Village View

विभिन्न ठाउँ पुग्दा थरीथरीका दृश्यले मनै लोभ्याउँछन् । तर जतिसुकै सभ्यताको चुचुरोमा पुगे पनि प्रकृतिको काख ओछ्याएर बस्ने गाउँ-घरले जस्तो अरु कुनै पनि कुराले मोहनी लगाउँदैनन् । त्यसमा पनि आफ्नो गाउँको मोह नै अलग हुन्छ । गोरखा जिल्लाको मेरो गाउँ तान्द्राङमा खिचेका केही तस्वीरहरु त्यही गाउँले मोहनीको झल्को दिन यहाँ राख्‍न चाहेँ ।

















All Photos © Prabin Banjara 

विश्‍लेषणमा विशिष्‍ट शैली


।। जोतारे धाइबा ।।

कविता, गीत जस्ता लघु आयामका विधामा कलम चलाउने स्रष्टा गीता त्रिपाठीले पछिल्लो समयमा आफूलाई द्रष्टा परिवेशमा फैलाएकी छन् । समालोचनाको बृहत् आयाममा फैलिने क्रममा उनको दोस्रो समालोचना संग्रह कृति विश्लेषण : प्रायोगिक आयाम आएको छ । कृति तथा रचनालाई समग्रतामा सर्सर्ति केलाउने परम्परा विपरीत यस संग्रहका समालोचनामा छुट्टै शैली अपनाइएको छ । विधागत रूपमा एउटा निश्‍चित ढाँचाभित्र कृतिको चर्चा गर्ने परिपाटीसामु फरक-फरक कोणबाट कृतिलाई केलाउने समालोचकीय शैली नवीन लाग्छ, जुन यो कृतिको वैशिष्ट्य नै हो । आफू प्राध्यापन क्षेत्रमा रहे पनि त्रिपाठीले संग्रहमा प्राध्यापकीय समालोचनाको भद्दा छिटा पर्न दिएकी छैनन् । जडसूत्रवादी नभई अनुसन्धानमूलक र फरक कोणयुक्त दृष्टिबाट कृति हेरिएकोले तिनमा अलग सोचको द्वार खुलेको पाइन्छ ।

काव्य, कथा, निबन्ध, समालोचना र उपन्यास विधामा केन्द्रित १२ वटा समालोचना छन् संग्रहमा । कृति र विषयको चयन हेर्दा पनि समालोचकले नयाँ सोच प्रस्तुत गर्ने चुनौती आत्मसात् गरेको देखिन्छ । समालोचना आलेखमा पूर्वीय र पाश्चात्य दुवै समालोचना पद्धति अपनाइएको छ ।

आयामको हिसाबले संग्रहभित्रकै सबैभन्दा लामो समालोचना समकालीन नेपाली नारीकथामा वैचारिकता रहेको छ । समकालीन शब्दको परिभाषासहित वैचारिकताका अनेक हाँगाबारे चर्चा गरिएको आलेख निकै जानकारीमूलक छ । पारिजातलाई नेपाली नारीकथामा वैचारिकताको उठान गर्ने श्रेय दिइए पनि उनको कथाका सन्दर्भबारे भने आलेख मौन छ । समकालीन सन्दर्भको नारी कथाकारिताको बयानमै विस्तारित आलेखमा व्यक्ति, समाज, राष्ट्रिय राजनीति, परिवर्तन, सशस्त्र द्वन्द्वसँग जोडिएको चेतनादेखि नारी समलिंगीय चेतना सम्मको आधुनिक आयामको चर्चा छ । उत्तरआधुनिक चेतनाअन्तर्गत महानगरीय सभ्यता र रुग्ण मानवीय संवेदना र डायस्पोराको आकार लिँदो अन्तर्देशीय समाजको अस्तित्त्वलाई पनि मान्यता दिइएको छ । कथाहरूबारे उदाहरणसहितको विश्‍लेषणले आलेखलाई थप जीवन्त र प्रभावकारी बनाएको छ । सारमा वैचारिकताको परिभाषा राजनीतिक चेतना मात्रै नभई जीवन-जगत्‌बारेको चिन्तनका तहमा अन्तर्वस्तु बनेर विचार रहने भनेर समग्र विचारपुञ्जलाई बुझाइनु पनि चित्तबुझ्दो लाग्छ । कथा चर्चामा पनि त्यही अन्तर्वस्तुलाई नै मियो बनाइएको छ । यसबाट जतिसुकै शीर्षक-उपशीर्षकमा नेपाली नारीकथाको वैचारिक पाटोलाई केलाइए पनि तिनमा परम्परागत ढाँचाअनुसारकै नारी-पुरुष सम्बन्ध, पारिवारिक-सामाजिक टकराव र लैंगिक समस्याको वृत्तदेखि बाहिरको बहुआयामिक पक्ष आउन सकेका छैनन् भन्नेमा समालोचकको समेत स्वीकारोक्ति देखिन्छ ।

निबन्धकार शंकर लामिछानेका निबन्ध रचनाबारे दुई थान समालोचना छन् । सूत्रात्मक लेखन, चेतनप्रवाह पद्धति अपनाउने लामिछानेको निबन्धसंग्रह एब्सट्र्याक्ट चिन्तन प्याजबारे समालोचक त्रिपाठीको विश्लेषण सार्थक छ । एकथरी पाठकको लागि 'खै, बुझिँदैन' को लेवलमा अलग्गै बसेका लामिछानेको मदन पुरस्कार विजेता कृतिभित्रका निबन्धहरूबारे एक-एक गरेर संक्षिप्त वर्णन गरिएको छ । त्यति आंशिक चर्चाले पनि त्यस्ता पाठकको लागि दुरुहताको ग्यास च्याम्बरभित्र आँखीझ्यालको काम गर्न सक्छ । लामिछानेकै अर्को निबन्धकृति गोधूलि संसारको निबन्ध जीवनः एक प्राध्यापकमा ध्वनिविधानको पाटो पनि समेटिएको छ संग्रहमा । त्यसमा ध्वनि सिद्धान्तको सरल परिचयका साथै शब्द, वाक्यांश र वाक्यको वाच्यार्थ र व्यङ्यार्थबीचको भेदको चर्चा जानकारीमूलक रहेको छ ।

इन्द्रबहादुर राईको समालोचना र कथाको फरक-फरक समालोचनामा त्रिपाठीले मिहिनेत गरेकी छन् । गहन अध्ययनविना यति गहिराइको हेराइ सम्भव हुन्न पनि । विजय मल्लको उपन्यास अनुराधाबारे राईको समालोचनाबारे त्रिपाठीको आकलन र चित्रण कता-कता सर्सति मात्र बन्न पुगेको भने देखिन्छ । धारिलो विश्‍लेषणबाट नयाँ कोण दिनुपर्नेमा सम्बन्धित रचना तथा पाठको कथानककै सिलसिला र अवस्था झल्काउनमा उनी अल्झिएकी पनि छन् । यसैगरी केही समालोचना आलेखमा उनले शास्त्रीय समालोचनाको रेखी कोर्ने बानी छुटाउन सकेकी छैनन् । तिनमा जीवनीपरक समालोचनाको छाया देखिन्छ । राजेन्द्र भण्डारी, मनु मञ्जिल, सुधा त्रिपाठी, पद्मावती सिंहका सिर्जना-कृतिको समालोचनामा पस्ने क्रममा पाठकलाई झर्को लाग्न सक्छ । नसमेट्दा तथा जोड नदिंदा पनि हुने कुरालाई प्राथमिकता दिँदा समालोचनाको सुरुवाती हरफ जानकारीका स्रोत होइनन्, अल्झाउने छेस्काछेस्की बन्ने खतरा देखिन्छ । सुधा त्रिपाठीको निबन्धको संरचनागत स्वरूप केलाउँदा सुधाको न्वारानको नामदेखि लेखनारम्भ, पहिलो प्रकाशित रचना, पारिवारिक जरासम्मका जोखाना हेर्नुको महत्ता के रहन्छ ?

समग्रमा, समालोचनामा अलग रूपमा निश्चित एउटा कोण खिचेर कृतिलाई हेर्ने र पाठकले पनि विशिष्टीकृत ढाँचाबाट कृति बुझ्ने हिसाबमा गीताको यो पुस्तक उपयोगी छ । शास्त्रीय तथा प्राध्यापकीय समालोचना निरुत्साहित गर्न प्राध्यापन पेशामै रहेर पनि नयाँ गोरेटो विकास गरिरहेका गीताहरूको प्रयास स्वागतयोग्य छ ।

------------------------------------------
कृति  कृति विश्‍लेषणमा प्रायोगिक आयाम
कृतिकार : गीता त्रिपाठी
संस्करण : पहिलो, २०६७
प्रकाशक : रत्‍न पुस्तक भण्डार
पृष्ठ : १६७
मूल्य : १५०

समय र नीलो प्रेम



।। शिव ज्ञवाली ।।

भर्खरै फेसबुकको स्टाटसमा एउटा म्यासेज अपलोड गरेँ ।

मुड त्यति फ्रेस छैन । गर्मीले शरीर लस्त छ । झ्यालबाट सुटुक्क छिरेको चिसो हावाको स्पर्शले ओइलाएको जाँगर फक्रिन्छ । यो समय म प्रायः च्याटिङ र फेसबुकमा बिताउँछु ।

एउटा मासिक पत्रिकको कनीकुथी सम्पादक । पलङमुनि गोल्डस्टारका तीन जोर नयाँ, पुराना जुत्ता । गाउँबाट आमाले पठाइदिएको गुन्द्रक र मस्यौराका पोकाहरू । टेवलमा ल्यापटप छ, विदेशी मित्रले उपहार दिएको । सडकमा कुकुरहरूलाई कार्तिक लाएको छ । पर....मोटरको आवाज केही मन्द हुँदै जाँदैछ ।

रातको साढे एघार बजिसकेको छ । सिरानीमा मोबाइल लडिरहेछ । म यो कोठामा विगतका केही वर्ष अघिदेखि एक्लै छु । कहिलेकाँही पाहुना पनि थपिन्छन् । यो समयसँग मेरा धेरै सुरुवातहरू जोडिएका छन् । सायद मैले पहिलो पटक एक पफ गाँजा तानेको समय, यस्तै लेख्नै नपर्ने अरू पनि । केही अनौठो, केही नयाँपन र गर्वको अनुभूति संगालेको त्यो क्षण । केही घुर्मैलो सम्झनामा आइरहन्छ ।

ààà

बाहुन गाउँमा रातिको राम हेर्न जानलाई अनुमति थिएन । त्यो रात मगर गाउँको साँल्दाइको कड्कुरोमा बितेको थियो । उद्देश्य गाउनुभन्दा बढी तरुनी जिस्काउनुमा थियो । तरुनीहरूको भीडमा पछ्यौरा ओढेर बसिदिन्थे । उमेरले भर्खर सोह्र काट्दै गर्दाको रुमानी मौसम । बतासले पात हल्लाउँदा पनि त हाँसो उठ्छ ?
ओए बाउन ! टिमी आम्छौ ?’

स्कुलबाट फर्कदैं गर्दा बाटोमा झुपीले सोधी ।

रातामाटे माल्दाइकी छोरी, उमेरले दमाली नै हो । बाटोमै घर छ । ऊ स्कुल जान्थिन । उचाइ पनि लगभग मेरो चिउँडोसम्म आउँथी । राताराता गाला र पोटिलो शरीर । नेप्टो नाक, वक्षस्थलले चुन्नी अलिक माथि उठ्न थालेको, वसन्तको पहाड जस्तै । म सम्झिन्छु उसलाई । हिजोजस्तै लाग्छ तर पाँच दशक नाघिसकेछ ।

कहाँ आउने भनेको ?’

साँल्दाइकोमा झाम्रे छ, ठापा छैनौ ?’

के खान हो भन्चु ?’

एक थोक देम्ला नि !

पक्कै दिन्छेउ ?’

सुपाले टाँस्नी नदेत । उसले चुनौती दिँदै भनी, ‘देन सक्ने कि खान सक्ने ?’

अहिले नै देउ नत ।मैले पनि निर्धक्कसँग मागें किनकि घरमा ऊ एक्लै थिई ।

अहिले जो खरोभभा बेनको जाँड घलामेर खाउ केरे ।उसले मैले सोचेभन्दा फरक प्रस्ताव गरी । उसको नजिकै गएर हात समाएँ ।

म त आउँदिन ।मैले भाउ खोजें ।

केलाई नआम्न परो ? साँझ देम्ला के एक थोक ।उसले लुकाएर राखेको एक थोक साँझदिने बाचा गरी ।
सुटुक्क घरभित्र छिरेर एक मग सुइक्याएँ । कसैले थाहा पाउँदैनन् भन्ने पक्का थियो । उसले पनि अलिकति खाई, मलाई पनि खुवाइदिई । निकै राम्री थि मोरी । हाँस्दा गालामा डिम्पल स्पस्ट देखिन्थ्यो ।
म जान्छु अबमैले भने ।

साँझ आउहै बाउन’, उसले भनी । हिड्ने बेला गम्लङ्ग अङगालोमा बेरेर चुप्प म्वाइ खान पनि भ्याई । म पनि के कम उसलाई साथ दिएँ । र, झाम्रेको प्रस्ताब स्वीकारी दिएँ । बाटोमा राम्रोसित जाउहै, फेरि मन्टेउला, ‘केही तल पुग्दासम्म उसले सम्झाउँदै थिई । यता मलाई भने घरबाट कसरी निस्कने भन्ने समस्या थियोे । थाहा पाए फलानो फलानिसित सल्किएछ । पँधेरालाई मसला हुने ।

घरका सबै सुतिसकें । बार्दलीबाट मलखातोमा फालहालेर पुगें झाम्रेमा । साँल्दाइको आँगनमा झाम्रे, दोहोरी र चुड्काको मारामार थियो । दोहोरीमा युवायुवतीहरू छेंड हान्दै थिए । पर सुन्तलाको रुखको छाँयामा म र उजेली र झुपी थियौं । छि काठाको नाख कत्रो वाई ।मेरो नाकलाई लक्षित गर्दै झुपीले भनी । तर, परिवेश नाकसँग मिल्ने थिएन । गाउँमा छँदा यस्ता झाम्रेहरू धेरै बिते गाउनुभन्दा अरूमा नै ।

चिसोले निकै हान्न थालेपछि गाँजाले सालको सुल्फामा बेरिएर हामीलाई तताएको थियो । उजेली पनि सँगै थिई, फर्कायौं । स्वस्थानीमा महादेव र पार्वती झैं झुपीको पोल्टामा त्यो रात कटाइदिएँ । त्यो साढे एघार ........हातको चिमचिमे घडिमा बजिरहेको थियो । दिनभरिको मेलापातले थकित उसको शरीर, काखीबाट पसिनाको अमिलो गन्घ । मिड्डीको फेरमा म निदाएँ । अलिकति रिसाएकी थिई अर्कोदिन । दुःखको कुरा त्यो दिनदेखि आजसम्म भेट भएको छैन उनीहरूसँग ।

त्यसो त प्रेम गर्ने चलन गाउँमा परिवर्तन आएको छ । हामी वन पाखामा, रोपाइँ र पानी पँधेरोमा प्रेम साट्थ्यौं । तर मोटर र मोवाइलले धेरैको सम्बन्ध जुराइदिएको छ । एउटा जोक्स सम्झिन्छु, ‘सुहागरातको । गाउँमै बाख्रा चराउँदा गरेका कामहरू ।

ààà
पाँच दशक पछिको भिन्नताले तिरमिराउँछन् आँखा । जीवनशैलीमा परिवर्तन आएको छ । प्रविधिको प्रयोगले यान्त्रिक बन्दैछ मानिस । म सम्झिर्दै छु आफ्नै परिवर्तित परिवेश । एस.एल.सी पछिको मेरो सहर बसाइँ । त्यसो त एक दशक विदेशमा विताइएछ । र, कम्प्यूटर इन्जिनियरको मेरो पेसा आफै पनि यन्त्रिक भइसकेको अनुभव गर्छु ।

धेरै समयपछि फेसबुकमा झुपीको सम्झनामा केही शब्द चढाएँ झुपि र झाम्रे। ऊ हेर्छे हेर्दिन थाहा छैन । सायद सुदूर गाउँमा त्यो पहुँच छैन । हेर्न पाएको भए साढे एघार.....ऊ फेरी सम्झिन्थी होली, मैलेजस्तै घरीघरी । एउटा मीठो पहिलो अनुभव बिर्सिन चाहेर पनि त कोही सक्दैन ।

केही झकाएका छन् आँखाहरू । पानीको सटेज छ कोक पिइदिन्छु । यो सहरिया जीवनको बाध्यता । मोबाइल बज्छ । समय बिताउने अजीव साधन, बोर लायो कि थिचिदियो । ठिटीहरूको प¥यो भने घण्टौं गफिन्छ ।
शलिनामेरी पार्टटाइम गर्ल फ्रेण्ड, यसरी नै भेटेको थिएँ । उनीसँगका क्षणहरू सम्झिन चाहन्न किनकि हामी एक महिनामा नै डिभोर्स गरिदियौं । बालै भएन ! आउने जाने त क्रम चलिरहन्छ । उनीबाट जन्मेको छोरा अहिले दोस्रो बाउसँग रम्दै छ । हप्ताअघि पार्टीमा भेट भएको । बियरको चुस्कीसँगै पूर्व छोरासँग निकै रमाइलो भएथ्यो । म यी सब बिर्सन चाहन्छु ।

तपाइँ को बोल्नु भो’, मेरो प्रश्न खस्न नपाउँदै उल्टै म त्यो नारी स्वरको जवाफ दिनु पर्ने फसादमा परें । म अलमलिएँ । अलमलिनु भो हैन ?’ नारी स्वरले सोध्यो । म केही बोल्न सकिन । रातिराति केटीहरूलाई फोन गर्न लाज लाग्दैन ?’ मलाई भाउन्ना छुट्यो । उनको अन्तिम प्रहार, ‘तपाइँलाई रातिमा यसरी केटीहरूसँग फोन गर्न मजा आउँछ होइन ?’ म नाजवाफ भएँ । हातबाट मोबाइल सेट खस्ला जस्तो भयो र शरीरमा चिटचिट पसिना आयो ।

करिब पन्ध्र मिनेटपछि त्यहीँ नम्बरबाट म्यासेज आयो तपाइँलाई गुड नाइट नभनी म कसरी सुत्न सक्छु र ?’ मैले तत्कालै डायल गरें । उनी प्रमिला थिइन् । प्रमोदकी पे्रमिका । मेरो कलेजकी छात्रा । भर्खर लेभल सकेर आएकी थिई ।

प्रमोद मेरो कलेजको धुरन्धर पढन्दास । उमेरले मभन्दा निकै कान्छो थियो । मध्यपश्चिमको होनाहार ठिटो, बाकपटुक । ठिटीहरू लठ्ठै हुन्थे उसको बोलिमा । यो जोडीसँग कहिले रङ्गमञ्च त कहिले रङ्गशालामा भेट हुन्थ्यो । कुराकानीकै शिलशिलामा भेटको प्रस्ताव त उनैले राखिन् । मलाई केही सहज भयो । म उनलाई मन पराउँथे । रत्नपार्क छेउको चिया पसलमा एक दिन उनलाई भेटें । त्यो दिन उनीसँग वन साइडेड लवको बारेमा कुरा गरें । उसले पूरै इन्कारेकी थिई ।
आज रातको फोनले मलाई तनाब दियो । बिगत दुई वर्षदेखि ऊ कसैलाई पे्रम गर्छे । घोरिएर सोँचें । उसका पनि त रहर र इच्छाहरू पानीका फोका झैं उठ्दै र फुट्दै गर्छन् होला । सायद ऊ प्रमोदसँग सन्तुष्ट छैन, एउटा जवान केटी । प्रमोद भद्रमान्छे हो । उसको एउटै कमजोरी छ । कसैसँग जीवनसाथीको रूपमा प्रेम गर्छ भने बिहे अगाडि उसलाई पुजिरहन्छ । वास्तवमै आदर्श प्रेमी । पहिलो दिन फोनमै एउटा टुटेफुटे कविता सुनाइदिएँ । त्यसपछिका दिनहरू फोनमै घण्टौं बितिदिन्थे । रातका फोनका बातले मेरो एक्लोपन केही सुन्दर बनाइदिन्थ्यो । खुलेर यौनका कुरा हुन्थे । म तपाइँलाई सोधुँ ? तपाइँ खुलेर नेपालीमा आफ्ना अङ्गका नाम भन्न सक्नुहुन्छ ? फोनले यसलाई सहज बनाइदियो म सोधिदिन्थे ।
तिमीले कहिल्यै अनुभव गरेकी छौं ?’

छि ! कस्तो लाज नभाको ।

मन लाग्दैन ?’

लागेर के गर्नु ....केटाहरूलाईजस्तो सजिलो छर ?’

तिमी कसैलाई प्रेम गर्छेउ ?’

तपाइँ नै मेरो पहिलो र अन्तिम प्रेमी ।

उसको स्वरमा कताकता आँसु भिजेको पाउँछु । विगतका केही घटनाले ऊ प्रमोदसँग प्रेम गर्थीर्, मेरो विश्वास दरियो । उनीहरू सँगै रात बिताउँथे । मेरीस्टोप सेन्टरमा उनीहरूले एवर्सन गरेका थिए, मेरै साथीको क्लिनिकमा । म केही सोच्न सक्दिन । प्रमोद आखिर त्यस्तो थिएन  । उसले प्रमिलालाई प्रेम गथ्र्यो त्यसैले सहयोग मात्र गरेको हुनसक्छ । तपाइँ नै मेरो पहिलो र अन्तिम प्रेमी ।प्रमिलाको अन्तिम वाक्यले रत्नपार्कमा रातको समयमा भेटीएकी एक ठिटीले भनेको आई.एम भर्जिन ब्रो सम्झाइदिन्छ ।

ààà

समय बितेको पनि पत्तै नहुने । आज म र प्रमिलासँगै बस्न थालेको एक दशक पुगिसकेछ । यो समयमा हामीबाट एउटी छोरी जन्मिएकी छ । छोरी आजभोलि होस्टेलमै छे । उसको उच्च शिक्षासम्मको डोनेसन भरिसकेका छौं । सायदै अब ऊ फर्किन्छ । आजको रात म धेरै व्यस्त छु । कारण भोलि नै प्रमिला र मेरो डिभोर्स पार्टी छ । उनी भोलि नै अर्कैसँग विवाह बन्धनमा बाँधिदै छिन् । मैले पनि वृद्धा आश्रमको लागि अग्रीम बुकिङ फर्म बुझाउँदै छु । बाँकी जीवन अबको केही दशक म रोबोर्टमेरी नयाँ यान्त्रिक जीवन सङ्गिनीसँग बिताउँदै छु । भोलि नै हाम्रो इन्गेजमेन्ट हुँदैछ । रातको ठीक साढे एघार बजे ।

 gyawali.shi@gmail.com

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes