दशैको अवसरमा पिङमा रमाउनेहरु...



Photos by Prabhakar Gautam









हाम्रो स्टाइल पनि हेर्दिनुस् न !









फुटेको ऐना र म

- असीम सागर
पहिले
म जस्तै थियो
ऐनामा टाँस्सिएको मेरो अनुहार
अहिले
म जस्तो छैन
ऐनामा टाँस्सिएको मेरो अनुहार ।
एकाएक खसेर भुइँमा आफैं
आफू जस्तै फुटाइदिएको छ
फुटेको ऐनाले मेरो अनुहार ।

साँच्चै
कुनै ठूलो भुइँचालो आउनु पर्दैन ऐना खस्नलाई
कुनै चट्टानमा बज्रिनु पर्दैन ऐना फुट्नलाई
बिचरा ऐना न हो
खस्यो कि प्याट्ट फुट्छ
तर देखाउन छाड्दैन रिसले कसैको अनुहार
आफ्नो आयतनभित्र ।

त्यही ऐनाको आयतनमा राखेर आफूलाई सधैं
म जस्तै मान्छेले दाह्री काट्छ
मैले जस्तै मान्छेले जुँगा मिलाउँछ
कपाल कोर्छ, क्रिम घस्छ
सायद उसलाई विश्वास थिएछ
ऐनाले ढाँट्दैन ।

त्यहि ऐनामा आफ्नो अनुहार हेर्न
हरेक साँझ जून उदाउँछ
हरेक बिहान सूर्य उदाउँछ
र मेरो बुकुरो घरको उध्रिएको छाना र भित्ताको प्वालबाट छिरेको
एक खित्का जून
ऐना जस्तै टुक्रिएको छ
एक पित्का घाम
ऐना जस्तै फुटेको छ

मेरो अँध्यारो घरभित्र उज्यालो छर्न खोज्ने
यी निष्कपट घाम र जूनका एक-एक टुक्रा ऐना बटुलेर
म सोचिरहेछु
कसरी जोडेर देखाऊँ एउटा सिङ्गो जून
यो लोकलाई
यो संसारलाई ।

बेसुरा समयको सुरिलो घन्टी


– हाम्रो कलम टिम 

समसामयिक नेपाली साहित्यिक वृत्तमा नारायण ढकाल गम्भीर कलमवाज मानिन्छन् । गहन अध्ययन र मिहीन चिन्तनले उनको लेखकीय जग खँदिलो बनेको प्रमाण उनकै कृतिहरूले दिएका छन् । खासगरी खारिएको अभिव्यक्ति शिल्प भएका ढकालको आख्यान अझ धारिलो छ । पछिल्ला समयमा प्रकाशनमा आएका आत्महन्ता, बहिर्गमन जस्ता कथाकृति तथा दुर्भिक्ष र प्रेतकल्प जस्ता उपन्यासले उनको शक्तिशाली आख्यानकारिताको सजीव चिनारी दिएका छन् । तर उनको चिनारी यतिमै बाँधिँदैन । कविता लेखनमा समेत उत्साही भएर देखिने उनको गद्य पनि उत्तिकै ओजपूर्ण छ । हालै प्रकाशित लेख र निबन्धहरूको संग्रह 'शोकमग्न यात्री'मा त्यो प्रभावशाली गद्य छताछुल्ल छ ।  

संस्मरण, यात्रा-वृत्तान्त, निबन्ध र आलेख गरी बाइस रचना रहेको कृतिको यो दोस्रो संस्करण हो । २०५६ सालमा प्रकाशित पहिलो संस्करणमा समाविष्ट ११ वटा लेख-निबन्धमा थप ११ वटा राखेर दोस्रो संस्करण प्रकाशन गरिएको छ । कृतिका संस्मरण र निबन्धहरूमा पञ्चायकालीन नेपाली समाजदेखि प्रजातन्त्र प्राप्तियताका विविध प्रसंग विषयवस्तु बनेका छन् । ती सामाजिक र राष्ट्रिय विडम्बनाका प्रसंग हेर्दा बेसुरा समयका प्रकटीकरण लाग्छन् । 

साहित्य निकै कमजोर माध्यम भएको ठहर्‍याउँदै एक समयमा लेखक ढकाल रोग र भोकबाट ग्रस्त समाजलाई शक्तिवान् बनाउन पूर्णकालीन राजनीतिमा हामफाल्छन् । सांसद चुनिएपछि उनले आफ्ना सांसद मित्रहरूलाई संसद र वेश्यालयबीचको अर्थभेद हराएको विडम्बनापूर्ण परिस्थिति बुझाउन खोजेको सन्दर्भ पनि जोडेका छन् । यसबारे संग्रहको आलेख 'अर्थान्तर' बोल्छ । निजी मामिलामा पनि आत्मसमीक्षा गर्दै अघि बढ्ने सर्जक ढकालले आफ्नो तीतो विगतका पाना पनि संस्मरणमार्फत इमानदार भएर राखेका छन् । चाहे विज्ञानको पढाइदेखि विरक्तिएर घरबाट बरालिँदै हिँडेको प्रसंग होस् कि, छोरो डाक्टर हुने सपना साँचेका बाबुआमाले उसले पढाइ छाडेपछि तह लगाउन इच्छाविपरीत बिहे गराइदिएको अवस्था होस्, सबैमा खुला पुस्तक  बनेका छन् लेखक । 

संग्रहमा उनले अमेरिकाका शक्तिशाली कवि एलेन ग्रिन्सवर्गको सन्दर्भबाट बग्दै आएर यता नेपालमा समय बेपत्ता भएको बारे सरल तर तीक्ष्ण कविता लेखिरहेका युवा कवि युमाको चर्चासम्म समेटेका छन् । ग्रिन्सवर्गको चर्चा केलाउने 'ग्रिन्सवर्ग, बुटपालिस र खापीभित्रको नगरा' संस्मरणबाट पञ्चायतकालको उकुसमुकुसमा अभिव्यक्तिको मुख खुम्चिँदा युवा लेखकहरूले सामूहिक रूपमा कृति प्रकाशन गर्न कसरी बुटपालिस आन्दोलन गरेका रहेछन् भनेर बुझ्न पाइन्छ । त्यतिबेला सन्तोष भट्टराई, किशोर नेपाल, शैलेन्द्र साकार, जगदीश घिमिरे, लेखक ढकाल लगायतले नयाँ सडकमा बसेर बटुवाको जुत्ता पालिस गरेर पैसा जम्मा पारेका थिए । 

भारतसँगको सीमाक्षेत्रमा देशले खेप्नुपरेको हस्तक्षेपका साथै प्राकृतिक सम्पदासम्बन्धी सम्झौतामा समेत अपमानपूर्ण नियति भोग्नुपरेको कारुणिक चित्र लामो यात्रा संस्मरण 'महाकालीको तीस घन्टा र शोकमग्न यात्री' ले उतारेको छ । सुदूरपश्चिमको कञ्चनपुरस्थित शारदा बाँध बनेपछि भारतीय पक्षको रजाइँ, महाकाली सन्धिमा राष्ट्रघाती काम गर्ने नेपालका राजनीतिक नेताहरूको दास मनोवृत्ति, अरु बेला पानी भारततिर सोहोरिँदा काकाकुल बनेर पानी माग्ने महाकाली वर्षायाममा भने बाढीको भँगालो बोकेर त्रस्त हुनुपर्ने नियति देखेर जब लेखक भक्कानिन्छन्, पाठकको आँसु पनि थामिँदैनन् । राष्ट्रवाद धुलोपिठो पारेर नेताहरूले असमान सन्धि-सम्झौता गरेको प्रतिफल देख्दा आफन्तको मृत्युमा मलामी हिँडेका शोकमग्न यात्री भएर हिँड्न विवश हुनुपरेको छ ।

राजनीति र साहित्यको साइनोबारे पनि लेखकले छोटोमा सटीक धारणा राखेका छन् । राजनीतिलाई साहित्यमा सरल प्रविधिमा प्रत्यारोपण गर्ने प्रचलन नेपाली साहित्यमा नभएको उनको औंल्याइ छ । त्यसैगरी स्रष्टाको अगाडि समीक्षक थकित र निकै पछाडि छुटेको म्याराथनको शिथिल खेलाडी लाग्छ ढकाललाई । जीवित लेखकहरूलाई उपेक्षा गरेर दिवंगत लेखकहरूलाई वैतरिणी तार्न झैं आरती उतार्ने समीक्षकको प्रवृत्तिप्रति उनको असन्तुष्टि छ । साहित्यिक र सामाजिक मूल्यका हिसाबले पाठकीय समाजलाई हल्लाइदिने पछिल्लो समयको उपन्यास 'प्रेतकल्प'को रचनागर्भ यस संग्रहको अर्को उपलब्धि हो । यसले कृति र कृतिकारलाई बुझ्न थप सघाउँछ ।

समग्रमा यस संग्रहले वैचारिक मन्थन गर्दै दिमागमा काउकुती उमार्ने सामर्थ्य बोकेको छ । दुई दशकअगाडिसम्मको घटना र सन्दर्भ भए पनि तिनमा चेतनाको सघनता र सामयिक मूल्य उच्च छ, यसैले पनि यी आलेख र सम्झौटोहरू अहिले पनि उत्तिकै महत्वपूर्ण बनेका छन् । 


कृति : शोकमग्न यात्री

कृतिकार : नारायण ढकाल
प्रकाशक : फाइनप्रिन्ट
मूल्य : २९९ रुपैयाँ

'लेखक होइन, परीक्षार्थी हुँ' - 'सेतो धरती'का लेखकसँग गफगाफ

ख्यान सिर्जनामा रमाइरहेका अमर न्यौपाने युवा पुस्ताका इर्ष्यालाग्दा लेखक हुन् । 'सेतो धरती' उपन्यासका लागि २०६८ सालको मदन पुरस्कार पाएपछि त झन् उनी साहित्यिक वृत्तमा हटकेक नै भएका छन् । दुई वर्षअघि नेपालगञ्जको स्थलगत अध्ययनमा आधारित 'पानीको घाम' आख्यानकृति ल्याएपछि निकै प्रशंसित भएका उनले सोही कृतिमा पद्मश्री साहित्य सम्मान पाएका थिए । यसैगरी न्यौपानेले 'कलिलो मन' बालकथा संग्रहका लागि २०६७ सालको पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार समेत थापेका थिए । स्थलगत अध्ययनमा गएर कलम चलाउने सर्जक दरिएका उनले 'सेतो धरती' लेख्‍न चितवनको देवघाट एक महिना बसेर बालविधवा आमाहरुको कथाव्यथा खोतलेका थिए भने बहुपतिप्रथाका विषय रहेको आगामी उपन्यासको लागि उनी तीन महिना हुम्ला बसेर फर्किएका छन् । अमरसँग उनको साहित्यिक यात्रा, पुरस्कृत कृति र नेपाली साहित्यको पछिल्लो रुप-रेखाबारे केन्द्रित रहेर गरिएको गफगाफको अंश :

पुरस्कार जितेपछि सर्जकहरुले नयाँ चुनौती महसुस भइरहेको छ भनेर सामान्यतया साझा खालको जवाफ दिन्छन्, तपाईंसँग चाहिं के जवाफ छ ?
युवा पुस्ता पुरस्कृत भएको महसुस भएको छ । जिम्मेवारीबोध पनि भएको छ । मेरो प्रतिस्पर्धा अब मैंसँग हो । 'पानीको घाम'  'सेतो धरती' भन्दा तल खस्किनु हुँदैन भन्ने लागिरहेको छ । तिनै कृतिको हाराहारी र अझ त्यसभन्दा पनि राम्रा कृति लेखेर नेपाली साहित्यलाई धनी बनाउनुपर्छ भन्ने लागेको छ ।

कृति नै पिच्छे पुरस्कार पाइरहनुभएको छ नि !
कृति पढेर पाठकले दिने प्रतिक्रिया नै संसारको सबभन्दा ठूलो पुरस्कार हो । पाठकको मनको अदालतले गर्ने निर्णयलाई महान् मान्छु म । तर त्यसका साथै संस्थागत रुपमा पनि पुरस्कृत हुँदा अर्को खुड्किलो पार गरिँदो रै'छ । त्यसले कुनै पनि सर्जक पाठकमाझ पुरस्कृत भएको कुरालाई औपचारिकता दिन्छ । मिडियामार्फत सबैसामु सार्वजनिकीकरण गरेर सेलिब्रिटी पनि बनाउँदो रै'छ । मलाई चाहिं अब के-कसरी लेखूँ भन्ने व्याकुलता बढाएको छ ।

युवा पुस्ता पुरस्कृत भएकोमा यसपटक धेरैले निकै सराहना गरेका छन् । तर लेख्दै गरेको मान्छेले ठूलो पुरस्कार पाएपछि अब केका लागि लेख्नुपर्‍यो भन्ने मनस्थितिको विकास भएर त्यो र्सजक नै सिद्धिन सक्छ भन्छन् । त्यो मान्यतालाई चिर्न सक्ने अवस्था छ ?
मैले ठूलो मान्ने पनि पाठकको मनको अदालतले गर्ने निर्णय नै  हो । त्यो निर्णय कहिले पनि तल पर्दैन । यस कारण यो मेरो अन्त्य होइन सुरुवात हो जस्तो लाग्छ । किनभने भर्खरै मेरो दोस्रो कृति प्रकाशन भएको छ । एउटा फिल्ममा अभिनयका लागि हिरोइन बन्न १६-१७ वर्षको उमेर भए पुग्छ, तर लेखक २५-३० वर्ष नकाटी उसमा अध्ययन, अनुभव र अभ्यासका हिसाबले परिपक्वता आउन सक्दैन । मेरो कृति नेपाली साहित्यको बजारमा प्रतिस्पर्धामा गएर पुरस्कृत भयो । पुरस्कार छिटो वा ढिलो दिइयो भन्ने कुराको पनि अर्थ छैन ।

'सेतो धरती'मा त्यस्तो के छ, जसले यसलाई सबैको रुचिकर र मदन पुरस्कारको हकदार बनायो ?
पुरस्कृत गर्ने मदन पुरस्कार गुठीलाई यो प्रश्न सोध्ने हो भने न्याय हुन्छ जस्तो लाग्छ । पुस्तकबारे लेखकको हैसियतबाट भन्नुपर्दा फलको स्वाद चाखेपछि मात्रै थाहा हुन्छ । पाठकहरुले पनि यो उपन्यास पढेर स्वाद आफैं थाहा पाउनुस् ।

तपाईं त लेख्नकै लागि सबै व्यस्तता र अल्झाइबाट छुट्टी लिएर पूर्णकालिक लेखक बन्नुभएको छ, कस्तो छ लेखनकर्म ?
त्यसरी सबै हाँगाबिँगाबाट मुक्त हुनु पर्दो रै'छ । खाने बाटोको लागि स्कुल र कलेजमा पढाउने गर्थें । तर लेख्नका लागि बेलाबेला स्थलगत भ्रमणमा निस्कँदा कति बिदा लिइराख्नु भनेर गत वर्ष नै काम छाडें । फेरि केही समयपछि पढाउनुपर्ला । यदि लेखेर नै खान पुग्ने स्थिति आयो भने लेख्नु जस्तो सुन्दर कुरा के हुन्छ र !

नेपालमा लेखेरै जीविका चलाउन सकिने अवस्था देखिन्छ त ?
- लेखेरै गुजारा गर्ने केही अपवाद मात्रै होलान् । नेपाली भाषा-साहित्यको बजार सानो छ । वितरण प्रणाली त्यति धेरै उत्साहजनक छैन । पढ्न चाहनेको हातमा पुस्तक पुर्‍याउन नसकिरहेको अवस्था छ । नेपाली साहित्य स्तरीय अनुवाद भएर विश्वसाहित्यको प्रतिस्पर्धामा जानुपर्छ । केही पुस्तकहरु प्रतिस्पर्धा गर्न लायक पनि छन् । तर त्यसरी प्रतिस्पर्धाको मौकै नपाई गतिला पुस्तकले पनि यहीँ खुम्चिएर बस्नुपरेको छ । भाषाको सीमा तोडिएर विश्वमा गयो भने नेपाली साहित्यको भविष्य उज्यालो छ ।

स्थलगत रुपमा कुनै ठाउँमा गएर लेख्ने शैली अपनाउनुभएको छ, तर हामीकहाँ धेरैजसो लेखक कोठामा बसेर कल्पना र अड्कलबाजीमै संसारको कुरा हाँक्छन् भन्ने आरोप लाग्ने गरेको छ । स्थलगत लेखनमा के फरक हुने रहेछ ?
कोठामा बसेर लेख्नेले पनि जीवन भोगेर आएको हुनाले उसबाट समाज र मान्छेको यथार्थ कुरा आउन सक्दैन भन्ने होइन । प्रत्यक्ष रुपमा कतै पुगेर लेख्नु र नपुगी लेख्नुमा अन्तर मात्रै हो । लेख्नकै लागि भनेर कतै पुग्दा अलि सचेत र एकचित्त भइँदा लेख्न प्रेरित गर्छ । 'पानीको घामलेख्नलाई नेपालगन्जमा बस्दा मैले गरिब र दीनदुःखीकै कथा लेखें । धनी, ठूलाबडा र महलमा बस्ने मान्छेको आवरण हुने भएकाले तिनको कथा लेख्न सकिँदैन । मानहानि होला कि भन्ने डरले तिनलाई सोध्न र कोट्याउन पनि गाह्रो । शक्ति, सत्ता, सम्पत्ति र सभ्यता भएका मान्छेसँग निकै डराएर कुरा गर्नुपर्छ । स्थलगत रुपमा गएर लेख्दा कति आनन्द हुन्छ भने, पुस्तक पढ्नुभन्दा त जीवन पढ्नु कता हो कता आनन्द ! यस क्रममा मैले विश्वको महान् कृति पढ्नुभन्दा एउटा निम्न वर्गको सामान्य पात्रको जीवन पढ्नु निकै सुन्दर कुरा हो भन्ने सिकें ।

त्यो सुन्दर र मार्मिक कुरालाई त्यत्तिकै प्रभावशाली रुपमा शब्दमा उतार्नु कत्तिको गाह्रो हुन्छ ?
-  मुख्य समस्या नै त्यही हो । लेख्ने भए त्यही भोग्ने मान्छेले नै आफ्नो भोगाइबारे लेख्थ्यो होला । तर गाह्रो काम भएकाले ऊ र त्यस वरिपरिका धेरै मान्छेले लेख्दैनन् । लेख्दा एउटा शैली र अनुहार दिनुपर्‍यो । भएका कुरालाई त्यस्तै असरदार गरी लेख्नुपर्ने समस्या जब समाधान गरिन्छ, तब लेखक भइन्छ । लेखक हुन लेखाइमा आफ्नोपन चाहिन्छ । प्रेम, मृत्यु र सर्वहाराको विषयमा सबैले लेखे पनि लेखकलाई बनाउने शैलीले हो । आफ्नोपन नदेखिँदा लेख्न सुरु गरेको १० वर्ष बितिसक्दा पनि मैले २०६५ सालसम्म कृति निकाल्ने आँटै गरिनँ । पछि बल्ल ६६ सालमा 'पानीको घाम' निकालें । मैले त परीक्षा दिएको हुँ, पाठकहरुले पास गराइदिए । 'सेतो धरती'को दोस्रो परीक्षामा पनि पास भएँ । म लेखकभन्दा पनि परीक्षार्थी हुँ, परीक्षा दिइरहन्छु ।

लेख्नका लागि स्थलगत अध्ययनमा जाँदा चुनौती र अप्ठेरो कत्तिको हुन्छ ?
एकदमै अप्ठेरो हुन्छ । चित्रकलाको 'प्रोसेस अफ प्रडक्ट' जस्तो हो लेखन पनि । प्रोसेस पनि कला हो भन्छन् पेन्टिङमा । त्यसैअनुसार पात्रको छेउ पर्दादेखि नै लेखनको प्रक्रिया सुरु हुन्छ । पात्र बोल्न मान्दैन, फकाउनुपर्‍यो । घुलमिल हुन गाह्रो पर्छ, मनाउनुपर्‍यो । एउटा साथीसँग कुरा खोल्न त गाह्रो हुन्छ, अपरिचित लेखकसँग कसरी खुलून् ! देवघाट गएर विधवा आमाहरुसँग कुरा गर्दा उहाँहरुले 'बाबू, बिर्सेका र खाटा बसिसकेको घाउ किन कोट्याउनुहुन्छ' भनेर प्रश्न गर्दा भक्कानो छुट्यो । त्यस्तो बेला के भन्ने, के गर्ने ? मैले पुस्तक लेखेर उहाँहरुले केही पाउने पनि होइन । मेरा पात्रहरुमध्ये अधिकांश त निरक्षर छन्, आफैंबारे लेखेको पुस्तक पनि पढ्न सक्दैनन् । दुःख लाग्छ ।

नेपाली साहित्यका पाठक निकै सचेत हुँदै गएका छन्, लेखकको हैसियतमा के लाग्छ ?
- आजका पाठकदेखि निकै डर लाग्छ । डराई डराई पुस्तक निकालेको हुँ । धेरै अध्ययनशील छन् उनीहरु । साथीहरु बस्दा अनेक विदेशी पुस्तक पढेको बताउँछन्, आफू चाहिं कुनामा चुपो लागेर बस्नुपर्छ । आज पाठकका साथै प्रकाशक पनि अगाडि छन्, लेखक भने पछाडि छुटेका छन् । गहकिलो कृति दिन ऊ जिम्मेवार भएर अग्रसर बन्नुपर्छ । नयाँ प्रकाशन संस्थाहरु आएका छन् । विदेशमा झैं आकर्षक ढाँचा र साजसज्जामा पुस्तक निस्कन थालेका छन्, तर विषय र शैलीमा नयाँपन दिन नसके ती पुस्तकहरु झिल्के कपडाका बेहुली मात्र हुन्छन् ।

अरुहरुको पढ्दा पछिल्लो समयमा मन परेका कृति कुन-कुन हुन् ?
नेपालीमा एकदम मनछुने पुस्तक पढ्नै पाएको छुइनँ, जुन कृति र रचना पढ्दा यो त मैले लेख्न पाएको भए हुन्थ्यो भन्ने लागोस् । सबै सामान्य नै लागेका छन् । यसो भनेर हाम्रो साहित्य र साहित्यिकलाई कम आँकेको होइन । यो मेरो पाठकीय टिप्पणी हो । बरु अहिलेका युवा पुस्ताका कविता निकै मन पर्छ । पढेर दंग पर्छु । कविता निकै शक्तिशाली विधा हो  मेरो आख्यानमा पनि कविताको गन्ध आउँछ रे  मलाई कतिपय साथीहरुले सबै कविता आख्यानमा मिसाइस् पनि भन्छन् ।

अबको साहित्यिक योजना के छन् ?
पुस्तक बुन्ने क्रममै गत वर्ष तीन महिना हुम्ला बसें । अहिले मेरो शैली स्थलगत लेखनको बनेको छ । आफूले खोजेको सेटिङमा गएर पात्र खोजेर त्यसमा आफूले चाहेका केही पात्रसँगै आफूलाई मिसाएर लेख्ने यो शैली विदेशतिर नयाँ नभए पनि हाम्रो देशमा नयाँ हो । 'पानीको घाम'देखि त्यही शैलीअनुसार लेख्दै छु । हुम्ला पुगेर ल्याएका सबै सामग्री तयार छन्, अब त्यसलाई सँगालेर लेख्ने काम बाँकी छ । त्यो कृति लेखियो भने मेरो जीवनकै महत्वपूर्ण हुनेछ । केही समयपछि सुरु गर्नेछु ।

सम्बोधनको लैङ्गिक पाटो


                                                                                                                                         रश्मि शीला

अघिल्लो पुस्ता र पछिल्लो पुस्ताका महिलाको जीवनशैली र भूमिकामा आएको परिवर्तन नेपाली समाजमा भइरहेको परिवर्तन मापन गर्ने एउटा आधार हुन सक्छ । शहरी परिवेशको कुरा गर्ने हो भने अहिले धेरै महिला दिदी बहिनीहरुले पुरुषको अगाडि घुम्टो ओढ्नु पर्दैन । घरभित्र र घरबाहिर दुबैतिर काम भ्याउने चुनौती कायम भएपनि अहिले उनीहरु घरको काममा मात्र सीमित छैनन् । उनीहरुको परम्परागत भूमिका क्रमशः फेरिँदैछ । कलेज पढ्ने केटाकेटीहरुलाई हेर्दा पनि थाहा पाउन सकिन्छ, नयाँ पुस्ता थुप्रै कुरामा स्वतन्त्र र उदार छ । एउटा उदाहरण, थुप्रै केटाकेटीहरु अहिले एकअर्कालाई समान रुपमा ‘तँ’ भनेर सम्बोधन गर्छन् । केही समय अगाडिका पुस्ताका धेरैका लागि यो अकल्पनीय कुरा थियो । नेपाली समाजमा केटा र केटीबीचको सम्बन्ध अनौपचारिक बन्दै गएको उदाहरण हो ‘तँ’ सम्बोधन ।

म त्रिभुवन विश्वविद्यालयमा पढ्दा मेरा पनि केही मिल्ने केटा र केटी (जोडी) साथीहरु थिए जो एकअर्कालाई तँ भनी सम्बोधन गर्दथे । अध्ययनलगायत सामाजिक सरोकारका विषयमा समेत चासो राख्ने तीमध्ये केही साथीहरु मलाई समाज परिवर्तनका संवाहक जस्ता पनि लाग्दथे । केही समयपछि तीमध्ये केही जोडीको विवाह पनि भयो । उनीहरुसँग पछि भेट हुँदा थाहा पाएँ, केटाले केटीलाई तँ नै भने पनि केटीले केटालाई गर्ने सम्बोधन फेरिएछ । कसैले तपाईं त कसैले हजूर नै भन्न थालेछन् । पहिला तँ भनिरहेको मान्छेलाई पछि तपाईं वा हजूर भन्नुलाई उनीहरु स्वयंले सामान्य रुपमा लिएको देख्दा मलाई अचम्म लाग्यो ।

यसबारे घोत्लिँदै जाँदा ‘तँ’, ‘तिमी’, ‘तपाईं’ वा ‘हजूर’ सम्बोधनको चुरो बुझ्न त लैङ्गिक र वर्गीय पाटोबाट हेर्नै पर्ने रहेछ । धेरै श्रीमान्हरुले ‘तँ’ वा ‘तिमी’ भनेपनि श्रीमतीले ‘तपाईं’ वा ‘हजूर’ भनेको हामी धेरैले सुनिरहेकै छौँ । सामान्यतः विवाह गर्दा महिलाभन्दा पुरुष ठूलो उमेरको हुने भएकोले यस्तो असमानतालाई स्वाभाविक रुपमा लिइएको पाइन्छ । तर श्रीमतीको उमेर श्रीमान्कोभन्दा बढी नै भएपनि श्रीमान्ले श्रीमतीलाई तपाईं वा हजूर किन भन्दैनन् त ? सम्बोधनार्थी शब्द नै समानताको आधार मान्न नसकिएला तर यो विभेदको स्रोत चाहिँ अवश्य हो । पुरुष श्रेष्ठ र महिला कनिष्ठ हुने परम्पराले सम्बोधनमा पनि निरन्तरता पाएको प्रष्ट छ । अन्य अवस्थामा जस्तै यसमा पनि ठूलो सम्झौता केटीले नै गर्छन् । केटालाई विवाहअघि गर्दै आएको सम्बोधन ‘तँ’ वा ‘तिमी’ विवाहपछि ‘तपाईं’ वा ‘हजूर’मा फेर्नु पर्छ भनेर मनोवैज्ञानिक रुपमा केटीहरु सायद धेरै अघि देखि तयार हुन्छन् (सायद पारिन्छन्) ।

महिलाका लागि अहिलेको समाज तुलनात्मक रुपमा उदार छ भन्ने कुरामा दुईमत नहोला । तर कस्तो समानता, विवाह पूर्वको मात्र कि पछिको पनि ? महिलाले अभ्यास गर्ने स्वतन्त्रका सीमाहरु थोरै फराकिलो मात्र भएको छ, तोडिएको छैन । विवाहपूर्वको समानता विवाहपश्चात् स्वतः संकुचित हुन्छ । अहिले आधुनिक भनिएको समाजमा समेत महिलाको भूमिका पुरुषको सहयात्री भन्दा सहायक वा सेवककै रुपमा सीमित छ । हाम्रो समाजमा अझै कन्यादान गर्ने चलन छ जहाँ विवाहित चेलीले पुरुषको खुट्टा ढोगी ‘अब म तपाईंको शरणमा परेँ, मेरो रक्षा गर है’ भन्ने भाव जाहेर गर्नु पर्छ । यसरी महिलाको वैवाहिक जीवनको शुरुवात नै समानताबाट नभइ असमानताबाट हुन्छ । पुरुषले संरक्षकको दर्जा पाउँछ भने महिलाले सधैं पुरुषले कोरिदिएको घेरोमा बस्नुपर्ने हुन्छ । मलाई लाग्छ यो लैङ्गिक अध्ययन गर्नेहरुका लागि पनि महत्वपूर्ण विषय हो ।  सायद यसबाट विवाह अघि र पछि महिला–पुरुष दुबैको भूमिका र दृष्टिकोणमा आउने परिवर्तनको झल्को दिन्छ ।

भनिन्छ, नेपाली युवाहरुमाझ आधुनिकता र परम्परागत दुबै भूमिका निर्वाह गर्नु पर्ने ठूलो चुनौती छ । विवाहपूर्वका ‘आधुनिक’ महिलाहरु विवाहपछि भने परम्परागत भूमिकामा मात्र सीमित भएका थुप्रै उदाहरण हामी देख्न सक्छौँ । त्यसैले समान जस्तो देखिए पनि थुप्रै अवस्थामा स्वतन्त्रता ‘सर्फेसियल’ छ । उनीहरु अभैm पितृसत्तात्मक समाजको जन्जालबाट उम्कने वातावरण बनिसकेको छैन । केही अपवाद बाहेक, न उनीहरुको घरेलु कामको बोझ घटेको छ न त सामाजिक–राजनीतिक निर्णयमा पहुँच बढेको छ । सायद यही कारण शिक्षित, आधुनिक र आफूलाई चेतनशील ठान्ने महिलाहरुले पनि कुनै समय आपैmले तँ वा तिमी भनेको जीवनसाथी(पूर्व साथी)लाई तपाईं वा हजूर भन्दा पनि असहज र हीनताबोध महसुस नगरेका होलान् । लैङ्गिक अध्ययनको पाटोबाट हेर्दा यो निकै संवेदनशील र महत्वपूर्ण विषय हो कि ! आखिर विवाहपूर्व तँ वा तिमी भन्दै आएको मान्छे कसरी त्यही व्यक्तिलाई तपाईं अथवा हजूर भन्न बाध्य हुन्छ वा सहर्ष राजी हुन्छ भन्ने कुरा खोतल्न सक्नुपर्छ । यसले विवाह अघि र पछि महिला–पुरुष दुबैको हैसियत, भूमिका र दृष्टिकोणमा आउने परिवर्तनबारे थप कुरा बुझ्न पक्कै सघाउँछ ।

सञ्चारमाध्यममा गीत छनोटको अस्वस्थ प्रतिस्पर्धा


                                                                                                                             -  प्रभाकर गौतम

एफएमररेडियो धेरैका लागि गीत–संगीत सुन्ने प्रमुख साधन हो । आधुनिक संगीतको विकास र विस्तारमा रेडियो नेपालले र पप तथा अत्याधुनिक संगीतको विकासमा एफएमले खेलेको भूमिका सराहनीय छ । नेपालमा हाल तीन सय पचासको हाराहारीमा एफएम खुलेकामा काठमाडौं उपत्यकामा मात्र यसको संख्या तीन दर्जन पुगिसक्यो । सबैजसो एफएममा नेपाली गीत–संगीतले ठूलो हिस्सा ओगटेको छ । यसले ठूलो समूहलाई मनोरञ्जन प्रदान गर्दै नेपाली कला तथा संगीत क्षेत्रकै प्रवद्र्धनमा पनि सघाएको छ । रेडियोमा गीत आफैं बज्दैन, बजाउने मान्छे चाहिन्छ । आधुनिक, पप, लोक, शास्त्रीय आदि सबै विधाका सिर्जनालाई श्रोतासम्म पुर्याउने काममा रेडियो कार्यक्रम प्रस्तोताको निर्णायक भूमिका हुन्छ । कुन कार्यक्रममा कुन गीत बजाउने भन्ने छनोट प्रायस् प्रस्तोताले नै गर्छन् । उनीहरूले एकातर्फ कलाकारका सिर्जनालाई श्रोतामाझ पुर्याउँछन् र अर्कोतर्फ तिनको प्रचारप्रसार पनि गरिरहेका हुन्छन् । तर, गीत छनोट गर्ने सबै प्रस्तोता ‘सांगीतिक चेत’ भएका हुन्छन् भन्ने छैन ।


कुनै पनि गीतको चर्चाका पछाडि एफएमररेडियो र कार्यक्रम सञ्चालकको प्रत्यक्ष–परोक्ष हात रहेको हुन्छ । एफएफमा छिट्टै लोकप्रिय हुने गीतले नै बढी स्थान पाउँछ र धेरै गीत एफएममा प्रसारण हुँदैनन् । म्युजिक भिडियो नबनेका गीतहरू प्रसारण हुने सम्भावना झिनो छ । यसले सम्बन्धित कलाकारको बजार विस्तारमा सहयोग त गर्ला तर एउटै गीत दोहोरिइरहने र धेरै गीतले ठाउँ नपाउने अवस्था छ । गीत छनोट र प्रसारणमा देखिएको यो समस्या र जटिलताका कारण थुप्रै राम्रा सिर्जना र तिनका कलाकार ओझेलमा परेका छन् । प्रसारणको अवसर पाएका गीतहरूबाट पनि सबै कलाकारले फाइदा उठाउन सक्ने वातावरण छैन । हामीले सुन्ने गीतहरूमा गायक, संगीतकार, गीतकारलगायत वाद्यवादन संयोजकहरूको सामूहिक भूमिका हुन्छ ।

सबै पक्षको विशेष योगदानविना राम्रो र स्तरीय गीत सिर्जना हुनै सक्दैन । विडम्बना, गायकबाहेक अन्य कलाकार प्रायस् ओझेलमा पर्छन् । कुनै गायक एउटै गीतबाट पनि रातारात लोकप्रिय हुन सक्छ तर संगीतकार र गीतकारलाई आफ्नो पहिचान बनाउन लामो समय लाग्छ । अझ संगीत संयोजक तथा अन्य वाद्यवादक त विरलै चिनिन्छन् । त्यसैले सार्वजनिक पहिचान बनाउन गायकको तुलनामा संगीतकार, गीतकार तथा अन्य कलाकारलाई मिडियाको विशेष साथ चाहिन्छ । तर हालसम्म एफएफमा गीत प्रसारण हुँदा ‘फलानो गायकको गीत’ भनेर गीतकार र संगीतकारको नामै नभन्ने प्रवृत्ति हाबी छ । ‘मेरा अधिकांश गीत बज्दा गीतकारका रूपमा मेरो नाम उल्लेख नहुने भएकाले साथीहरूले मेरो गीत सुनेका छन् तर त्यसको गीतकार म हुँ भन्ने धेरैलाई थाहा छैन’ रमण घिमिरेको भोगाइ हो यो । यहाँनेर, एउटा गीत तयार पार्दा धेरै जनाको मिहिनेत र सीप परेको हुन्छ भन्ने आधारभूत कुरालाई बेवास्ता गरेको पाइन्छ ।

कतिपय कार्यक्रम सञ्चालकहरू स्वयं गीत लेख्छन् र पनि आफूले सञ्चालन गर्ने कार्यक्रममा गीतकारको नाम उल्लेख गर्दैनन् । यसमा एफएम सञ्चालकहरूको नीति र प्रस्तोताहरूको हेलचेक्रयाइँ दुवै समस्या बनेको छ । एफएममा, कुनै गीतमा संलग्न सम्पूर्ण कलाकारको नाम भन्न पक्कै सम्भव नहोला । यद्यपि प्रत्येक गीत बज्नु अघि वा बजिसकेपछि कम्तिमा गायक, संगीतकार र गीतकारको नाम उच्चारण गर्ने हो भने थुप्रै स्रष्टाप्रति न्याय हुने थियो । पाइरेसी र कपी गर्न मिल्ने प्रविधिको विकासले पनि स्रष्टाहरू थप मारमा परेका छन् । अहिलेको संगीत बजारमा गीत बिक्रीमा मन्दी छाएको छ । केही समयअघिसम्म राहत पुर्याएको कल रिङ ब्याक टोन ९सिआरबिटी० को बजारसमेत घटेर अहिले कलाकारको आयस्रोत स्टेज कार्यक्रममा सीमित भएको छ ।
शास्त्रीय संगीतमा लागेका केही व्यक्ति तथा समूहको माग भए पनि स्टेज कार्यक्रममा गीतकारले स्थान पाउने कुरा भएन । यसबाट फाइदा उठाउने भनेको गायकले मात्रै हो । गायकले स्टेजमा गाउने गीतहरूबाट गीतकार र संगीतकारलाई प्रत्यक्ष लाभ हुँदैन । संगीत बजार उँभो लागे पनि, उँधो लागे पनि गीतकारका लागि आर्थिक रूपमा अवसर थोरै छ । अहिले चलेको ‘प्याकेज डिलिङ’ले चलेका संगीतकारलाई दाम कमाउने ढोकासमेत खुलेको छ । तर, संगीतकारले पनि गायकले भैँm एउटै गीतबाट पटकपटक आम्दानी गर्न सक्दैनन् । त्यसो त, गायककै हकमा पनि चर्चा कमाउन सफल केही सीमित गायकले मात्र हो अर्थ आर्जन गर्ने । पछिल्लो समयमा गीतकार तथा संगीतकारले पनि लगानी गरेर एकल एल्बम निकाल्ने क्रम बढेको छ ।

धेरै गीतकारमा आर्थिक मुनाफाको अपेक्षाभन्दा परिचय र आत्मसन्तुष्टि प्राथमिकतामा पर्छ । तर अहिलेको संगीत प्रसारणको अभ्यासले हेर्दा यही मौकाबाट सर्जकहरू वञ्चित भइरहेका छन् । सीमित एफएमले उपलब्ध गराउने सलामी ९रोयल्टी० ले निकट भविष्यमै स्रष्टाहरूलाई आर्थिक टेवा पुर्याउने अपेक्षा राख्ने ठाउँ छैन । उदाहरणका लागि अहिले कान्तिपुर एफएमले प्रत्येक गीतबापत १० रुपियाँँ ९गायक, संगीतकार र गीतकारलाई करिब तीन रुपियाँँ ३३ पैसा० सलामी दिने गरेको छ । गीत बजाउँदा नाम छुटाइए पनि क्युसिटमै भए पनि कान्तिपुर एफएममा कुन स्रष्टाको गीत कति पटक बज्यो भन्ने रेकर्ड मेन्टेन गर्नुपर्ने बाध्यता छ । सहजताका लागि दामासाहीमै सही, यो अभ्यासले एउटा सांगीतिक उत्पादनमा सबै सर्जकको समान योगदान देख्ने प्रवृत्ति बसाउने काम गरेको छ । तर, प्रविधिको सहज उपलब्धताका कारण धेरै एफएममा क्यासेट तथा सिडी किनेरभन्दा पनि इन्टरनेट तथा पेनड्राइभबाट गीत संकलन गरेर प्रसारण गर्ने अभ्यास व्यापक छ । आखिर सबैलाई थाहा छ, संगीत नभएको भए धेरै एफएमको जीवनलीला समाप्त भइसक्थ्यो । संगीत बजाएकै भरमा समय व्यवस्थापन गर्न पनि मिल्ने, अन्य कार्यक्रम थोरै भए पनि हुने र एफएमहरूको अस्तित्व पनि रहिरहने भएपछि सांगीतिक सर्जकहरूमाथि यति धेरै उपेक्षा किन र ?

संस्मरणमा फिल्म हेराइ

 प्रभाकर गौतम
               
                                                                                                   

फिल्म हेराइका मेरा थुप्रै सम्झनाहरु छन् जुन आजको आँखाबाट हेर्दा रोचक लागिरहेछ । यस संस्मरणमा मैले अपरिक्व उमेरमा व्यावसायिक फिल्म हेर्दाका अनुभवको मात्र चर्चा गरेको छु ।

मेरो जीवनमा चलचित्रका दृश्यहरुलाई जसरी देखाइन्छ उसरी नै ग्रहण गर्ने र सबै कुरा सत्य भएको भान हुने समय पनि थियो भनेर आज पत्याउन गाह्रो लागिरहेछ । तर यो सत्य हो । सायद मेरो जस्तो सोचाइ र अपरिपक्व बुझाइबाट सबै गुज्रन्छन् होला । म पनि गुज्रिएँ, र नै धेरै पटक कलाकारसँगै रोइयो÷हाँसियो ।
फिल्मप्रति विचित्रको आकर्षण हुन्छ धेरै मान्छेमा । ममा पनि थियो र अद्यापि छ । पहिलो चोटि कैले र कुन फिल्म हेरेँ सम्झन सकिरहेको छुइनँ । नेपालमा टेलिभिजन आगमन हुनुभन्दा केही वर्ष अघि जन्मेकोले अनुमान चाहिँ गर्न सक्छु, मैले पहिलो पटक कुनै हिन्दी फिल्म नै हेरेँ र त्यो पनि सिनेमा हलमा गएर । स्याटेलाइट/डिस टिभीको आगमनपूर्व फिल्म हेर्नका लागि कि सिनेमा हल नै पुग्नु पथ्र्यो कि त भाडामा डेक ल्याएर हेर्नुपथ्र्यो ।

मेरो जन्मथलो विराटनगरमा हिमालय टाकिज, जलजला हल र अरुण सिनेमा नामका तीनओटा सिनेमा घरहरु थिए । सबै सिनेमा घरमा हिन्दी फिल्म बढी चल्थे । त्यसबेलाको फिल्मको प्रचार–प्रसार शैलीले मलाई निकै तान्थ्यो । फिल्म परिवर्तन हुनासाथ कुनै रिक्शा वा गाडीमा फिल्मको पोष्टर टाँसेर दुई÷चार जनाको समूह माइकिङ गर्दै हिड्थ्यो । नयाँ फिल्म लाग्दा होस् वा कुनै फिल्मले एक हप्ता पूरा गर्दा ‘भव्य सफलताका साथ चलिरहेछ ...’ भन्दै उही शैलीमा विज्ञापन गरिन्थ्यो । हाम्रो घर (डेरा) सडक किनारमै भएकोले म हम्मेसी यो अवसर छुटाउँदिन थिएँ । तर त्यसबेला फिल्मको पोष्टर हेर्नु जति सजिलो कहाँ थियो र फिल्म हेर्न ? त्यो आप्नो बसको कुरा थिएन ।

तैपनि फिल्म हेर्ने अवसर कसोकसो जुरिहाल्थ्यो । दिदीहरु फिल्म हेर्न जाँदा अक्सर मलाई साथी लैजानु हुन्थ्यो । फिल्म हेर्न पाउनु नै ठूलो कुरा भएपनि मलाई मारधाडवाला फिल्म मात्र जच्थ्यो । कुनै फिल्ममा फाइट आएन भने निकै बोर लाग्थ्यो । यस्तै एउटा फिल्म थियो ‘आखिर क्यो ?’। राजेश खन्ना र स्मिता पाटेलले अभिनय गरेको त्यो फिल्म हेर्दा म हलमै निदाएको थिएँ । कारण प्रष्ट छ, त्यसमा कुनै फाइट थिएन । फाइट गन्ने पनि मेरो गजबको काइदा थियो । ‘औलाद’ भन्ने फिल्ममा दुई पटक रेल दुर्घटनाको दृश्य र एक पटक झापड हानेको दृश्य आउँदा मैले त्यसैलाई तीनओटा फाइट सम्झेको थिएँ । सम्झिल्याउँदा आज पनि हाँस्छु म ।

फिल्म हेराइका तीता मीठा अनगिन्ती सम्झनाहरु मन प्लस मस्तिष्कमा टाँसिएर बसेका छन् । चाहे त्यो फिल्म हेर्न सिनेमा घर पछाडिको चोर बाटोबाट छिर्दा दलदलमा फसेको होस् चाहे बोर्डरपारीको भिडियो हल पुग्न टन्टलापुर घाममा घण्टौँ हिडेको । अतीतको सकसलाई वर्तमानले भोग्नु नपरेर होला ती दिनहरुको सम्झनाले पीडा दिँदैन बरु रोमाञ्चित पार्छ ।

फिल्म हेर्ने गजबका दिन चाहिँ किशोरावस्थामा प्रवेश गरेपछि आयो । यसपछि त घरका मान्छेहरुको अनुमति बिना पनि स्कूल वा टोलछिमेकका साथीहरुसँग फिल्म हेर्ने मौका जुराउने जुक्तिहरु आपैm निस्कन थाले । कहिले घरकै सदस्यको खल्ती छामछुम गरेर त कहिले साथीभाइको कृपाले, फिल्म हेर्ने अवसर जुराउन गाह्रो हुन्थेन । घरका सदस्यहरुको गाली र चुटाइ खाए पनि फिल्म हेर्ने तिर्सना घटेन, बढिरह्यो । समय जति–जति बित्यो फिल्म हेर्ने विकल्पहरु थपिँदै गए ।

त्यो बेला मिथुन र धर्मेन्द्रका एक्सन प्रधान फिल्महरु हामी छुटाउँदैन थियौँ । पछि, चउरमा तिनै फिल्मका एक्शन टिप्सहरुको प्रेरणाले मिथुन वा धर्मेन्द्र बनेर खुब फाइट पनि खेल्थ्यौँ । कुनै अग्लो ठाउँबाट परालमा हाम फालेर होस् चाहे घरको बार्दलीबाट भुइमा फाल हानेर, रील लाइफका हिरोहरु भैm रियल लाइफमा पनि ‘हिरो’ बन्ने प्रयास हाम्रो दैनिकीको एउटा पाटो थियो ।

पछि, फिल्मकोे तिर्सना मार्न भारतीय दूरदर्शन च्यानलले निकै सघायो । छिमेकीकै घरमा भएपनि टोलभरका केही फिल्मपे्रमीहरु नियमित रुपमा शुक्रबार र शनिबार राति अबेर आउने फिल्म हेर्न सकेसम्म छुटाउँदैन थिए । म पनि यसमा समावेश हुन्थेँ । यही मेसोमा मैले थुप्रै पुराना र क्लासिक हिन्दी फिल्म हेरिभ्याएँ ।

फिल्म हेराइको अर्को चरण विशेष छ । २०५० तिर हाम्रो चोकमा नयाँ सिनेमा हल बनेपछि फिल्म हेर्ने नयाँ र सहज अवसर सिर्जना भयो । टोलछिमेकका दाईहरु काम गर्ने त्यो हल ‘आप्mनै’ जस्तो भयो । यो ‘लोकल’ हुनुको फाइदा थियो । करिब तीन चार वर्ष त्यस हलमा लागेका फिल्महरु विशेष परिस्थितिमा बाहेक कहिल्यै छुटेनन् । हेरिसकेका फिल्मको मन परेका दृश्यहरु मात्र हेर्न पाउने समेतको पहुँच भयो । यसपछि त मन नपरेका फिल्महरु समेत धेरै पटक दोहो¥याएर हेर्न थालियो । घरमा भन्दा बढी हलमा बास हुने दिन पनि आए ।
यसले व्यवसायिक हिन्दी फिल्मका लगभग सबैजसो फर्मूला त थाहा भयो तर हाम्रो चोकको त्यो नयाँ सिनेमा घरले मेरो पढाइ चाहिँ धुलिसात बनायो । म जेहन्दार विद्यार्थीबाट तीव्रगतिमा कमजोर र लफुवा विद्यार्थीमा परिणत भएँ ।

एउटा लामो कालक्रमपछि आज मेरो लागि फिल्म, हिजो जस्तो मनोरञ्जनको साधन मात्र रहेन । यो जीवन र जगत बुभ्mन सघाउने दृश्य साहित्य भएको छ । अझ, व्यक्ति वा समाजका विविध पाटोको बारेमा बुझन सघाउने माध्यम पनि बनेको छ । सांस्कृतिक तथा सामाजिक रुपान्तरणमा फिल्मको उपयोगिताबारे धेरैले बोलिसकेका/लेखिसकेका छन् । तथापि, गम्भीर फिल्म हेर्दाका अनुभव तथा अनुभूतिबारे अर्को सन्दर्भमा लेख्ने अपेक्षाका साथ यो प्रसङ्ग यत्ति नै ।

मिडिया बुझाउने प्रयास



                                                                                                           –महेश्वर आचार्य

विभिन्न क्षेत्र र समुदायका व्यक्तिहरूको अन्तर्वार्ता मिडियामा आइरहेकै हुन्छन् । अरूको अन्तर्वार्ता प्रचारप्रसार गर्ने सम्पादकहरूका अन्तर्वार्ता भने त्यति धेरै पढ्न÷सुन्न पाइन्न । यदाकदा विश्लेषकका रूपमा सम्पादकका धारणा प्रस्तुत भइरहे पनि उनीहरूका अन्तर्वार्ता नियमित रूपमा आउने चौतारी छैनन् । तर, मार्टिन चौतारीको कृति मिडिया संवादमा शेखर पराजुलीले मिडिया हाँक्ने सम्पादकहरूसँगै अन्तर्वार्ता लिएर उनीहरूका धारणालाई पाठकसमक्ष ल्याएका छन् ।

आठ–दस वर्ष पत्रकारिता गरेर सम्पादक भएकाहरूले पढेको र परेको दुवै अर्थमा अनुभव बटुलेका हुन्छन् । उनीहरूले राष्ट्रिय, अन्तर्राष्ट्रिय, क्षेत्रीय, स्थानीय तहमा भएका घटनालाई नजिकबाट नियालेका र घटनापछाडिका विकासक्रम पनि बुझेका हुन्छन् । त्यस्ता व्यक्तित्वहरूको अन्तर्वार्ता समाज बुभ्mने गतिलो आधार हुन् । जुन विचारधाराबाट निर्देशित भएर मिडिया चलाइएको हुन्छ मिडियाका सामग्री पनि सोहीअनुरूपका हुन्छन् । तसर्थ, सम्पादकका धारणा बुभ्mनु भनेको मिडियाका उद्देश्यबारे स्पष्ट हुनु पनि हो ।

मिडिया संवादले छापा माध्यमका सम्पादकहरू युवराज घिमिरे, नारायण वाग्ले, कनकमणि दीक्षित, बबिता बस्नेत, ओम शर्मा, फोटो सम्पादक विकार रौनियार लगायत प्रसारण माध्यमका रघु मैनाली, गोपाल गुरागाईं, आरती चटौतसँग संवाद गरेको छ ।

नेपाली प्रेस स्वतन्त्र छ ?

पे्रस स्वतन्त्रताको सवालमा अरू सम्पादक भन्दा बढी आशावादी ओम शर्मा छन् । पे्रस स्वतन्त्रताको सवालमा उनको भनाइ छ, ‘अहिले नेपालमा पे्रस स्वतन्त्रताको अवस्था सन्तोषजनक छ । कम्तीमा राज्यसत्ताको उत्पीडनमा अहिलेको पे्रस छैन ।’ शर्माले, ‘आपराधिक समूहहरू जो तराईमा बढी सक्रिय छन् उनीहरूबाट नेपाली पे्रस खतरामा’ रहेको अनुभव गरेका रहेछन् । तर, युवराज घिमिरे, नारायण वाग्ले र कनक दीक्षितहरूले भने नेपाली पे्रसले पूर्ण स्वतन्त्रता नपाएको अभिव्यक्ति दिएका छन् । घिमिरेले, दलहरू ‘खासगरी माओवादी र जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत) असाध्यै असहिष्णु’ भएको उल्लेख गर्दै ‘पीत पत्रकारिता, ब्याकमेल जर्नालिज्म र जवाफदेहिताको अभाव’लाई पत्रकारिता क्षेत्रकोे आन्तरिक खतरा मानेका छन् । वाग्लेले, ‘केही समयअघि नेकपा (माओवादी) मातहतका समूहबाट समस्या थियो भने अहिले स्वार्थ–समूहबाट खतरा’ भएको बताएका छन् । वाग्लेले भनेजस्तो स्वार्थ–समूहबाट त पे्रसलाई सधैं खतरा हुन्छ । तर कहिलेकाहीं त राज्य नै स्वार्थ समूह भइदिन्छ ।

प्रेसलाई सुरुदेखि नै राज्यले नियन्त्रणमा राख्नुपर्ने ठानेको थियो । २००७ सालपछिका अन्तरिम सरकारले पनि नियन्त्रणमा राख्नुपर्ने ठानेका थिए । २००९ सालमा मातृकाप्रसादको मन्त्रिमण्डल पतनपछि गठन भएको परामर्शदातृ सरकारले व्यवस्था गरेको तीन कानुनमध्ये प्रमुख छापाखाना र प्रकाशन सम्बन्धी ऐन थियो । ‘सरकार विरोधी भावना फैल्याउने खालका पत्रपत्रिका लेख आदिमा पूर्ण प्रतिबन्ध लगाई दण्डसमेत भर्ने अधिकार स्थानीय कर्मचारीलाई दिइएको’ थियो । त्यस बेलादेखिको सरकारी नीतिले पञ्चायतकालमा निरन्तरता पाउनु स्वाभाविक हो । तर, २०४७ को संविधानले प्रत्याभुत गरेको प्रेस स्वतन्त्रता पनि कतिसम्म अव्यावहारिक थियो भन्ने कुरा रघु मैनालीको अन्तर्वार्ताबाट छर्लङ्ग हुन्छ । २०५३ सालमा आफूहरूले रेडियो सगरमाथाको प्रसारणका लागि कैयौं पटक इजाजत माग्दा सरकारले वास्ता नगरेको उनको गुनासो छ । युनेस्कोबाट प्राप्त रेडियो सामग्री भन्सार छुटसहित नेपाल भित्र्याएपछि परीक्षण प्रसारणका लागि अस्थायी फ्रिक्वेन्सी समेत पाउन नसकेपछि आफैं परीक्षण प्रसारण गरेको सरकारले थाहा पायो । त्यसपछि संचार सचिवले फोनमा, ‘तिमीहरूका सामान म वाग्मतीमा बगाइदिन्छु । के ठानेका छौ ?’ भनेर धम्काएको मैनालीले बताएका छन् (पृ.९४) । उनको बुझाइमा, ‘नागरिकको सूचनाको हकलाई संविधानले मौलिक हकका रूपमा व्यवस्था ग¥यो । तर संचार नीतिमा त्यसलाई अलिकति साँघु¥याइयो । ऐन बनाउँदा अझ साँघु¥याइयो, नियमले त्यसलाई अझ कस्यो । अनि हुकुमले त ती सबै व्यवस्थालाई ठाडै उल्टाइदिएका प्रशस्त उदाहरण छन् ।’

कनक दीक्षितको धारणामा, ‘राष्ट्रिय तवरमा स्वतन्त्रता सालाखाला पूर्ण छ भने स्थानीय तहमा धम्की र त्रासको वातावरण सिर्जना हुने गर्दछ । पे्रस स्वतन्त्रता सुनिश्चित त छँदैछ, र नयाँ संविधानले पनि गर्नेछ तर व्यवहारमा सुनिश्चित गर्न पत्रकारहरू निरन्तर संगठित र सजग हुनुपर्छ ।’ मधेश आन्दोलनमा पे्रेस नै तारो हुनुचाहिं पे्रस सजग हुन नसकेको उदाहरण हो । युवराज घिमिरेको बुझाइ छ, ‘मधेश आन्दोलनमा सञ्चार माध्यमको सहभागिताको त कुरै छोडौं उनीहरूका उचित मागबारे समेत कभरेज नहुँदा आक्रोशित हुनु स्वाभाविक पनि हो ।’ घिमिरेले पे्रसको तटस्थ भूमिकाबारे उठाएको कुरा पनि गम्भीर छ । उनले भन्छन्, ‘मिडियामा पूर्वाग्रह छ र यदाकदा सडकमा उत्रने कुरामा संयम र परिभाषित भूमिकाबारे हामीकहाँ छलफल भएको छैन । काठमाडौं आन्दोलनमा सञ्चारमाध्यम कि सडकमा थियो कि त्यसको पक्षधरका रूपमा सञ्चारमाध्यमको उपयोग गरिरहेको थियो । आन्दोलनताका आन्दोलनकारीबाट भएको अनुचित कामलाई सञ्चारमाध्यमले कहिल्यै प्रकाशित गरेनन् ।’

त्यस्तै, पुस्तकमा समावेश घटना र विचार साप्ताहिककी सम्पादक बबिता बस्नेतको अन्तर्वार्ताले साप्ताहिक पत्रिकाका बारेमा बुभ्mन सघाउँछ । साप्ताहिक पत्रिका प्रकाशनको उद्देश्य, कार्यसम्पादनको ढाँचा र अवस्थालाई बस्नेतको वार्ताले स्पष्ट पार्छ । विकास रौनियारको वार्तामा फोटो पत्रकारिताले प्राविधिक र पेसागत उन्नति गर्दै रहेको कुरा उल्लेख छ ।

एफएम मिडिया
पुस्तकले एफएम हस्तीहरूसँग पनि संवाद गरको छ । रघु मैनाली र गोपाल गुरागाईंसँगको वार्ता त एफएम म्यानुअल सरह नै छ । सत्र पानामा फैलिएको मैनालीको वार्ताले एफएम रेडियो विशेषगरी सामुदायिक एफएम स्थापनाको संघर्ष र एफएमहरूको वर्तमान अवस्थाको सपाट चित्रण प्रस्तुत गरेको छ । एफएम सञ्चालनसँग सम्बद्धहरूका लागि मैनालीको अन्तर्वार्ता गतिलो स्रोत सामग्री सरह छ । वार्तामा एफएम सम्बन्धी कानुनी प्रावधान र सरकारी नीतिनियमको चिरफार गरिएको छ । गोपाल गुरागाईंको अन्तर्वार्ताले एफएमका लागि कार्यक्रम निर्माण गर्ने कम्युनिकेसन कर्नरको काम र उद्देश्यबारे जानकारी दिन्छ । यी दुईको अन्तर्वार्ताले सानो बजारमा प्रतिस्पर्धा गरिरहेका व्यावसायिक र सामुदायिक एफएमहरूलाई स्थायित्व र गुणस्तरीय प्रसारणका लागि मार्ग देखाएका छन् ।

मोफसलमा मिडिया
राजधानी सहर काठमाडौंंलाई केन्द्रमा राखेर गरिने अध्ययनलाई पुस्तकमा समावेश, धरानबाट प्रकाशन हुने ‘ब्लास्ट टाइम्स’ का सम्पादक÷प्रकाशक किशोरकुमार कार्की र वीरगञ्जका पत्रकार चन्द्रकिशोरको अन्तर्वार्ताले फराकिलो पारेको छ । उनीहरूसँगको वार्ताले मोफसलमा मिडिया विस्तारले विविध पक्षका एजेन्डाको सम्प्रेषण र त्यसमा सहमति वा विमति हुन सक्ने बहुलवादी समाजको निमार्णमा मिडियाले खेल्नसक्ने र खेल्नुपर्ने भूमिकाका बारेमा धारणा बनाउन सघाउँछ ।

कार्की र चन्द्रकिशोरको अन्तर्वार्ताबाट मोफसलमा पनि बिहानी चियाको चुस्कीसँगै पत्रिका पढ्ने बानीको विकास भएको बुझिन्छ । वार्ताले युवा तथा तालिमप्राप्त जनशक्तिको उपलब्धता, स्थानीय मिडियाको आर्थिक निर्भरता लगायत सुखद अवस्थाको चित्रण गरेको छ । इन्टरनेटको उपलब्धताले तयारी सामग्री ‘कट एन्ड पेस्ट’ गर्ने तथा मिडियामा स्थानीयताको अभाव हुने जस्ता चुनौती पनि थपिएको छ । मोफसलका पत्रिकाले बन्द आह्वान गर्ने विज्ञापनसमेत छाप्छन् भन्ने जानकारीले पाठकलाई एकसाथ आश्चर्य र चिन्ता जगाइदिन्छ । पुस्तकमा उल्लेख गरिएका घटना विवरणले व्यावसायिक, व्यापारिक, राजनीतिक जुन उद्देश्य पे्ररित भए पनि यस्ता प्रवृत्तिमाथि बहस गर्न र एउटा निश्चित मान्यताको स्वीकृतिका मिडियाले पहल गरेको मान्न सकिन्छ । वार्ताले केन्द्रमा उपलब्ध भएजस्तो सुरक्षाविना मोफसलमा रिपोर्टिङ गर्नुपर्दाको सास्तीबारे पनि जानकारी दिन्छ । चन्द्रकिशोरको भनाइ छ, पत्रकारिता जोखिमपूर्ण पेसा भए पनि मोफसलका पत्रकारलाई बढी जोखिम छ र त्यो बढ्दै गइरहेको छ ।

पुस्तकमा समावेश पत्रकारिता शिक्षणमा संलग्न रामकृष्ण रेग्मी र पी. खरेलसँगको संवाद पत्रकारिताको प्राज्ञिक विषयवस्तुमा केन्द्रित छन् । त्यस्तै, पत्रकार महासंघका सभापति विष्णु निष्ठुरी र पे्रस काउन्सिल नेपालका अध्यक्ष राजेन्द्र दाहालसँगको संवाद पत्रकारिता क्षेत्रको पेशागत र संस्थागत विकास लगायत विषयमा केन्द्रित छ । मिडिया क्षेत्रका पन्ध्र जनासँग संवाद गरिएको पुस्तक मार्टिन चौतारीले मिडिया बुझाउन गरेको सराहनीय प्रयास हो ।


मिडिया संवाद : नेपाली पत्रकारिताबारे अन्तर्वार्ता
शेखर पराजुली
पृष्ठ : २१८
मूल्य : १५०
प्रकाशक : मार्टिन चौतारी


सलोजा

                                                                           
 सँगै हासे तिमीसँग बोलेपछि दुखेँ
तिम्रो शहरमा रहर घोलेपछि दुखेँ

नछोएको नदेखेको नभोगेको कहिल्यै
अमुल्य यौवनको मोल मोलेपछि दुखेँ

चाहनाको लालीमा सूर्य फूल्दै थियो
चन्द्रमाको उज्यालोले पोलेपछि दुखेँ

पुगे नीलो समुन्द्र चुमे नीलै आकाश
तर झुठको दरबार खोलेपछि दुखेँ

भिन्न शरीर एकात्मा भोगाई आधा आधा
तिम्रो अहंकारले विथोलेपछि दुखेँ ।
                                                                      ओखलढुङ्गा हालः काठमाडौँ                                                                                                                                                                                                                                                                                                                              

Again over that talk: Sexuality - Abhinaya Thapa


Living alongside with two of the biggest manufacturing giants of the world has made our clothes and others daily needs cheap and easy. Though the effect of commoditized environment on our daily lives is still beyond our gauge but perceptible signs are visible and could be easily discerned. The available choices on the market have given rise to the power and authority of commoners on matters like what to wear and what not. And the certain modicum of power over clothes means control over own body and also over the subject and the notion. Indeed what is body; if not clothes and clothes and little skin and insinuating bones?  And add to it poverty our caste system (regulated society) to provide the needed materials and goods of society, forget the comfort and other things.
The sudden changes in the attire and sexual behavior of youths especially in capital and other cities have startled old eyes and minds. They do not believe what they are seeing and some have started becoming delusional. Or maybe these guys were doing too much daydreaming or watching too much porn because these are solely their matters and discursive subjectivities over present sexuality especially of capital city. Oral sex, threesome and  an another guy a few weeks ago was writing in national daily about contemporary sexual practice and beliefs of city’s wannabe bride; a ritual check up of males’ sexual performance and only then yes or no on marriage. If Freud was alive today what he would have wrote on these daydreamers, better curve and carve it to artistic creations sons, masterpieces will be born.
 Amidst this crap now comes the question how are we to appropriate and discuss the present liberal developments and attitude towards sexuality and body plus its image? Many are of doubtful mind and still think it’s nothing but mere façade and on the other side reality is different. Males are still patriarchal and most of our females are still in their triple burden of work from home to work to community. Very true but why not to add in these lists what Professor Chaitnaya Mishra has attributed to the rise of republicanism and secularism; the breakdown of families, massive internal and external migration and play of these global forces or the capitalism according to his belief which are now being centered our two neighboring countries India and China.  And what about rise of middle class families in the urban sphere and their commodity relationship?
The question is why we are not attempting a holistic view and looking at the bright side? The males’ liberal attitudes to female sex and sexuality could turn him less patriarchal and how much it could make him malleable to new ideas like joint child rearing, housework and his efficient participation against rites and rituals like purity and pollution practice at times of women menstruation. The paucity of discourses over sexuality has indeed revealed our dearth of views and state instead; still in the mindset of procreation and overly focused on the relationship between vagina and penis.

 Not a single talk over the subject of marriage though most of individuals of our society will be married at some stage of life? And without the discussing marriage how can somebody even dare to talk of sexual practices whether it’s threesome, oral, bisexual or anything? After 1999 sex survey of capital by Himal magazine over subjectivities like marriage, sex (sexual practices) and love a trend has been established to loosely talk over these matters. A doctor and a psychologist that too sometimes even without a name would be enough to provide sanction over these things. Sadly this scenario is out there borrowing the words of academician Pratyoush Onta due to the very little output of scholars and academicians over these subjects. Due to their over indulgence only in subjects like fertility rate and death rate and other United nations and UNICEF types of things.

The subject of body, its image and behavior and sexuality would be ‘the discussion’ of our everyday lives simply because we are sexual beings and also the rising middle class in the cities are quite comfortable with other necessities but not with the various topics of sexuality. Not to be forgotten along with rising middle class there’s a bulk of male population with money and power. No doubt all these fantasies and daydreams are most of their activities and outcome of their influence. Besides worlds and our own history of sexuality have informed us till it’s mainly about domination and deprivation. These two notions come into play while describing, affirming and in elaboration thus who talks matters. A family man, an old man, a teenager, a housewife, a heterosexual, a politician and a poor deprived journalist plus a box office hit and those weeklies.

Lastly the subjectivities like body, sex, sexuality and image has to be defined with post 1950 developments and events. Plus we have to be aware that we live inside a multi nationality state and their identities and culture treat sexuality in different way than the views of Manu and other Sanskrit scriptures. The ideas like democracy, equality, communism, feminism and our history with those ideas has rarely been related and tested with subject of body and sexuality and  was always hidden and was kept out of reach.  That seems quite necessary at present to move beyond body image fetish inundating our all forms of media. 

वर्षा र सङ्गीत



                                                                                                                प्रभाकर गौतम

आज फेरि त्यही झरीको रात छ, पारी डाँडा भिज्यो हेर न !


ढिलै भएपनि शुरु भएको वर्षात्का यी रातहरुमा म यो गीत गुनगुनाइरहेको छु । यो अर्कै कुरा हो, वर्षा अलि पर धकेलिएकोले यसपटक झमझम पानी पर्यो असारको रात भनी गाउन पाइएन । तर केही छैन, साउनको झरी बनी तिमी आउन भनी गाउनलाई पर्याप्त समय बाँकी छ ।

सङ्गीतको प्रकृतिसँग निकै गहिरो सम्बन्ध छ । प्रकृति सङ्गीतको श्रोत पनि हो । त्यसैले त छन् मौसमअनुसारका यति मीठा मीठा गीतहरु । शास्त्रीय सङ्गीतमा बेला÷समय अनुसारको राग हुन्छ । खोज्दै जाने हो भने, हरेक मौसमका गीतहरु हामी सुन्न पाउँछौँ । वर्षात्को समयमा मौसम अनुसारकै गीतहरुको सान्दर्भिकता हुने नै भयो । विश्वभरको सङ्गीतमा वर्षा वा झरी सङ्गीतको विषय बन्दै आएको छ । नेपाली सङ्गीतमा पनि आधुनिक÷सुगम सङ्गीत, लोक, पप आदि सबै विधामा वर्षा यामको सन्दर्भ जोडिएका गीतहरुको कमी छैन । यद्यपि, मौसमको सन्दर्भ जोडेर रचिएका यस्ता गीतहरु मौसमीय कुरामा मात्र सीमित छैनन् । जसरी पानीको वर्षाइमा विविधता छ, यससम्बन्धी गीतमा पनि उत्तिकै विविधता पाइन्छ । यस्ता गीतहरुले हाम्रो जनजीवन, माया प्रेम, सुख दुख, रोमान्स र विरह सबै भावलाई समेटेका छन् ।


बहुचर्चित लोकगीत सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा होस् चाहे पानी पर्यो असिना झर्यो हाम्रो जनजिब्रोमा झुण्डिएका गीत हुन् । असारै महिनामा पानी पर्यो रुझाउने देखि ए झरी नझरी देऊ यसरी बोलका गीतहरु पनि उसैगरी लोकप्रिय छन् । मिर्मिरे साँझमा सिमसिमे पानी, पानीको रिमझिम वर्षात्को बेला जस्तो गीत होस् वा साउने झरीमा त्यो गाउँको गोरेटो जस्तो पानी, वर्षा वा झरीको प्रसङ्गले गीतलाई सुन्दर बनाएकै छ । वर्षा अर्थात् पानी बिम्ब बनेर आउँदा पानी पानी भयो मेरो मन पनि बोलको गीत झनै श्रृङ्गारिक बनेको छ । धेरै गीतहरुमा असार÷साउनको पानी पर्ने मौसम आफ्नो मायालुको सम्झनाको प्रतीकका रुपमा पनि आएको छ । जस्तै, झझल्को लिएर आएछ सावन फेरि आँखामा । फेरि, झरी विरह बनेर पनि आएको छ झरी परेको दिन आकाश हेरिरहेँ, तिमी आउने दिन भनी कति पर्खिएँ र झरी परिरह्यो मनमा थामिएन आँशु जस्ता गीतहरुमा मा । यस्ता गीतहरुको सूची निकै लामो हुन सक्छ ।


यो वर्षा यामले, यो झरीले श्रष्टाहरुलाई अझ सृजनशील बनाओस् । झरीको तीव्रता र मन्दताले सर्जकहरुको मूडलाई पनि नौलो नौलो प्रयोग गर्न प्रेरित गरोस् । मेरो लागि, जिन्दगीको भागदौड र धपेडीबाट एकछिन सुस्ताउने गतिलो बिसौनी हो सङ्गीत । म त भन्छु, सबै श्रोताहरुको थकानमा उर्जा थप्ने सुन्दर सृजनाको श्रोत बनोस् यो वर्षा याम पनि ।

कविता मोह –रोशन खड्का



कविता पढ्छु म । किनकी यसप्रति मेरो अत्यन्तै मोह छ । यो मोहलाई लेखुँ–लेखँु लाग्यो । मैले कहिले देखि कविता पढ्न थालेँ ठ्याक्कै भन्न सक्दिन । यो असमर्थता भित्र केही सम्झनाहरु छन् । जसलाई यसरी लेखिरहेछु । त्यतिखेर ओखलढुङ्गाको अति बिकट स्कुल च्युरीडाँडा प्राविमा पढ्थे । मलाई पढाउने इन्दिरा मिसलाई आजपर्यन्त सम्झिरहन्छु । यसको कारण छ । भर्खरै दुई कक्षा चढेथँे । इन्दिरा मिस गाउनुहुन्थ्यो । उहाँको मधुर आवाजले मन्त्रमुग्ध बनाउथ्यो मलाई । सुनिरहन्थेँ । त्यो गीत माधवप््रसाद घिमिरेको “घामछाँया” कविता थियो । कविताभन्दा पनि मलाई इन्दिरा मिसको गीत मनपथ्र्यो । उहाँले सिकाउनुभएको लयमा आफ्ना सहपाठीसँगै ठूलो ठूलो स्वरमा गाउथेँ म, “कति राम्रो घाम कति राम्रो छाँया...।” त्यतिखेर मैले बुझेथेँ, कविता भनेको त गाउने कुरा रहेछ ।

 जसै कक्षा चढ्दै गएँ, ईन्दिरा मिसको आवाज पनि छुट्दै गयो । मैले गाँउने घामपानी गीत पनि ओझेल पर्दै गयो । यो ओझेलले मैले बुझेको कवितालाई छोपिदियो । झनहरी सर कविता घोकाउनुहुन्थ्यो । भुलेका प्रत्येक अक्षरको बदला एक लौरो खानुपर्ने भयले कविता खुब घोक्थेँ म । स्कुलमा घोकेका धेरै कविता आज पनि मुखाजप छ । यसरी दश कक्षासम्म पुग्दा म भित्र कविता सम्बन्धी अर्कै बिचार उब्जिएको थियो । म सोच्थेँ, कविता त घोक्ने कुरा रहेछ । दश पास गरेँ । अङ्ग्रेजी र गणितको आतंकले त्रसित म लुरुलुरु नेपालीको शरण परेँ । बाह्रमा बीसवटा कविता पढनु पथ्र्यो । पढ्थे । यतिखेरसम्म कविताले म भित्र स्पष्ट अनुभुत गर्न नसक्ने भावको तरङ्ग सञ्चार गर्न थालेको थियो, स्पष्ट हुन मन लाग्थ्यो । पाठ्यपुस्तकमा दिइएको समीक्षा पढ्थेँ । समीक्षा मेरो स्पष्ट भावमा घन भएर बजारिन्थ्यो । मैले अलिअलि बुझेको कविता र समीक्षाको व्याख्या कतै मेल खान्थेन । त्यतिखेर म सोच्थँे, कविता भनेको पुस्तक लेख्ने मान्छेले मात्र बुझ्ने कुरा रहेछ । आफूभित्र कविता बुझ्ने चाहना हुर्किएको थाहा पाउँदा एक पटक आग्रह गरेथेँ, “सर भिखारी कविता बुझ्नेगरी बताईदिनुस् न ।” गुरु अझै अप्ठ्यारो लाग्ने गरी समीक्षामै लेखिएका कुरा दोहो¥याउनुहन्थ्यो । म बुझ्दिनथेँ । त्यसपछि महशुस भएथ्यो, म बोधो छु, बोधो मान्छेले कविता कहिल्यै बुझ्दैन । म भित्र फेरी कविता सम्बन्धी अर्कै धारणा विकास भयो । कविता भनेको नबुझिने कुरा पो रहेछ ।

यसैगरी समय बित्दै गयो । बितेका समयसँग म भित्र कविताप्रतिको मोह चैँ बढिरह्यो । एकोहोरो पढिरहँे । यसबीच मैले अनुभूत गरेको कविता गाउने कुरा, घोक्ने कुरा र नबुझ्ने कुरा बिस्तारै बिलाउँदो थियो । पढिरहँदा कविताले अनौठो आनन्द दिन थाल्यो, नौलो संसार देखाउन थाल्यो । यो खुसीमा मैले भानुभक्तलाई पढेँ । लेखनाथ र देवकोटालाई पढेँ । रिमाल, भूपी र मोहन कोईरालालाई पढेँ । अनि बैरागी काँईला र अरु अरु थुप्रै कविलाई पढेँ । यीमध्ये कतिलाई बुझेँ कतिलाई बुझिनँ , अझै बुझ्दिनँ । अलि अलि बुझेर अनि अलि अलि नबुझेरै पनि मैले रिमाल र भूपीलाई असाध्यै मन पराएँ । यी दुई प्रिय कविका कविताले नै मलाई कविता पढिरहन प्रेरित गरे । त्यसपछि मलाई थाहा भयो, कविता नबुझ्ने मात्रै हुँदारहेनछन् । सजिलो भाषामा पनि बुझिने कविता लेखिँदा रहेछन् । त्यसैबेला देखि कविताले तानिरहेछ मलाई आपूmतिर निरन्तर निरन्तर... साहित्यमा कथा र उपन्यास, संस्मरण र निबन्धात्मक कृतिमा पनि उत्तिकै रुचि छ । तैपनि कहिले अति नै कहिले केही कम मात्रामा म कविता नै पढ्छु । कतै हिड्नु परे झोलामा कवितै बोक्छु । गाडीमा यात्रा गरिरहँदा बदलिइरने दृश्य र कविता मलाई उत्तिकै रोमाञ्चक र प्रिय लाग्छ । एउटै संग्रहका कवितामा हुने संवेदनाका फरक फरक अनुभुतिलाई म शब्दले व्यक्तै गर्न सक्दिनँ ।

भनिहालेँ नि म कवितै पढ्छु धेर । फेसबुक चलाउन थालेपछि यो क्रम अझ बढेको छ । बढ्दो छ । फेसबुकमा जोडिनु भएका साहित्यिक मनहरुसँगको सम्वादले मेरो पाठकीय चेतलाई परिपक्व र फराकिलो बनाउन निकै मद्दत गरेको छ । फेसबुकबाटै घनिष्ट भएका दोलखातिरका मित्र सौरभ कार्कीसँग साहित्यबारे हुने लामा फोन संवाद मेरा अविस्मरणीय क्षण हुन् । अप्रकाशित सर्जकहरुलाई प्रकाशित हुने प्रिय संसार हो फेसबुक । यसमा दिनहुँ प्रकाशित हुने सिर्जनाहरुबाट अरुले जस्तै मैले पनि प्रशस्त लाभ प्राप्त गरेको छु । बिशेष गरी कविता पढिरहने मेरो चाहनाको निम्ति फेसबुक अमूल्य प्राप्ति भएको छ । अहिले पढ्नकै लागि काठमाडौँ आएको छु । यता आउने बेला आमाले गाली गर्नुभएथ्यो, “अरु पढेर जागिर खान्छन् तँचाहिँ जागिर छोडेर पढ् अब, खुब ठूलो काम गर्ने भइस् ।” पढ्नुको अर्थ जागिर भनी बुझ्नुभएकी मेरी आमाको गाली मुसुक्क हाँसेर सुने मात्र । 

अतः आजकाल म पढ्न भनेरै काठमाडौँमा छु । यहाँ पनि कवितै पढिरहेछु । केही साथीसँग मागी, केही आफैले किनेर निकै कविता पढेँ । पढेका मध्ये बुद्विसागरका कविता, ल्याम्पपोष्टबाट खसेको जून, हतारमा यात्रा, गार्मेन्टकी गायत्री र प्रशन्न घिमिरेको र...निशब्द मलाई असाध्यै मन परे । पछिल्लो समयका यी प्रभावशाली कविताले मलाई बुझाएका छन्, कतिपय कवि सरल लेख्ने ध्याउन्नमा कलालाई भुल्दा रहेछन् । कतिपय चैँ कलात्मक बनाउने मोहमा सरल र बोधगम्य कविता लेख्न चुक्दा रहेछन् । उल्लेखित कविका कविताहरूमा यी दुवै कुराको अभाव पाएँ मैले । कला र विचारको सन्तुलनले यी कविता म बारम्बार दोहो¥याईरहन्छु । कविता पढेको निकै समय पछि मैले बुझेको छु, ईन्दिरा मिसले झैँ कवितालाई कसैले लय हालिदिनु नपर्ने रहेछ । यसमा आफैँ एउटा मधुर लयको सिर्जना हुदोरहेछ । यो कसैले घोकाउने गुरुकुलीय वेदका मन्त्र पनि होईन रहेछ । सुन्दर कविताका पंक्तिहरु त मुटुलाई छोएर आफै हृदयमा बस्दारहेछन् । अझ कविता कुनै पण्डितको पुराण त हुदै होईन रहेछ, अरुले अथ्र्याइदिए पछि मात्र बुझ्ने । यो त सबैले आफ्ना लागि आफ्नै आफ्नै विवेकले बुझ्न सक्ने बृहत ज्ञान भण्डार पो रहेछ । यसरी म भित्र दिन प्रतिदिन कविताप्रतिको मोह निरन्तर आकासिँदो छ । अतः सूर्यमुखी फूल सूर्यप्रति आकर्षित भएझैँ म पनि कवितासँग आकर्षित छु । फलामका कणहरु चुम्बकसँग तानिएझैँ म पनि कवितासँग तानिदो छु । नदीको लागि समथर भूमिझैँ मेरो लागि पनि कविता निरन्तर हिडाइरहने जीवनको गति भएको छ । यसर्थ भनेको हुँ कविताप्रति मेरो निकै मोह छ ।


 सिमरा ७ बारा हालः कुलेश्वर, काठमाडौँ
 roshan.reader@gmail.com

How to read Television? - Abhinaya Thapa


In future any readings over the modernity and on the culture of Kathmandu will be incomplete without the analysis of its inhabitant’s TV and cinematic experience. In fact it overwhelms our cultural activities due to this any future research has to surmount a huge obstacle, the idyllic nature in relationship with TV. Add to it the setting of a room because at present its where the most people watch movies and other TV programs. And try to think of all those Bollywood and Hollywood movies and programs from star networks and bevy of other satellite channels.
What goes between an individual and TV especially inside a room where one sits to watch programs that too of foreign countries? The individual and TV is rarely a subject in sociological and  media studies of Nepal and  due to the arrival of satellite channels in early 1990s the subject has suddenly moved beyond our grasp at least for the present . The influence of satellite channels programs on the people minds and daily behavior can now only observed or insinuated mainly through the changes in their attitudes and beliefs.
 In early 1990s American anthropologist Mark Liechty was endeavoring something similar and his findings suggest that the rise of western media and commodity culture in Kathmandu will be definitive in modernity of middle class in future. A lot has changed between then and now. After 1993 we have more than 100 satellite channels in our sky. Plus the internet is slowly coming within the grasp of the middle class. And the DVD films have changed drastically the way we used to watch, enjoy and interpret movies. Now the cinematic experience has to be understood mainly as a personal experience without others existence and behavior intervening during the process of communication. Previously even after the arrival of satellite channels the TV and cinematic experience was still a family thing. Due to this TV programs were constantly under the parental ratings and censorships. But after the arrival of DVDs individuals of new millennia  were able  to exercise more freedom not only in terms of  cinematic experience but thanks to piracy the whole Hollywood, Bollywood besides Korean cinema and European cinema became available in the streets of Kathmandu in between rupees 30 and 150. The outcome was communication with these international societies and their lives, cultures and stories.
So in order to understand at least the communicative behavior of youths of capital city the subjects like TV, DVDs and satellite channels had to be introduced. To gauge the role they played in developing conceptual tools and behavior patterns for the interaction between individuals and later with family and society at large the present circumstances will force any reader and researcher to delve into this TV and DVD cinematic experience and will force them to watch. In the process traditional concepts like individual and society or group communication will now have to be reevaluated and along with it our knowledge and concepts over groups and community has to rewritten and old ones can be abandoned.
So how to analyze TV experience and its relationship with satellite channels, movies and everything? Or should we have to study them separately and only after draw conclusions regarding their relationships? TV is new phenomena in context of Nepal only after 1990 it began to assume central place inside homes of middle class. But in the last ten years suddenly it has become ubiquitous in the urban sphere and due to the easy availability and cable companies low charge fee people from below the middle classes too have been able to access to satellite channels. Now it has beyond the middle class sphere and villages are coming into the fray. So how are we to read it as something of phenomena that happens inside a modern state as its modernizing policy or the effect of western cultural and technological power or  as a joint strategy between a modern state and capitalism and empires?
Any analysis and readings over TV  watching and DVD cinematic experience will draw attention to subjects like Bollywood and Hollywood and without developing  some kind of common rationale over them the TV studies of country our like ours will be quite hollow. The studies developing in the other parts of world can strike some common chords but one has ponder a lot before doing content analysis or explicating the TV sphere of our Nepal as an off shoot off public sphere. And it would be quite stupid to judge the contents and programs of satellite channels as bourgeois agenda or hegemonic acts.
I think time has come at last to watch more and more TV and films to develop new ways of cognition theories for analysis of contemporary society.  The effect of TV on the readings and interpretation of texts will be nice starting point.

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes