । र आजको जमानामा एउटा मान्छे ती सबैखाले प्रेम गर्दै अथवा गर्नलाई नपढिरहेको होला र, किटान गर्न गाह्रो छ । कारण, ती सबै-सबै प्रेम नै त हुन् फरक अनुहारका । प्रेम सबैलाई चाहिन्छ, सबै यसलाई अँगाल्न उत्सुक हुन्छन् । मतलब हुन्न, प्रेमपछि गहिरो रापको तातो मिल्ने हो या उँचो चापको चिसो । बस्, प्रेम भए पुग्यो ।

'प्रेम गर्नु' लाई विपरीत लिङ्गीबीचको दोहोरी भाका भन्ने बुझिदिए सङ्गीतको एकाङ्गी आलाप मात्र हुन जाला । प्रेमको जरामा एउटै रस थलथलिएर रहे पनि चारैतिर हुत्तिएर जाने हाँगाबिँगाको हिसाब कसले राखोस् ! जस्तै कि, प्रेम गर्नुः भाइचाले ढलको पानीमा गोडा रङ्ग्याई-रङ्ग्याई काउली र गोलभेँडामा पानी पटाउनु । प्रेम गर्नुः हजुरआमा विष्णुमाया आफ्नो घरको चियारङ र चिनी बचाइबचाई छिमेकको घरमा चिया-पाहुना लाग्न जानु । प्रेम गर्नुः आफाले दनुवारले छोराछोरीको पढाइ बिग्रिने डर पचाएर लोकलाजका कारण बजारबाट डाँडाको घरमा टेलिभिजन भित्र्याउनु । प्रेम गर्नुः प्राण धानिरहेको स्वस्थ मिर्गौला बेचेर पुर्खाले चलाउँदै आएको पत्रिका प्रकाशनलाई निरन्तरता दिनु । प्रेम गर्नुः शून्यताको चिच्याहटदेखि झर्को मानेर पागल हुँला-हुँला आफ्नो मनस्थितिलाई निश्चिन्त आधारमा बिसाउन परिवारमा फर्किनु । प्रेम गर्नुः स्वाभिमान बचाउन समूहको भाँडभैलोबाट तानिएर टापुको बासमा जानु । प्रेम नै प्रेम...। जम्मामा, प्रेम गर्नुः समग्रमा संसारमा रहनु र आफ्नो अवस्था (त्यो चाहे रहर वा विवशताको उपज) लाई आत्मसात् गरेर श्वासप्रवाहमा चिप्लिरहनु...। 

र म यही चिप्ल्याइलाई थप रौनकता दिन केही न केही पढ्दैछु । अर्थात् प्रेमको पुष्टकारी चपाउँदै । कथम् यो पुष्टकारीको मोजमज्जामा म पात्तिँदापात्तिँदै बेहोसीवश दाँतले नरम जिभ्रोमा रत्तिभर पनि धावा बोलेर रगतको सिर्का उमार्‍यो भने त्यसको तातो मिठासलाई पनि म पुष्टकारीकै स्वाद सम्झेर कृतज्ञ बनूँला । सायद खासमा, त्यही त हो प्रेम !

बेढङ्गको सहर

दृश्य १. एकजना सभासद दिनभरि उद्‌घाटन कार्यक्रममा व्यस्त रहन्छ र वेलुका संविधान निर्माणमा भइरहेको ढिलाइका बारे आयोजित कार्यशाला गोष्ठीको समापन रात्रिभोजमा ह्विस्की डकारेर समावेशी संविधानबारे टेलिभिजनमा अन्तर्वार्ता दिइरहेको देखिन्छ।
जनकराज सापकोटा

दृश्य २. दिनभरिको बेफुर्सदीबाट ग्रस्त एकथान युवक साझँपख फुटपाथमा उभिएर दिउँसो मोबाइलमा डाउनलोड गरेको ब्लु फिल्म हेर्छ र आफ्‍नी प्रेमिकालाई ती दृश्यहरु देखाएर उत्तेजित तुल्याउन खोज्छ।

दृश्य ३. एकजना प्राध्यापक जो कक्षामा पढिरहेकी उमेर छिप्पिएकी केटीलाई नाङ्गो आँखाले हेर्दै फ्रायडको मनोविज्ञान र मार्क्सको अर्थशास्त्र मिसाएर यौन मनोविज्ञान पढाउँछ । बेलुकी घर पुगेर श्रीमतीलाई हप्काउँछ, "उमेर नै नपुगी कति चाढै चिसिएकी"।

दृश्य ४. एउटा बेरोजगार केटो दिनभरि रोजगारीको खोजमा चारैतिर चहार्छ र साँझ एक पिन्ट रगत बेचेर सहरको सोमरस-गल्लीमा हराउँछ ।

दृश्य ५. एउटा भलादमी रातभर रक्सी धोकेर एकाबिहानै पुजा गर्ने निहुँमा मन्दिरमा पुग्छ र लाइन लागेका भक्तिनीहरुसँग स्पर्श-सम्भोग गर्ने प्रयत्‍न गर्छ ।

यो सिङ्गो सहर बेढङ्गका दृश्यहरूको एउटा साझा सङ्ग्रहालय बनेको छ । यसको अर्काइभमा म्याड हाउस उपन्यासका पात्रहरु थन्किएका छन् । अखबारमा लेखिएभन्दा फरक र गफगाफमा सुनिएभन्दा पृथक् दृश्यहरुले सहरमा अड्‍डा जमाएको छ । सिङ्गो समाज र व्यवस्थालाई आधुनिक बनाउने ठेक्का पाएका व्यक्तिहरु सबैभन्दा बढी बेढङ्गे र कुरुप देखा पर्दछन् । यस्तो लाग्छ रुपान्तरणका नाममा उनीहरू सिङ्गो सहरलाई एउटा नौटंकीमा परिणत गर्ने प्रयासमा लागेका छन् । मानिसहरू थाहै नपाई अथवा थाह पाएर गाईजात्राका लागि भदौ पर्खन्छन् ।

बिहान घरबाट निस्किँदा हरेक मानिसले पहिलो हुने आकाङ्क्षा राखेका हुन्छन् । बेलुका फर्कदा उनीहरु हारिसकेका हुन्छन् । तर सहरको विशेषता नै भनौं अहिलेसम्म कसैले पनि आफू हारेको कुरा स्वीकार गरेका छैनन् र यो शहर देखेर वाक्क भएका पनि छैनन् । उनीहरु हरेक दिन सहरबाट भाग्छन् र फेरी शहरमा नै पुग्छन् । सहरसँग कटुताको सम्बन्ध राख्छन् र सहरमा नै बाँच्छन् । सहरमा सबै कुरा सुन्न र हेर्न स्वतन्त्र छन् मानिसहरू । बोल्न मात्र प्रतिबन्ध लागेको छ । सबै कुरा थाहा पाउनु सबैभन्दा ठूलो अपराध बन्दछ यो सहरमा ।

बिहानले जन्म लिन नपाउँदै घर घरमा अखबारहरू पुगिसक्छन् र मानिसको सिङ्गो दिनलाई अमिलो बनाइदिन्छन् । दृश्यहरुको भीडले किचिन थाल्छ सिंगो शहर। समाचार लेख्नु, समाचार बन्नु र समाचार पोको पार्नु शहरमा हुर्कीन थालेको नयाँ सभ्यता हो । एक हूल बौद्धिक जमात खाद्यान्न सङ्कटको विषयमा कुनै तारे होटलमा वहस गरिरहेको भेटिन्छन् । एक हूल छापे सभासदहरु सङ्घीयताको विषयमा गणित गर्दैछन् । ज्वाइँजस्तै चिटिक्क परेका एक हुल मानीसहरु राष्ट्रका नाममा माइतीघर मण्डलामा दीप प्रज्वलन गर्दैछन् । केही रुपियाँको लोभमा ठमेलको कुनै गल्लीमा एउटा कुनै केटो आफूलाई टुरिष्टको अगाडि अङ्ग्रेजी भाषामा आत्मसर्मपण गर्दैछ । यो सहरको जीवन हो । यसलाई सहरमा हुने यावत् असङ्गतिहरुसँग जोडन पनि सकिन्छ र प्रयोगका रुपमा हेर्न पनि सकिन्छ ।

घाम थानकोटमाथिको चन्द्रागिरि शिखरबाट ओरालो लागेपछि सहर कचौरामा परिणत हुन्छ । कायाकल्प सहर मनोरञ्जनका लागि हाजिर हुन आइपुग्छ । घामलाई राम्रोसँग थाह छ शहरमा स्वतन्त्रताका हिमायतीहरु बस्छन् । जो अर्काको स्वतन्त्रता खोस्ने दाउमा घोरिइरहेका भेटिन्छन् । घामलाई थाहा छ यो शहरमा इतिहासका अभियन्ताहरु बस्छन् । हूलका हूल दुशासनहरू द्रौपदीको सारी तान्न हतारिइरहेका हुन्छन् । एक हुल कुमारहरु सुमेरु पर्वतको यात्रामा निस्कन्छन् । एक हुल गणेशहरू मुसामाथि चढेर एउटा बाजी जितेका शङ्खघोष गर्छन् । सहरको एउटा कुनामा विचरा गायकहरु गीतको नाममा चिच्याइरहेका भेटिन्छन्। व्यस्त दिनमा, बेपरवाह, बेमतलब, शहीद गेटमाथि चढेर राष्ट्रको खलासी हुँ भन्ने एकजना पात्र सालिकहरूलाई रङ्ग्याउँछ, माल्यार्पण गर्छ र राष्ट्रिय झण्डा फहराउँछ । सायद यो भन्दा विद्रुप दृश्य अरु केही हुन सक्ला ? विचरा सहीदहरु, जसको सालीकमाथीको लेउ पखाल्न राज्यले कुनै खलासीको भर पर्नुपर्छ । सायद गरिबीको यो भन्दा अन्तिम पराकाष्टा केही हुनसक्ला ? के राज्यलाई थाहा छ त्यो खलासीको ड्राइभर को हो?

एउटा जनताको प्रतिनिधि, एउटा प्राध्यापक र एउटा विद्यार्थी एक-एक दिन गरेर अखबारमा समाचार बनेर छापिन्छन् । ठमेलमा अङ्ग्रेजीमा आत्मसर्मपण गर्ने केटो पशुपतीको मन्दिरअगाडि बसेर चुरोट तान्छ र शिवजीलाई चुनौती दिन्छ । एकजना लेखक आफूइतरका सबैलाई सिस्नोपानी लगाउन खोज्छ । एकजना नेता विहानको पुजा पाठ सकेर सांस्कृतिक रुपान्तरणको विषयमा अखबारमा लेख छपाउँछ । एकजना व्यापारी आफ्‍नो कुलतमा लागेर मरेको छोराको आत्माको चिरशान्तीको कामना गर्दै अखबारमा ठूलो आकारको विज्ञापन छपाउँछ ।

ट्राफिक चोकको प्रहरी सडक छेउको साइनबोर्डमा महिनाभरिको दुर्घटनाका तथ्याङ्कहरू लेखिरहेको हुन्छ। जम्मा दुर्घटना संख्या- २७०, घाइते संख्या- १९७, मृत्यु संख्या- १९ ।

आदिम सन्दर्भ


प्रिय संवेदन !

'जीवन' नामको घटनामा आज मेरो आदिवासी मनको आज्ञानुसार एक रोमाञ्चकारी कथा वाचन गरिरहेछु-

एकादेशमा तिमी थियौ, म थिएँ र हाम्रो आदिवासी मन थियो, सप्रसङ्ग-अप्रसङ्ग हाम्रा आदिम प्यासहरू थिए, आदिम सम्बन्धहरू थिए, आदिम स्वप्नहरू थिए र आदिम आँसुहरू थिए । शिरीषका प्रेमिल फूलझैँ निलाम्मे प्रीत फुलेजस्तो त्यस शालीन प्रदेशमा वासन्ती सौन्दर्य ढकमक्क फुल्थे । शुभ सन्देशजस्ता पाहुनाहरू सकुशल आउने-जाने गर्थे । साप्ताहिक हाटबजारमा प्रेम, सद्‍भाव र समर्पणका कवितावाचन गरिन्थे । धर्म, दर्शन, इतिहास, राजनीति, अर्थनीति, शिक्षानीति, कुटनीति, संविधान, कानुन सारा केवल महत्त्वाकाङ्क्षी बादशाहका दुःस्वप्नझैँ बडो हास्यास्पद लाग्थे । आदिम नीला दहहरूमा प्रेमको सम्भ्रान्त पहेलीझैँ गन्धर्वहरू मस्त पौडिन्थे । गुफा र ओढारहरूमा आँखाभरि जूनतारा भित्रयाएर प्रकृति र पुरुष सम्भोग गर्थे, सङ्गीतबद्ध हुन्थे र जन्माउँथे अहङ्कारहीन भविष्य !

त्यस देशमा रुसोले गाई चराएका प्रमाणहरू थिए हामीसित । कृष्णले बजाएको बाँसुरीको धुन त्यहाँका पहाड, चरा, पुतली, झरना र नदीहरूलाई कण्ठस्थ थियो । कहिलेकाहीँ बाटो भुलेरै पनि कोलम्बसको आत्माले प्रवेश गरेको तथ्यसमेत हामीसित थियो । फ्रायड मनोविश्‍लेषण गर्नुभन्दा आत्मविश्‍लेषण गर्दै आमा, दिदी, बहिनी र पत्‍नीलाई समेत ससम्मान प्रेम गर्थे र बाबु, दाजु, भाइ सारालाई आलिङ्गन गर्थे । कार्ल माक्स कहिले बारीमा डल्ला फोरिरहेका हुन्थे त कहिले मजदुरको थोत्रो झोला बोकेर जङ्गलतिर पस्थे र झोलाभरिभरि जङ्गली फल र फूलहरू बोकी गोधूलि साँझमा घर फर्कन्थे ।

त्यस देशमा नित्से ईश्‍वरमृत्युको दुखद् समाचार लिएर आउँदैनथे, बरु उनी साहिँलीलाई 'प्रेम गर्छ'को सुखद् समाचार भन्न चौतारीमा पर्खी बस्थे । बुद्ध दङ्गदास भएर काखमा आफ्नो ईश्‍वरजस्ता अबोध नानी खेलाइरहेका हुन्थे । क्राइस्ट, बुद्ध, कृष्ण र मोहम्मदहरू बाइबल, त्रिपिटक, गीता, कुरान एकै ठाउँ राखेर शुभकामना आदान-प्रदान गरिरहेका हुन्थे । आतङ्कवादीहरू बमबारुद नभएर फूल लिई हिँड्थे र प्रिय र प्रियाहरूको निजी स्वप्नमा कोमल आतङ्क फैलाउँथे । सुकरात बाख्रा चराएर फर्कन्थे र साँझपख छिमेकीहरूसित अँगेनाको वरिपरि बसेर तारादेवी, नारायणगोपाल, अरुण र अरूणाहरू मोजार्टले सङ्गीत भरेको लोकगीत सुनाउँथे । बाङ्देलहरू आफ्नै भित्ता र आँगनहरूमा इन्द्रेणीरङ्ग भर्थे । वेदना र आँसुहरू क्षितिज पर-पर घुम्न जान्थे र सपनाहरू बोकी आउँथे । सार्त्र र सिमोन छुट्टी मनाउन कहिलेकाहीँ त्यहाँ झुल्किन्थे । निर्मल वर्मा, अमृता प्रीतम आ-आफ्नो एकान्त झ्यालमा बसेर सधैँ-सधैँ सूर्योदय र सुन्दर सुर्यास्त हेर्थे । हामीसित उपलक्ष्यहीन उत्सवहरू थिए । देश ऐश्‍वर्यशाली थियो र हाम्रो हृदयमा प्रीतिकर ईश्‍वरको जन्मजात ठेगाना थियो । सभ्यता हाम्रै आदिवासी मनजस्तो जीवन्त थियो । पारिजात, देवकोटा र शङ्करहरू हामीलाई यही कथा भनिरहेका हुन्थे ।
***

यतिखेर भर्खर हामी स्वप्नसिँढीबाट धरातलमा ओर्लेका छौँ । हाम्रो आदिवासी मन, प्यास, सम्बन्ध, आँसु र स्वयम् सुखद् स्वप्नहरू शिरीषको फूल बारुदले भुइँभरि असरल्ल झरेझैँ काँचका टुक्रासरी अराजक छरिएका छन् । यात्रा रगताम्य छ ।

प्रिय संवेदन ! यतिखेर घाइते म निकै थाकेको छु । अब सम्हाल्ने जिम्मा तिमीलाई नै लगाएर तिमीबाट सुमधुर बिदा चाहन्छु र प्रकृतिको उही आदिम देशतिर फर्कन चाहन्छु !
***********************************************************************

गणतन्त्र जनताको जीत बरिलै

सफल घिमिरे


गर्विलो अक्षरले यो शिर्षक लेखिसकेपछि म घोषणा हुनै लागेको गणतान्त्रिक नेपालको राजधानीमा रहेको संविधानसभा हल नयाँ बानेश्वरको अन्तराष्ट्रिय सम्मेलन केन्द्र तिर झरेँ । भीड प्रति क्षण चाक्लिँदै अनि समान गतिले बाक्लिँदै पनि थियो । यसै क्रममा समानान्तर रुपले मेरो मनमा उहिलेदेखि नै जमेर बसेको संगीत श्रोताले लेखेका गजलको शेर गुञ्जिरहेको थियो ।

आफ्नालागि आफै बाँच्ने रीत बरिलै
गणतन्त्र जिन्दगीको गीत बरिलै

बखान गर्न सुहाउने शब्द कहाँ छ
कति प्यारो जनताको जीत बरिलै

अघि बढ्‍दै जाँदा जति जति म संविधानसभा हलसँग नजिकिँदै जान्थेँ, उति उति हर्षले उज्यालिएका मनहरु देख्थेँ । तिनीहरुलाई देख्दा यस्तो लाग्थ्यो कि यि त्यस्ता जनता हुन् जो भर्खरैमात्र आजीवन कारावासबाट उन्मुक्ति पाएर आफ्नो विजयको हर्ष श्वाश लिइरहेका छन् । तिनको सामाजिक जीवनमा लागेको शक्ति सन्तुलनको माखेसाङ्गलो तोडिएको छ । अनि परिवर्तनका उच्च स्वरहरु लिएर तिनीहरु यो खाल्डो शहर चर्काइरहेका छन् । निश्चय नै, म आफू पनि तिनीहरु भन्दा कम्ती अर्थको नागरिक थिईनँ । हुन त म यो देशको विधिवत् नागरिक भएको चार वर्ष पनि भएको छैन तर मलाई त्यो दिन आफू नेपाली भएकोमा एउटा छुट्टै स्वतन्त्रताको भावले घनिभूत पारेको थियो । मैले धेरै नेपालीहरु देखेँ । साँचो अर्थमा तिनीहरु नेपाल आमाका सचेत सपूतहरु थिए । तिनको कुनै वर्ग थिएन । तिनको कुनै जात थिएन । न तिनीहरु लिङ्गीय रुपले फरक थिए न क्षेत्रीय रुपले पृथक् । ति मात्र नेपाली थिए । नेपाली मात्र ।

कन्चटको माथिल्लो कुनाबाट पसिनाले मूल फुटाईसक्दा पनि तिनले धोद्रो सुकाएर गणतन्त्रको स्तुतिगान गाईरहेका थिए । त्यो राष्ट्रिय गर्वको सुन्दरताले बिल गेट्‍सको माइक्रोसफ्टरुपी सम्पत्तिलाई केही होइन भन्ने पारेको थियो । टोयोटाका नानोटेक्नोलोजीहरुका अगाडि पनि हामी नै सुक्ष्म चेतना हौँ भन्ने लागेको थियो । इन्टरनेटले बनाएको 'ग्लोबल भिलेज' भन्दा हाम्रो राजनीतिक सामिप्यताले बनाएको 'नेसनल भिलेज' नै ठूलो रहेछ भन्ने पारेको थियो । किनकि हामी नेपाली प्रविधि भन्दा पनि परिस्थितिले नै यो पालि नजिकिएका थियौँ । देशी विदेशी सबैजना उत्सवमा मस्त थिए । सायद तिनले हामीलाई देखेर "म नेपाली हुन पाएको भए..." भनेर इर्ष्या गरिरहेथे । लाग्थ्यो, सम्मेलन केन्द्र अगाडिको त्यो विशाल जनसागर एउटै मालामा उनिएका सयौँ थुँगा फूलहरुको समूह हो । कतै राई, किराँतहरुको साँस्कृतिक नृत्य, कतै नेवारहरुको रमझम, यतातिर मगरहरुको आफ्नै संस्कृति, उतातिर गुरुङहरुको परम्परागत नाच । ओहो ! साँच्चै दशवटा संस्कूति देख्नको निम्ति दश गाउँ डुल्नु पर्थेन । मलाई त्यो दिन आफू यो संसारकै सबैभन्दा धनी नागरिक हुँ जस्तो लाग्यो । त्यसैले होला हाम्रा संस्कृतिहरुलाई बिछट्टै ध्यान दिएर नियालिरहेका विदेशी पत्रकारहरुका अगाडि म शीर ठाडो पारेर बोलिरहेको थिएँ "दिस इज ह्वाट वी आ(र)" (हामी के हौँ भन्ने यही हो ।)

त्यहाँ किराँतिहरुमात्रै किराँति नाच नाचिरहेका थिएनन् अरु जाति पनि थिए । गुरुङको संस्कृतिमा रम्ने गुरुङमात्रै थिएनन्, थुप्रै अरु पनि थिए । यिनै रमभmमहरुबाट हार्दिकताको एउटा नयाँ सुवास आइरहेको थियो । हाम्रो नेपाल अखण्ड भएर यसैगरि बाँचिरहोस् । जानि नजानी खुट्टा चलाएर राई नाच नाच्न लाग्दा भाग्यवश मार्टिन चौतारीकी दिदी कैलाश राईले देख्नुभएछ । अनि हामीलाई त्यो गीतमा खुट्टा मिलाउन सिकाउनु भयो । हामीले धेरै नाचहरु नाच्यौँ । धेरैथरि जातजातिहरुसँग मिलेर ।

कपाल फुलेर उमेरले भृकुटीको खुम्च्याई भरिदिएकादेखि लिएर गणतन्त्रको प्रथम उच्चारण गर्न सिक्दै गरेका लालाबालाहरु पनि बडो उमंगले यही एउटा दिनको प्रतिक्षा गरिरहेका थिए । लाग्थ्यो, तिनलाई यत्ति एउटा दिनको साक्षि बन्न यस धर्तीमा पठाईएको हो । नेपाली पाखाहरुमा यसपालि गुराँसको मौसम सकिर्इसक्न लाग्दा पनि राजधानीमा यो क्षण राताम्य थियो, झण्डाहरुले, विजयगानहरुले, उत्सवहरुले, अनि बिर्सिनसक्नु सहिदहरुका उत्सर्गहरुले । नेपाल राज्यको यो महत्वपूर्ण इतिहासको गर्विलो दिनको साक्षि बन्न पाएकोमा मेरो मन अत्यन्तै विजयले रंगीन भएको थियो । त्यसैले हामी नाच्यौँ, हामीले नचायौँ पनि....कालो सडकमा उज्यालोका गीतहरु गाउँदै "यो जीत कसको ? युवाको, युवा कसको ? जनताको"

यतिका वर्षहरुसम्म छाएको पत्रिकाका मृत खबरहरु, रगतले लत्पतिएका समाचारहरु अनि १९ दिने आन्दोलनको त्यो पिडादायी स्मृति साथै थिए । ति सबैलाई मस्तिष्कको एउटा कुनामा कैद गर्दै यही दिनको नारायणहिटीलाई नजरावलोकन गर्न भनी हामी फेरि दरबारमार्गतफ लाग्ने तरखर गर्‍यौँ । गर्वले शीर ठाडो पार्दै नारायणहिटीतर्फ बढिरहँदा हामीलाई युवामय साथ दिने धेरै भइसकेका थिए । तर हामी स्वतन्त्र थियौँ । न कुनै सिद्धान्त, न कुनै पार्टि, मात्रै जनताको पक्षपाति । हामी सबै स्वत:स्फूर्त थियौँ । मन भित्रभित्रै दरबारभित्रको सीमाभूमिमा गर्वले पाइला टेक्ने रहर थियो । तर उमेरले चन्द्रागिरी काटेका नेताहरुले समयमै सबै काम फत्ते गर्न सकेनन् । तैपनि हामी बढिरह्यौँ- नारायणहिटीतिरै । विविध नाराहरु सहित हाम्रा साथी युवाहरु अगाडि लम्किरहँदा खुलामञ्च नजिकै विष्फोटको आवाज आयो । छेवैको बारभित्र रहेका सैनिकहरु सुतेर पोजिसन लिन थाले । अनि सबै मानिस केही छिनलाई तितरवितर भए । वातावरण केही छिनको लागि सन्त्रस्त थियो । मैले देखिरहेको थिएँ, त्यहाँ एउटा निलो सानो माइक्रोको छेउबाट सेतो धुँवाको मुस्लो उडिरहेको थियो । पछि थाहा भयो, त्यो घटनामा दुईजना घाइते भएछन् ।

चाहे सिएनएन होस् वा एएफपी, या बिबिसी होस् वा वासिङटन पोष्ट, त्यो दिन सबै सञ्चार माध्यमका अनलाईन संस्करणहरुले नेपालको गणतन्त्र सम्बन्धी खबरलाई प्रमुखता दिएर अगाडि ल्याएका थिए । एक्काईसौँ शताब्दीले पिछडिएको वर्गमा राखेको एउटा मुलुकका जनताहरु कतिसम्म स्वतन्त्रताको प्रेमी र न्यायका हिमायति भएका छन् भन्ने थाहा पाएर विश्वका धेरै शक्तिशाली राष्ट्रहरु पनि अचम्मले जिब्रो टोकेको दिन थियो त्यो । विश्व पत्रकारिताको लेन्स र कलम नेपालतफ सोझिईरहँदा नेपालीहरु यो पवित्र भूमिमा आफ्नो स्वतन्त्रताको परिचय दिइरहेका थिए । नेतृत्वलाई त्यो बेलामा व्यापक दबाब दिँदै बालुवाटार, नारायणहिटी र सम्मेलन केन्द्र वरपर थुप्रै जनताहरु नाराबाजी, रमझम र जुलुस गर्दै थिए । जनताको सर्वोच्चता झुक्ने कुरै थिएन । आखिर आयो पनि त्यो रात । दलहरु राष्ट्रपतीय प्रणालीको खाकामा अन्तत: मीलनबिन्दुमा पुगेर बालुवाटारबाट बाहिर आए । अनि जनताको आदेशलाई शिरोधार्य गर्दै एकहूल सभासद्‍हरु लम्किए सभाहलतिर ।

ढिलै भएपनि मध्यरातको साइतमा देशले नयाँ बिहानीको शंखघोष गर्‍यो । रेडियो-रेडियो अनि टेलिभिजन-टेलिभिजनमा गणतान्त्रिक गड्‍गडाहट सुनियो । निकै लामो समयसम्म । अनि फेरि उत्रिए जनता उही कालो सडकमाथि । यतिबेला तिनीहरुले टेकेको कालो सडक सडक मात्रै थिएन । यो ति काला दिनहरु थिए जसले अहिलेसम्मको राज्यसत्तामा खुशीको अनुपस्थिति गराएको थियो । जसले आजसम्मका क्षणहरुमा समृद्धिलाई अंगार बनाइदिएको थियो । त्यही कालोपनलाई कुल्चँदै फेरि एकपटक मध्यरातमा नारायणहिटि थर्काउने गरि गगनभेदी आवाजहरु गुञ्जायमान भए । चर्का परिवर्तनकारी नाराहरु लगाइए । अनि जनताले आफ्नोलागि आफै लेखेका राष्ट्रिय गान सडकमा गुञ्जन हुँदै गर्दा सरकारी आदेशमा राति नै राजदरबारको शाहीझण्डा झिकियो । जनताको पसिनाको मूल्यमा बनाइएको दरबार बल्ल जनदरबार हुन पुग्यो । त्यतिबेला झुप्रा-झुप्राहरुमा नयाँ ज्योति जाज्वल्यमान भएको थियो । मध्यरातमा मेरो मनले कल्पिँदै थियो, अबको केही छिनपछि एउटा बिहानी उदाउँदैछ, लालिगुराँसमा परेका शीतहरु टल्किने गरेर ।
safal.ghimire@gmail.com

Essay

Rakhi Sawant’s interview and our embarrassment
- Abhinaya Thapa

My friend was startled by the attitude and ‘indecent’ courage of Indian model and actress Rakhi Sawant in her interview at one commercial channel. According to him, her blatant answers and plastic gestures was what amazed him. I was quite surprised by his reaction, because he grew watching sleazy- greasy Hollywood gossips and even used to narrate it in amiable way. He added that Sawant appeared in the T.V while being with his parents and due to understandability of the Hindi language the embarrassment was unbearable.
I also watched that interview and surprisingly our reactions were quite similar. How it could be when even explicit and blatant acts of western figures never produced such awe and discomfiture in us. But a little provocation from neighbor’s daughter rattled us. There could be numerous of reasons and answers; our masculinity consciousness, our patriarchic, feudal upbringing and even Sawant's insidious acts for attraction.
But before any recourse to any subjectivity, the nature of the matter has to be looked quite carefully. The interview in T.V is in form of reality or virtual reality, the thing exists almost as your existence in front of you. So, it forces reaction through senses after being affected. Due to this, the power of conscience (knowledge) is almost mediatory. If the matter was in form of words, then the reader has to study word first and relate it with other things and words for meaning and comprehension. Therefore in the course of the reading, the consciousness has constant need of person’s ‘knowledge’. It affects in the outcome of one’s reaction, as the senses is in authority of intelligence, which in many cases first takes decision in order to react and express.
In interview form Rakhi Sawant was a ‘live being’ and she expressed and reacted against her questions and questioner. The 30 minutes of time of interview is a part of her life or ‘segment of living’ and it stands similar to common sense of culture’s, ‘way of living’. It was trouble with her culture. It confronted and disgusted us, as her ‘culture’ was part of the bigger one (sub- continental) under which our own exists. We both have to recourse to the ‘bigger one’ for our values and meanings, thus there’s mutual sharing and recognition between us. So, Sawant is one of ‘us’, not like the ‘others’. Due to it there’s a feeling of something similar to familial sentiments, where the ‘recognition’ notion confirms the some rights over the recognized. If it was the case of man, then there could have been the feeling of brotherhood or the immense hatred as against traitor. But, the matter was of ‘She’, an inferior in our ‘social knowledge’ in relation to us. The only immanent sentiments could be same as those towards our ideal ‘sisters, mothers and daughters’. One can argue the case of Miss Sawant was different. But the same distortion and transgression of cultural meanings and values while remaining within as its part was carried out by Taslima Nasreen too. The extreme reactions it followed show that Sawant personality was negligible importance.

"Did you see me running? It was a lot of running.

Shrijana k. c., Kathmandu
I got birth before 21 years on my beautiful country Nepal. I passed my childhood running and running. Sometime I ran to feel love of parents, sometimes I ran to compete with my friends. I ran lots when I was child because I dint know that I may fell down if I forget my strength. But, I never loose my heart for my vision. One question never left me that, will I get the victory if I ran continuously ? Sometime I got answer that I will loose my heart but sometime I also got support to win my race. On my teen age it had been impossible to reach to my destination. I forget myself but the God in my heart never forget me. My positive side lead me to beautify my holy spirit. This made even my physical life powerful. Again I started to run more. On time of my youth time I made lots of footprints on my career and education. I started to medal. Sometime I fail, sometime I won. My attitude made broad to even the narrow road, I never escape but made my own way to run.
Running and running, while running I develop lots of skills. My skills made me strong and courage full. My confidence gave for more to speed. Before, I ran to count my voice now I have started to run for other's right, to be voice of voiceless. I myself ran to be empowered for my identity. I felt hurt, I felt pain, I felt rain, I felt sunshine…, finally I felt the way of human spirit. My running platform become more focused and focused. No one could interrupt my discipline and honesty because I always listen my inner voice. I was innocent always tried to be intelligent. My foot never harm other but been a part of inspiration. Many times whether I grab the opportunity or either I dint grab bit, I ran and ran. My legs was tired, my strength was killed but never my will power. I came to you and ask a question Can We Fulfill Our Dreams On Our Land But…I not only ran for my life but search answer of this question with so many places, so many peoples. "Did you see me running?, It was a lot of running". Destination point never ends and still I am running.

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes