Where do you exist inside a newspaper ?

-- Abhinaya Thapa -- 
Do you search about yourself in the daily newspapers among its headlines, columns and even in sports and celebrities chit chat? Do you think about your existence inside its pages? Could it happen or should it be there something about you in different forms and shades in the reportage of the newspapers. What about your desires and wishes and your convictions and did you ever tried to read it in the words of others inside a newspaper? Have you ever read about yourself inside a newspaper?

All this may sound like Christmas wistfulness but as readers for whom do you read. It couldn’t be for reporters and I cannot presume that we read for the publication house. And I haven’t seen people reading for the world. Even for the reading sake we read for ourselves thus something of ourselves must be there. Of me and you and inside the ‘we’ there always remains the differences so I cannot claim on ‘us’ here. Indeed the paper which can incorporate even a little of that ‘us’ turns itself into the good one.

May be I’m wishing a ‘Good one’ for the Christmas gift. But all I need in a newspaper is the queries and queries from readers not the salvation and emancipation. Can I question a newspaper regarding the freedom of expression to express in it? Can we ask or demand the editors through our letters, reactions and request that such and such issue should or could be raised? I’m not implying any mass protest or even a petition but will our requests, reactions and views would be printed at all. I mean within your freedom of expression can you include ours too.

And one can wonder why all this blah, blah regarding freedom of expression and reader’s existentialism only towards Newspaper. What in the case of media forms like TV channels and Radios and indeed I could extend it beyond media and include in it whole curriculum of educational system. It’s in the school and through text books we learn about something and our own. Here the parents should demand analyze and check the school learning process: whether it holds anything about and for their children.

You could hold any institution within the state as responsible to cater your constitutional needs. You could ask radios for certain programs and even music of your taste and surely could ask the police to protect us. And I ‘m writing to newspaper because I have the same right to respond granted through our Interim constitution as every newspapers use it to report on us. Lastly I’m only I’m searching the way we are being expressed in the name of freedom of expression.

I do have a lot grievances but nothing against freedom of expression of any newspapers. Indeed hope and pinning on it I’m writing and wish others will start writing too. After 1990 movement newspapers became one the biggest space for Nepali citizens to comment and express on almost everything. After 2006 April movement there is hardly any sacred or scary things and untouchable subjects upon which one cannot comment or express their views. But are we expressing or writing and creating our own stories and views?

Just look at the entertainment quarters of any newspapers and its reports. Almost all news scooped from international news agencies and hardly any of own artists and programs features on it. Fine, one can be consumer of any products in this globalized world. But what about your views and issues regarding Bollywood, Hollywood and whatever from Europe to China whether it’s politics, revolution or suppression or any books, arts and artifacts. Should we just act like a passive consumer or inane reader? Like every consumers of the world we have our own taste, desires and aspirations. It’s time to explore it and put in on use to judge almost everything.

काँडामा फुलेको फूल : झमक

।। प्रभाकर गौतम ।।
एक दशकभन्दा लामो समयदेखि नेपाली साहित्य क्षेत्रमा कलम चलाइरहेकी झमकका सृजना तथा लेख रचनाहरु पढेका धेरैमा पक्कै पनि उनकै जीवनको बारेमा जान्ने रहर थियो । हिँडडुल गर्न नसक्ने बोल्न नसक्ने आँखा पनि धमिलो देख्ने केवल सुन्न मात्र सक्ने झमकको जीवन र दुर्लभ प्रतिभाका बारेमा जान्ने सम्भवतः मजस्ता धेरैमा उत्सुकता थियो । 'जीवन काँडा कि फूल’ कृतिले त्यो पूरा गरिदिएको छ । प्रकाशक 'अनलाइन साहित्य मञ्च' र 'झमक घिमिरे साहित्यकला प्रतिष्ठान' लॆ यो अवसर जुराइ दिएको हो । यो संग्रहमा सङ्गृहित विभिन्न ४७ शीर्षकमा समेटिएका आत्मपरक निबन्धहरुले झमकको जीवनका आन्तरिक र बाह्य पक्ष उजागर गरेका छन् । यो कृति उनको असामान्य जीवनयात्राको कथा हो । जहाँ खुसीभन्दा आँशु बढी छ तर पनि यो निराशाको हैन आशा र संघर्षको कथा हो । 

'खुट्टाले लेख्ने लेखक' का रुपमा झमकलाई चिन्ने सबैमा एउटा स्वाभाविक जिज्ञासा जन्मिन्छ उनले पढ्न-लेख्न कसरी सिकिन् र उनलाई साहित्य पढ्न केले प्रेरित गर्यो ? 'आशाको त्यो त्यान्द्रोसम्म', 'आशाका किरणहरु 'अक्षरसँग पलाएको हर्ष', 'शब्दको उत्सव' पुस्तक संसारमा प्रवेश' आदि शीर्षकहरुमा यस्ता जिज्ञासाको उत्तर समेटिएको छ । झमकको बालापनका थुप्रै मार्मिक र रोचक कुराहरु पनि यी लेखहरुमा पाइन्छ । आफ्नी बहिनी स्कूल गएको र बाबाले उनलाई घरमै पढाएको देख्दा उनमा पनि पढ्ने रहर पलाएको हो । तर उनले आफ्नो रहर पूरा गर्न निकै सकस बेहोर्नु पर् यो । उनको रुचि र बालमनोविज्ञानको बेवास्ता नगरी उनका बाबाले बरु उल्टै हप्काए 'तैले जानेर के गर्नु ?" ( पृ. ४२) । तर उनले बहिनी पढ्ने ठाउँभन्दा टाढै बसेर बाबाले थाहै नपाउने गरी पढ्ने अभ्यास गरिन । उनी लेख्छिन् 'मेरा लागि खुल्ला धरती अभ्यास-पुस्तिका बन्यो । यहाँका ढुङ्गा माटा अनि खुट्टाका मसिना आंैलाहरु पेिन्सल र इरेजरहरु बने ।' भौतिक रुपमा मुखबाट शब्द उच्चारण गर्नबाट वञ्चित झमकमसँग भोक थियो तर भोक लाग्यो भन्ने आवाज थिएन प्यास थियो त्यसको अनुभूति पनि थियो तर त्यसलाई व्यक्त गर्ने कुनै माध्यम थिएन । यसरी माध्यम खोज्ने क्रममा उनी अक्षरहरुको संसारमा पुगिन् । यद्यपि अरुलाई जस्तो उनका लागि यो यात्रा सहज थिएन । प्रस्तुत पुस्तकले झमकका तिनै असहज यात्राहरुको कथा बोलेको छ ।

पुस्तकको पहिलो खण्ड अत्यन्तै मार्मिक र हृदयस्पर्शी छ । आफ्नै दृढ इच्छाशक्तिका भरमा अक्षर सिकेकी तिनै केटीले स्वाध्यायनका भरमा लेखेको पुस्तक पढ्दै छु भनेर सोच्दा अपत्यारिलो लाग्छ । झमकको जीवन आफैमा एउटा कथा (व्यथा) हो । शारीरिक रुपमा अशक्त भएकैले उनले प्रशस्त मानसिक समस्या पनि भोग्नुपर् यो । लेखकका रुपमा आफ्नो चिनारी बनाउन सफल हुनुपूर्व उनको परिवार र आफन्तजनबाट पनि उनले उपेक्षा मात्र पाइन् । उनले विभिन्न सन्दर्भमा अभिभावकबाट धेरै चुटाइ खाएको उल्लेख गरेकी छन् । जुन निकै दुःखद् पक्ष हो । बहिनीको माया पाएकोमा झमक उनीप्रति कृतज्ञ छिन् । त्यसैले पुस्तकमा परिवारका सदस्यहरुको व्यवहारप्रति उनले तीव्र असन्तोष प्रकट गरेकी छन् । तथापि आमा र बाबाको तिरस्कारलाई उनले व्यक्तिगत तहमा भन्दा सामाजिक मूल्य-मान्यतासँग जोडेरी हेरेकी छन् । 'समाजको दृष्टिमा अपाङ्गता' शीर्षकअन्तर्गत शारीरिक रुपमा अपाङ्ग भएकाहरुप्रति मानिसहरुको नकारात्मक दृष्टिकोण र व्यवहारको चर्चा गर्दै आफूले त्यस्तो दृष्टिकोण चिर्न गरेको संघर्षबारे उल्लेख गरेकी छन् । आफ्नै दृढ अठोटको जगमा स्वाध्ययन गरेकी झमकले साहित्यिक सांस्कृतिक राजनीतिक लैङ्गिक आदि थुप्रै विषयमा कलम चलाएकी छन् । लैङ्गिक विभेद धार्मिक-सांस्कृतिक रुढिवाद निरंकुशता युद्ध िहंसा आदिको उनी प्रखर विरोधी हुन् । महिला उत्पीडनका पछाडि उनी धर्म अन्धविश्वास र परम्परागत मान्यतालाई कारक मान्छिन् । पितृसत्तात्मक संरचना बदल्नुपर्ने मत राख्छिन् । यस मानेमा उनी प्रगतिशील विचार राख्छिन् । नेपालको सांस्कृतिक पछौटेपनाप्रति पनि उनको गहिरो चिन्ता छ । माक्स्रवादी दर्शनप्रति झुकाव भएकी झमकका लेखहरुमा नेपाली समाजको रुढिवादी संस्कार र धार्मिक अन्धविश्वास चिर्नमा लेखकका रुपमा आफ्नो पनि अहम् भूमिका हुनुपर्ने दायित्वबोध र आग्रह झल्किन्छ । पारिजातका लेखनबाट विशेष प्रभावित झमक मृत्युपछिको संस्कारजन्य कर्मकाण्डीय कुराहरुमा विश्वास गर्दिनन् । "मृत्युले लगेपछि पनि लासलाई कुनै धर्मको कात्रो नओढाइयोस् कि्रयापुत्री पनि नबसाइयोस् लासमाथि दागबत्ती नदिइयोस् (पृ. २४९)" उनको आग्रह छ । 

झमक समाज रुपान्तरणमा लेखकको विशेष भूमिका हुने मत राख्छिन् । र यही मान्यताका कारण द्वन्द्वका बेलामा आफूले स्वतन्त्र विचार राख्ने जमर्को गरेको विश्वास छ । तर त्यो बेला सरकारी र विद्रोही दुवै पक्षबाट भएका हत्या-िहंसाका घटनाको निन्दा गर्ने काम चुनौतीपूर्ण भएकोले आफूले पनि विभिन्न धाकधम्कीको सामना गरेको उनको अनुभव छ । स्वतन्त्र लेखकका रुपमा कलम चलाउन संकटकालका समयमा राज्यपक्ष र विद्रोही पक्ष दुवैको मारमा आफू पनि परेको तिक्त अनुभव छ । 'कान्तिपुर' दैनिकमा स्तम्भकारसमेत रहेकी झमकले 'कलम र मृत्युको सन्त्रास', 'बन्दुकसँग शब्दको परेड' आदि निबन्धहरुमा उक्त अनुभूतिहरु पोखेकी छन् । यसबाहेक 'संकटकाल र सन्त्रस्त समय' 'धनकुटा जल्यो' 'रगताम्य समयसँग स्तब्ध मन' लगायतका शीर्षकअन्तर्गत द्वन्द्वकालीन नेपाली समाजको त्रासदीको वर्णन समेटिएको छ । 

पुस्तकमा स्वाभाविक रुपमा खड्किने पक्षहरु पनि छन् । उनको कथा तिथि मितिका आधारमा सिलसिलाबद्ध छैन । भाषा सरल छ तर पूर्णविराम र अल्पविरामहरुको यथोचित प्रयोग हुन सकेको छैन । एउटै शीर्षकअन्तर्गत राख्न सकिने कुराहरुलाई बेग्लाबेग्लै शीर्षकमा निबन्धात्मक शैलीमा लेखिएकाले थुपै्र कुरा दोहोरिएका पनि छन् । त्यसैले पुस्तकको पछिल्लो खण्ड केही पट्यारलाग्दो बनेको छ । धेरै ठाउँमा लेखकभित्रको 'म' भाव हाबी भएको भान हुन्छ । यसलाई सम्पादनको कमजोरी पनि मान्न सकिएला । सबैभन्दा अन्योल चाहिँ झमकले आफ्ना आमाबाबुप्रति राख्ने दृष्टिकोण नै प्रस्ट हुँदैन । एकातिर उनीहरुको व्यवहारप्रतिको उनमा तीव्र असन्तुष्टि छ रोष छ र अर्कोतर्फ उनी आफ्ना अभिभावकप्रति कृतज्ञ पनि छिन् । 
पुस्तकमा झमकका बारेमा धेरै अन्तरङ्ग प्रसङ्गहरु पनि छन् । 'टालेका पाइजामा र लाज' र 'ऋतुधर्म र बैँस' मा मुख्यतः उनको किशोरावस्थाको यौन मनोविज्ञानको उद्घाटन भएको छ । शारीरिक जटिलताका कारण किशोरावस्थाको उनको मनोदशा पृथक छ । उनमा पनि बैँस आएको थियो तर फरक हिसाबले । "मलाई दश÷एघार वर्षको उमेर हुँदासम्म लाज सरम के हो थाहै थिएन …। यो कारणले पनि मेरा सम्पूर्ण लुगा कपडाहरु अरुले नै लाइदिनु फुकालिदिनुपर्ने र नुहाइदिनुपर्ने भएको हुनाले लाज सरम मानेर साध्य पनि छैन ।" उनी विद्रोही स्वाभावकी भएकाले ऋतुधर्मको अवधिमा दाजुभाइको मुख हेर्नु हुँदैन नत्र अशुभ हुन्छ भन्ने आमाको आदेशको यसरी अवज्ञा गरिन् "आज मैले तिम्रो छोरालाई छोएर हेरेर उसको आयु स्वात्तै कसरी घट्दो रहेछ ? ऊ कसरी मर्दोरहेछ ?" उनको यो प्रश्न आमालाई मात्र हैन हाम्रो परम्परागत रुढिवादी समाजलाई हो । 'रङ्ग कुची र क्यानभास' ले कविता निबन्ध कथा आदि लेख्ने झमकको अर्को व्यक्तित्व पनि बाहिर ल्याएको छ । आफ्नै निबन्ध सङ्ग्रह 'बेमौसमका आस्थाहरु' मा उनले आफ्नो आवरण चित्र कोरेकी छन् ।

अहिले साहित्यकार र समीक्षकहरुमा झमकको तारिफ गर्ने र उनलाई पुरस्कृत गर्ने होडबाजी चलेको देखिन्छ । निःसन्देह झमकको उचित मूल्याङ्कन हुनु राम्रो हो । तर हाम्रो समाजमा एक हैन हजारौँ झमकहरु छन् जसलाई हाम्रो समाजले अझै तिरस्कार गरिरहेको छ । प्रोत्साहित गर्नुको साटो उपेक्षा गरिरहेको छ । एक जना झमकप्रति सबैको ध्यान हुनु तर अन्य हजारौँ झमकहरुलाई बेवास्ता गरुन्जेल झमकको पनि सम्मान नभएको ठहर्छ । तसर्थ झमकको कृति हाम्रो समाजको संकुचित दृष्टिकोणलाई फराकिलो बनाउने एउटा माध्यम बन्न सकोस् ।

"मैले हात चलाउन खोजेँ सकिनँ । हातका औँलाहरुसँग चल्न सक्ने शक्ति अलिकति पनि बाँकी रहेनछ । ओठहरु जमजमाए तर कुनै शब्द वा वाक्य निस्केन । खुट्टामा पनि शरीर बोकेर हिँडाउन सक्ने शक्ति थिएन…।" यसरी प्राकृतिक रुपमा आफूलाई ठगिएको पाएकी झमकले जीवनमा नपाएका अवसरहरुको स्वयंले सिर्जना गरेकी छन् । काँडाभन्दा फूलको आयु छोटो हुने भए पनि फूल सुन्दर हुन्छ । त्यसैले उनले काँडारुपी जीवनलाई फूल बनाएकी छन् । मदन पुरस्कार उत्तम शान्ति पुरस्कार पद्मश्री पुरस्कार शंकर लामिछाने निबन्ध पुरस्कार गुाजन पुरस्कारजस्ता धेरै पुरस्कारबाट सम्मानित भइसकेको यो कृति अङ्ग्रेजीमा अनुवाद भएमा अझ लोकपि्रय हुने निश्चित छ ।
पुस्तक : जीवन काँडा कि फूल
लेखक : झमक घिमिरे 
विधा : आत्मजीवनीपरक निबन्ध 
प्रकाशक : अनलाइन नेपाली साहित्य मञ्च / झमक घिमिरे साहित्यकला प्रतिष्ठान 
पृष्ठ : २९ + २५० 
मूल्य : २५० 

प्रश्‍न

॥ अनिल पौडेल ॥
किन माटोमा
विष रोपिरहेछन् खेतालाहरू !

पहिले पहिले यही माटोमा
सिर्जनाको व्याड राख्थे अग्रजहरू
फुच्चे अरनिको
माटोमा उम्रिए र तिब्बत पुगे
सिद्धार्थ गौतम
माटोमा उम्रिए र बुद्ध भए
निरन्तर लाभा भएर
जन्मिरहे देवकोटाहरू
हामीले पारिजातलाई
माटैमाथि मगमगाएको देख्यौं
तिलौराकोटमा उर्वर कोख लिएर
फेरि किन डुल्दैनन् मायादेवीहरू ?
जताततै
गुराँसका चिउला पाउलिरहेको बेला
किन मरूभूमिका कुरा गर्छन् मान्छेहरू ?

 यो वर्ष
हामीले बालुवा रोपेर
के अर्को वर्ष ढुङ्गा भित्र्याउने ?

रगतको रङ


॥ केशवराज सिलवाल ॥

कसले भन्छ 
एउटै हुन्छ रगतको रङ ?
एउटै हुँदैन 
फरक-फरक हुन्छ रगतको रङ 

मानिसअनुसार लाग्छ फरक-फरक घाम
फरक-फरक हुन्छ आकाशको रङ
फरक हुन्छ हावाको सिरेटो
त्यसरी नै 
फरक-फरक हुन्छ रगतको रङ 

देख्‍नलाई एउटै देखिए पनि 
फरक हुन्छ
प्रसव पीडामा बगेको कुनै आलो सुत्केरीको रगतको रङ
र उकालो चढ्दा  लडेपछि बगेको रगतको रङ 
फरक हुन्छ
जहाँतहीँ मुख बाएर बसेका जुकाले टोकेपछि बगेको रगतको रङ

फरक हुन्छ
शान्तिपूर्ण आन्दोलनमा बगेको रगतको रङ
फरक हुन्छ निर्दोषको घाँटी रेटिएपछि 
सिर्का हानेको रगतको रङ
फरक-फरक हुन्छ
न्यायप्रेमी र अन्यायीको रगतको रङ 
हो, फरक हुन्छ
धनी मानिसको रगतको रङ
जसमा पाइन्छ धेरै मात्रा विदेशी रक्सीको
र फरक हुन्छ भोका मजदुर 
गरिबहरूको रगतको रङ
जसमा रगतभन्दा भोकको अंश बढी हुन्छ
फरक हुन्छ
सत्ताधारी, राजा, महाराजा र तानाशाहको रगतको रङ

कसले भन्छ
एउटै हुन्छ रगतको रङ ?
एउटै हुँदैन
कसरी एउटै हुन्छ रगतको रङ ?

रेल चढ्ने रहर

॥ रमेश सफर निरौला ॥  
रातको ३ बजे कलंकी पुगेर ५ घण्टाको उभ्याइपछि बल्लतल्ल बसको टिकट पाउँदा फुरुङ्ग पर्नुका पछाडि मधेसको गर्मी खाने मात्र चाहना अवश्य थिएन । बरु थियो वर्षदिनको चाड दशैं मनाउँदै मधेसका केही जीवनको एकसरो ठम्याइको रहर । मधेस, अझ घर जानकै लागि मैले आफू कार्यरत संस्था मार्टिन चौतारीमा तीन दिनको बिदा लिएको थिएँ । 

यसपल्ट मधेस पुग्दा-नपुग्दै गर्मीले फर्किहालूँ जस्तो भइसकेको थियो । बहाना गर्मी छल्नु थियो भने चाहना पहाड मधेस चढ्नु र ओर्लनु । यसै मेसोमा मैले भान्जा उमेशसँग मिलेर एक रात भेडेटारदेखि भारतको बिहारसम्मको यात्रा गर्ने योजना बनाएँ । घरमा ब्याउन लागेको गाईको दुर्लभ रूपमा भेटिने बिगौती माया मारेर उमेश र मेरो 'टोली' लाग्यो रमणीय दृश्यदेखि रेल चढ्ने 'भाग्य' सम्मको यात्रामा । हामीले हाम्रो दुई सदस्यलाई 'टोली' र नेपाली भएर रेल चढ्न पाउनुलाई 'भाग्य' न्वारान गरिसकेका थियौं । भेडेटार पुग्न ७० किलोमिटरको दूरी पार गर्न प्रतिव्यक्ति रु. ५०  मा यात्रा गराउने मितेरी यातायातसँग कुनै मित्रता थिएन, बरु यो संयोग मात्रै थियो । 

बिहानको साढे सात बज्दा भेडेटारको दृश्यावलोकन गर्ने घर घामले टल्किरहेको थियो । २० रूपैयाँको टिकट लिएर त्यस घरको माथिल्लो तल्लामा पुग्दा भान्जा धरान बजारतर्फ औंल्याँउदै थिए । पहाड घनाजंगलको छातीबाटै धागो तानेजस्तो कालो घुमाउरो बाटो हुँदै धनकुटाका सुन्तला, तरकारीजस्ता कृषि उत्पादन मधेस झर्थ्यो । कुशल लेखक हुँदो हो त त्यहाँको सौन्दर्य वर्णनमा शब्दकोषका कति उरुङ आफ्नो डायरीमा खन्याउँथ्यो होला !

निधारमा हात राखेर आँखामा चर्को घामको किरण छल्दै भान्जा भन्दै थिए- ऊ त्यताको सेतो ठाउँ कोशी नदी । भनिनसक्दै कुहिरोले ढपक्कै ढाकिसकेको थियो कोशीको लमतन्न ज्यानलाई । अचम्मको मौसम एकैक्षण अगाडि हाम्रा आँखामा अत्यासलाग्दो किरण छर्ने सूर्य पनि निरीह भएर हामीसँग उज्यालोको आशा गरिरहे झैं लाग्थ्यो । दिनरात हेरिरहूँ लाग्ने दृश्यको चाङलाई छोडेर टावरको तल आइपुग्दा निर्मल पानीको धारो बगिरहेको भेटियो । छेवैमा बसेर नरिवल बिस्कुट खाएर त्यही धाराको चिसो पानीले आँत मेटाइयो । मधेसमा फलेको नरिवल धनकुटा लगेर बनाइएको बिस्कुट स्वादिष्ट थियो । त्यही भयो हाम्रो बिहानी ब्रेकफास्ट र सकियो पहाडको यात्रा पनि ।

धरान ओर्लिएर खाएको भातमा पकाउने भन्दा बेच्ने ध्यान बढी गएको प्रष्ट थियो । सब कुरामा पैसा सोहोर्ने ध्याउन्न मात्र ! व्यवसायमा त सेवाग्राहीलाई सेवा दिएर सन्तुष्टि दिने कुरा पनि हुन्छ कि ! नेपालमा बसेर बेलायती चमत्कार हेर्न हाम्रो 'टोली' लाग्यो बिहारतिर । विराटनगर पुग्दा मध्याह्नको १२ बजिसकेको थियो, गर्मीले आफ्नो पारो बढाउँदै थियो । २६ रूपैयाँ तिरेर स्थानीय बसमा चढ्नुअघि नै भान्जाले मलाई बिहार शब्द उच्चारण नगर्न सचेत गराइसकेका थिए । बसका सँगै यात्रारत भारतीयहरूलाई हामीले रेलबारे सोध्यौं, यसैबाट उनीहरूले हामी अपरिचित यात्री भनेर चिनिसकेका थिए । नेपालमा व्यापार गर्दै आएका र 'दशैं मनाउन' भारत फर्किरहेका एक भारतीयले हामीलाई बिहारको यात्राबारे बढी सचेत गराए ।  उनी भन्दै थिए, "तपाईंको मोबाइल खै ? पर्स छाम्नूस् त !" जब मैले मेरा सामान छोएँ, उनले त्यहीँबाट शुरू गरे । रेलमा यसै भनिनेछ र तपाईं त्यसै गर्नुहुनेछ, अनि पकेटमारले थाहा पाउँछ कहाँ राखिएको छ सामान र अर्को स्टेशन पुग्दासम्म तपाईंका गोजी रित्तिसक्नेछन् । सावधानीसूचक जानकारी सुनेर म आतंकित भइसकेको थिएँ । यसैबीचमा भान्जाले रेलको टिकट किन्न स्थानीय बसका कन्डक्टरसँग भारतीय रूपैयाँ साटिसकेका थिए ।

दिउँसो १ बजे मेरो मनको भाषामा बिहार र स्थानीय भाषामा जोगवनी पुग्दा १७ डिब्बे रेल निर्जीव रूपमा सुतिरहेको थियो । त्यो रेल अबको ७ घण्टापछि रातको ८ बजे मात्र दिल्ली प्रस्थान गर्ने समय रहेछ । अब त्यतिका समय कुरेर त्यति राति रेल चढ्ने रहर 'हावा महल'मा परिणत हुँदै थियो । यसअघि हाम्रो 'भाग्य' अर्थात् अर्को रेल करिब ३० मिनटअघि नै साढे १२ बजे छुटिसकेछ भारतको कुनै सहरका लागि । नेपाली भएर रेल चढ्ने रहर मूर्खतापूर्ण भएको निष्कर्षमा उमेश पुगिसकेका थिए । म भने रेल स्टेशनको पसलमा मूल्यसूची र पसलको सञ्चालन अनुमति अवधि पढ्दै थिएँ । निराश आँखा लिएर १५ वटा डिब्बाका सिट र शौचालय चहार्दै २ घण्टा बिहारमा बिताइयो । अरू ५ घण्टा कुरे पनि दिल्ली जाने एक्सप्रेस रेलले एक स्टेशन परको कटिहार पुर्‍याएर हामीलाई ओरालिदिने सम्भावना थिएन । भारतीय डेढ रूपैयाँ कपको चिया पिएर पिलन्धरे अनुहार लगाउँदै हामी फर्कियौं आफ्नै 'महान्' मातृभूमि, जसले सधैं स्वतन्त्र रहेका, कसैको दास नभएका नागरिकलाई परचक्रीले बनाएको रेल चढ्न अझै रोकिरहेछ तर त्यसको आफ्नै मुलुकभित्र मात्रै । यो देशको बहादुरी रानी भन्सार जस्ता थुप्रै भन्सारको वारिपट्टि मात्र रहेछ भन्ने कुरा बिहारको बजारमा सामान किन्ने अधिकांश नेपालीको अनुहार पढेर बुझियो । रेल चढ्ने रहर अपूरो हुनुसँगै भारतलाई 'मक्का-मदिना' देख्ने नेपाली शासकले आफ्नो देशमा भने 'स्वर्ग जाने' बाटो बनाउन पनि कन्ज्यूस्याँइ देखाएकोप्रति म त दंग परें । तर भान्जालाई भने आफ्नै देशमा आएर आइसक्रिम नखाएसम्म रेलको तातोले रापिलो पारिरहृयो । 

हाम्रो जिन्दगी हाम्रो विश्वास

॥ विमल आरोही ॥
दर्शकवृन्द नमस्कार !
मैले यस कार्यक्रममा धेरैको जिन्दगी र विश्वास तपाईंहरूलाई देखाएँ / सुनाएँ । तर, हाम्रो भाग्य निर्माणको ठेक्का लिइबसेका मुख्य ठेकेदारहरूको जिन्दगीको असली विश्वास थाहा नपाउँदा सधैं दुःख पाइरह्यौं । के हो त उनीहरूको जिन्दगीको असली विश्वास ? आज हामी प्रमुख तीन विनिर्माण कम्पनीका तीतीन जना ठेकेदारका साथै सभामुख र राष्ट्रपतिको जिन्दगीका विश्वास तपाईंलाई देखाउनेछौं ।

मैले सबैभन्दा पैला सोधेको थिएँ लाइसेन्स पाएर सेन्स हराएका महान् कलाकार दाहाललाई- 'तपाईंको जिन्दगीको प्रमुख विश्वास के हो ?' बडो भावुक मुद्रामा उहाँले भन्नुभो- 'ओराली लागेको बिरालोको चाल भो, दुईचार वर्षमै मरेकै हाल भो, छल गर्‍यो भाग्यले ।' यसपछि म उनकै क्लोन भनिने काजीसाबलाई भेट्न नयाँबजारबाट उठेको मात्र के थिएँ । उनी त्यहीं टुप्लुकिए । 'म यहीं भएको अवस्था विद्यमान हो । लौ सुन्नुस्- उकाली ओरालीहरू भञ्ज्याङ अनि चौतारीहरू / जहाँ जहाँ जान्छन् प्रचण्ड म पाइला बनी पछ्‌याइरहन्छु ।' यसपछि म आशाको मसिनो त्यान्द्रो विद्यावारिधिलाई भेट्न उनको डेरामा पुगें । उनले सुनाए- 'कअअति जल्छौ आरिसैले अझै जल्दै गर / म त हिँड्छु सीधै बाटो खुट्टा तान्दै गर ।'

खुट्टा तान्दै सानेपा पुगें । 'लाग्दछ मलाई रमाइलो यही सानेपा पखेरो' एक्लैएक्लै गाउँदै बसेका घरमूलीले भने, 'धेरैजसो मामाघर (सिंहदबरबार) तिरै बस्न रुचाउँछन् । तन्नेरीहरू 'बुढा'कण्ठतिर होलान् । न सकिन्छ पार्टी चलाउन, न सकिन्छ काशी जान बुढेसकालैमा / शेरबाबु कनकन गर्छन्, रामचन्द्र आँखा तर्छन् ।' पल्टैपल्ट कुर्सी बसेका देऊ वा नदेऊलाई भेट्न बुढाकोलोनी पुग्दा नेता-कार्यकर्ता त कति हो कति घरभरि ! लाग्थ्यो पार्टी अड्डा त यो पो हो । 'पैयर गुडन लाग्या मेरा सिंहदरबार जान्या पजेराका, पैय.../...असक्षम शनि दशा अब छुटन लाग्या मेरा...।' रामचन्द्रलाई खोज्दै सिंहदरबार पुगें । प्रधानमन्त्रीको कार्यकक्षबाहिर लहरै झुन्ड्याइएका प्रमका तस्बिर हेर्दै थिए । 'न जितें कसैलाई न हराएँ कसैलाई / विनाइन्धन सत्रपल्ट पकाएँ आफैंलाई ।'

'आजै र दिउँसै के देखें सपनी मै प्रम भएको' गुन्गुनाउँदै सत्र कार्यकालसम्म प्रम हुनुभएका फोटो प्रमलाई बाहिरै छोडेर म भित्र छिरें । 'राष्ट्रिय सहमतिको सरकार'का चड्कन प्रम झलनाथ बडो प्रसन्न मुद्रामा कुर्सीमै आसीन । कुर्सीबाटै आमसभामा झैं जोडतोडका साथ सुनाउनुभो, 'तटस्थपछि त कुर्सी आउँदा क्या दामी भो, क्या../ यहाँ रेफ्री म, खेलाडीहरूको क्या बदनामी भो.. ।' अनेकौं कीर्तिमानधारी नामचलाउ भूपूनेपालले भन्नुभो, 'कुर्सी के हो, प्रम के हो, मजस्तो काइतेलाई सोध / चड्कन के हो, जबज के हो, मसँग कहिले सोध्दै नसोध ...।' नेकां(एमाले) का कम्रेड गोलीले चिरपरिचित मृदुभाषी शैलीमा श्वास फेर्नुभो, 'पर्ख, हेर, ठोक है, युथफोर्स हो / ओलीको रङ्गले, गोलीको ढङ्गले, ओली सिँगार्न यो..ऽऽऽ ।'

दर्शकवृन्द ! यसपछि म ६०१ निवासकेन्द्र पुगें । बैठक चलिरहेको थियो तर त्यहाँ 'सुवास' मात्र थियो । 'पोहोर साल म्याद फाट्दा जतन गरी जसोतसो टालें/यसपालि त साँच्चै फाट्यो कुन नाकले, कुन मुखले म्याद थप्ने हो ?' र, अन्तिममा म शीतलनिवास । 'शीलत' भए पनि बेग्लै उखरमाउलो गर्मी थियो, छटपटी र उकुसमुकुस थियो । केही गर्न त के, बोल्न समेत नपाइने जिन्दगीको विश्वास एक लाइन, 'देश लड्ला है नेता भीरबाट हेर /नयाँ नेपालको है साथी गफैमा भुलेर ।' 
दर्शकवृन्द ! हामीले हाम्रा मुख्य ठेकेदारहरूको असली विश्वास नै थाहा पाइसकेपछि के अब पनि हामी पत्रपत्रिका, टिभी, रेडियो, चोक, गल्ली जताततै यिनलाई गाली गरेर समय खेर फालौंला त ? अहँ, मलाई त्यस्तो लाग्दैन !

[२०६७ चैत ११ गते शुक्रबार नागरिक दैनिकमा प्रकाशित लेखको परिमार्जित रूप]

शुभ विजया !!


स्मृति

॥ प्रभाकर गौतम ॥
जीवनमा कुनै-कुनै घटनाहरुको स्मृति सधैं ताजा रहन्छ । मानौं त्यो घटना कहिल्यै आँखाबाट टाढा भएकै छैन । मन र मस्तिष्कमा कुँदिएको जस्तो लाग्ने त्यस्तै एउटा घटना मेरो मानसपटलमा घरिघरि आउने गर्छ । घटनासँगै एउटा यस्तो पात्र आउँछ जो मेरो लागि निकै प्रिय थियो । थियो, किनकि त्यो पात्र अब जीवित छैन । छ त केवल उसको याद र एउटा पीडादायी सम्झना ।

पाँच वर्षजति अघिको कुरा हो । मेरो परिचय भएकै दिनदेखि उनीबाट प्रभावित भएको थिएँ । उनी मेरी दिदीकी साथी भएकोले पहिलो दिनदेखि नै उनले मलाई 'तँ’ भनेकी थिइन् । उनको आत्मीय व्यवहारले होला, त्यो सम्बोधन प्यारो लाग्यो । उमेरमा खासै अन्तर नभएकोले हामी दिदीभाइ छोटो समयमै साथी भयौं ।

उनी दार्जिलिङको सुविधासम्पन्न कलेजबाट काठमाडौंको सरकारी कलेज (रत्‍नराज्य) मा भर्ना भएकी थिइन्, पत्रकारिता स्नातकोत्तर प्रथम वर्षमा । म पनि सोही कलेजमा स्नातक प्रथम वर्षमा अध्ययनरत थिएँ । उनी सायद भारतकै कुनै ठूलो सहरमा पढ्ने योजनामा थिइन् तर खै के मिलेन र काठमाडौं आइन् । नेपाली सरकारी कलेजको गञ्जागोल वातावरणमा उनलाई रस नलागेको उनको अभिब्यक्तिबाट म सहजै अनुमान लगाउन सक्थेँ । बेला-बेला ठट्यौली गर्दै उनी टिप्पणी गरिरहन्थिन् । तर फरासिलो स्वभावका कारणले उनले म भन्दा धेरै साथीभाइ बनाइसकेकी थिइन् ।

एउटै कलेजमा भएकाले हामी सधैंजसो भेट्थ्यौं । तर फरक-फरक तहमा भएकाले हाम्रो भेट छोटो हुन्थ्यो । एक-अर्काप्रति आदर र माया भए पनि हामीले सँगसँगै धेरै समय बिताउने अवसर पाएनौं । यस्तो मौका नै मिलेन । त्यसैले मैले उनलाई बाहिरबाट मात्रै चिनेको थिएँ । उनलाई जति पटक भेटेँ, सधैं 'मस्ती’ मा हुन्थिन् । उनलाई कहिल्यै गम्भीर वा दुःखी मुडमा देखिनँ । दिदीबाट पनि उनका बारेमा रमाइला प्रसङ्गहरू मात्र सुनेको थिएँ । त्यसैले उनीसँगको भेट रमाइलो लाग्थ्यो । मेरा नजिकका साथीहरू पनि उनलाई चिन्न थालिसकेका थिएँ, मेरै दिदीको रुपमा । उनी आफू पढ्ने कलेजमै भर्ना भएकोले मलाई कलेजको वातावरण पहिलेको भन्दा रमाइलो लाग्न थालेको थियो । उत्साह बढेको थियो ।

तर मेरो उत्साह लामो समयसम्म टिक्न पाएन । तीजको बेला थियो । म कलेज गएको थिइनँ । अचानक कलेजबाटै एउटा साथीको फोन आयो । उसको आवाज मलिन थियो । उसले एउटा ब्याड न्यूज छ भन्दै अप्रत्यासित रूपमा भन्यो "कलेजमा बिनी दिदीले सुसाइड गरेको हल्ला छ, तिमीलाई जानकारी दिन फोन गरेको ।" उसको कुराले म निस्तब्ध भएँ । प्रत्युत्तरमा मैले भनेँ "होइन होला ।" तर उसले "मलाई पनि विश्वास लागेको छैन तर..." भन्यो ।

कलेज पुग्न करिब आधा घण्टा लाग्थ्यो । बाटाभरि मनमा एउटै प्रश्न आइरहृयो, त्यस्तो "बिन्दास" मान्छेले आत्महत्या ? कलेज पुगेपछि उनका साथीहरूलाई भेटेपछि उनको आत्महत्याको घटना अविश्वसनीय भए पनि पत्याउन बाध्य भएँ । त्यो दिन दिदी पनि कलेज गएकी थिइनन् । दिदीलाई फोन गरेर सुनाएँ, उनी फोनमै रुन थालिन् । रसिलो आँखा लिएर दिदी आइन् र म उनीसँगै पाटन अस्पताल पुगेँ । हामी दुवैले शवगृहमा लाश हेरेपछि आँसु थाम्न सकेनौं । दिदीले समेत अनुमान गर्न सकिनन् उनको आत्महत्याको कारण । मलाई त झन् थाहा हुने कुरै भएन, उनीसँग परिचय भएको करिब ६ महिना जति भएको थियो होला । उनको घरका सदस्यहरूले पनि आत्महत्याको  कुनै कारण फेला पार्न सकेका थिएनन् ।

यो घटना पूर्व मलाई आत्महत्या गर्ने सबै मानिस निराशावादी हुन्छन् भन्ने लागेको थियो । तर बिनी दिदीको आत्महत्यापछि मेरो धारणा परिवर्तन भएको छ । सधैं हाँसीखुसी देखिने मानिस पनि यस्तो दुर्घटनाको सिकार हुँदोरहेछ । सायद यस्ता मान्छेले अरुलाई आफ्नो दुःख बाँड्न अझ गाह्रो हुने भएर हो कि ?

सहर गन्थन

॥ जनकराज सापकोटा ॥
पढ्नकै लागि भनेर सहर छिर्दा हरेकका अनुहारमा सपनाका पत्रैपत्र मात्रै खात लागेका हुँदैनन् ।  आफूले हिँड्ने बाटो जस्तो भए पनि, गल्ली जतिसुकै अँध्यारा भए पनि तिनीहरुको मनमा 'सहर न हो' भनेर कुद्‌ने अदम्य आँट हुन्छ । तर सबैभन्दा बेसी सहर छिर्ने ती मानिसको मनको एउटा कुनामा पर्याप्त बहाना हुन्छन् । जसले तिनीहरुलाई सहरमा मस्ती गर्न छुट दिएको हुन्छ । राजनीतिका भाषामा भन्दा यो एउटा अजबको कार्ड हो, जसले सहर छिर्नेहरुलाई घरको गनगन बेवास्ता गर्ने 'लाइसेन्स' मिलेको हुन्छ ।

जति दौडे पनि नसकिने जिन्दगीको दौड, जति सम्झे पनि नसकिने बालवयको याद । यस्तै यस्तै तर्कनाहरुले समयको दौडमा असफलताको भारी बोकिइसकेको हुँदोरहेछ, मान्छेले थाहै नपाई । केटाकेटी नै छु भनेर देखाउनका लागि, समय अझै परिपक्व भइसकेको छैन है भनेर बुझाउन पढाइ एउटा अजबको काइदा रहेछ । पढेर ज्ञान लिने भनेको त त्यस्तै हो अक्सरका लागि । त्यही अक्सरभित्रको एउटा पात्र आफू पनि भइँदोरहेछ थाहै नपाई । 

पढाइ सिद्धिएपछि के-के न गरूँला भन्ने अनेक योजना बनाइन्छ । जुन कुराले आफूलाई भन्दा बढी घरका सदस्यहरूलाई आशावादी बनाइराखेको हुँदो रहेछ । पढाइ सिद्धिएपछि ज्ञान नाढे पनि जिम्मेवारी त बढिहाल्दो रहेछ । छोरा भए पनि, छोरी भए पनि । अझै छोरा हुँदा झनै बेसी । भलै सहरमा नि:शुल्क जीवनका अनेक आयाम देख्‍न पाइएको छ । त्यो पनि एलसिडी टिभी हेरेजस्तो, प्रस्ट र जीवन्त । 

गाउँ फर्किन पनि नसकिने, सहर जित्‍न पनि नसकिने । बडो अनौठो र विचित्रको हुँदो रहेछ पढाइ सकिएपछिको समयको झोलुंगो । सहर गाली गरेरै प्रिय लाग्ने ! गाउँ माया गरेरै पनि विरानो लाग्ने । सहरका गल्लीहरूमा थुक्नुको मज्जा, अग्ला घरहरुको पछिल्तिर अलिकति लाज माने झैं र अलिकति गर्व गरे झैं गरेर पिसाब फेर्नुको पनि अनौठो सन्तुष्टि हुँदो रहेछ । भलै, त्यस्ता सन्तुष्टि क्षणिक किन नहुन् !

हरेक महिना घरबेटीको गनगन पनि कालान्तरमा जिन्दगीको लय लाग्ने । हरेक दिन बढ्दो तरकारीको मूल्य पनि समयक्रममा सहरको उपहार लाग्ने । यस्तै-यस्तै तिलस्मी तथ्यहरुले सहरप्रतिको आकर्षण झनै बढाउँदो रहेछ । नछिरेका चिया पसल र रेष्टुराहरू कति होलान्, नछिचोलेका गल्लीहरू कति होलान, सिनेमा नहेरेका हलहरू कुन-कुन होलान् अनि नचहारेका सपिङ मलहरू कुन-कुन होलान् ? यस्तै-यस्तै तर्कनाले सहर सधैं नौलो लाग्ने, सधैं अनौठो लाग्ने र सधैं प्रिय लाग्ने । प्यान्डोराको बाकस जस्तो लाग्ने कहिलेकाहीँ त ! 

आफैले हेर्दा हेर्दै धनी भएका भएका साथीहरूको कुरा कति गर्नु ? आफैंले हेर्दा हेर्दै खेप्नै नसक्ने सास्तीबाट भाग्न पटक-पटक विष खाएर पनि मर्न नसकेको साथीको कुरा कति गर्नु ? गोजीमा सुकोदाम नभएका बेला पनि प्रेमको तथाकथित गीत गाएर धुन भर्ने चिनेजानेका साथीहरूको कुरा कति गर्नु ? दिगमिग लाग्ने यस्ता तर्कनाहरूबाट ज्यान जाला छुटकारा पाइँदैन सहरमा । सहरको यो विशेषता नै हो अथवा मानिसहरु नै यसका निम्ति सहरभन्दा बढी जिम्मेवार छन् । 

सहरमा हिम्मत गर्नेहरू पनि धेरै छन् । तर अक्सर यस्ता हिम्मतहरू महिनादिन नहुँदै घोर निराशामा बदलिएका छन् । जस्तै हेरौं न, के के न बहादुरी गरे झैं प्रेम सार्थक तुल्याएको धमास दिंदै बिहे गर्ने केटाहरू ! जो महिनादिनपछि नै घरभाडा तिर्न नसकेर अथवा प्रेमिकाका रहरहरू पूरा गर्न नसकेर सपनाहरू पनि गतिलो देख्‍ने मौका पाउँदैनन् । भलै केही हप्तासम्म यौनको मीठो स्वाद चाख्लान् ! तर दिनभर गनगन गर्ने प्रेमिकासँग बिताएको रात कति रङ्गीन होला ? सम्झेर पनि झर्को लाग्छ । अझै कति त बहादुरीको पराकाष्ठा देखाउन बिहे गरेकै वर्ष नपुग्दै सन्तान जन्माउँछन् । पुरुषत्वको धमास दिन्छन् र केही महिना नपुग्दै आफ्नो सन्तानलाई कुपोषणको सिकार बनाउँछन् अथवा कसैले लगेर पालिदिए पनि हुन्थ्यो भन्ने चाहना पाल्छन् । 

जमाना प्रविधिको छ, टाढाटाढैबाट बातचित र चिनजान । तर सबै मान्छे फेसबुकको भित्तामा  देखिएजस्ता सुन्दर हुँदैनन् । सबै मान्छे फेसबुकको भित्तामा पोस्ट गरेका दर्शन जस्ता दार्शनिक पनि हुँदैनन् । भ्रम छर्ने पर्याप्त तरिका सहरमा हुर्किएका छन् । तिनै भ्रमहरूको खेती मैले पनि मेरा अभिभावकलाई गरिरहेको छु । यद्यपि सहर मेरो गाली सुनेर पनि मलाई टेक्ने ठाउँ दिइरहेको छ ।  

पाउलोको 'अलेफ'

"सपना चाहान्छौ भने तिमीले ब्युँझिन जरूरी छ",
सपना, आशा र प्रेरणाको गीत गाउने सुप्रसिद्ध लेखक पाउलो कोएलोको भनाइ ।

विश्वका सर्वाधिक रुचाइएका लेखकहरूमध्येमा पर्ने पाउलो कोएलोको नयाँ पुस्तक बजारमा आएको खबरले गर्मागर्मी छाएको छ । खासगरी पाउलोका अल्केमिस्ट, एलेभेन मिनट्स, जाहिर, ब्रिदा लगायतका कृतिहरूको स्वादबाट उनको पारखी बनिसकेको पाठक जमात नयाँ किताब कहिले हात पर्ला भन्ने छटपटीमा छ । 

ब्राजिल र टर्कीमा गत वर्ष २०१० मै प्रकाशित 'अलेफ' हालै अङ्ग्रेजी संस्करणमा आएको हो । नेपालका पुस्तक पसलमा पनि यो उपन्यास उपलब्ध हुन थालिसकेको छ । 

पाउलोको यो नयाँ पुस्तकको विश्वव्यापी सार्वजनिकीकरण भने सेप्टेम्बर २७ तारिखमा हुँदैछ । अमेरिका र क्यानाडामा आगामी साता पुस्तक पुग्ने पाउलोले आफ्नो ब्लगमा जनाएका छन् । 

सन् १९८२ मा पाउलोको पहिलो पहिलो कृति Hell Archives प्रकाशन भएको थियो । तर त्यसले खासै प्रभाव देखाउन सकेन । १९८८ मा The Alchemist लेखेपछि भने लेखकको रूपमा उनको भाग्य नै खुल्यो । यो किताब ब्राजिलको सानो प्रकाशन गृहले छापेको थियो, पहिलो संस्करण नौ सय प्रति निकालेको प्रकाशन संस्थाले त्यसको पुन:मुद्रण नगर्ने निर्णय गरेको थियो । त्यही कृति आखिरमा बेस्ट सेलर बन्यो । ७० भन्दा बढी भाषामा अनुवाद भइसकेको The Alchemist को साढे ६ करोडभन्दा बढी प्रति बिक्री भइसकेको छ । अर्को कृति Brida को लागि भने पाउलोले अलि प्रतिष्ठित प्रकाशन गृह भेटे । बढ्दै गएको ख्याति र लोकप्रियताले पछि बाटो सम्मिँदै गयो ।

सही रूपमा बाँच्न प्रेरित गर्ने पाउलोले सपना देख्‍न सिकाउँछन् । स्वाभाविकै हो, उनका पुस्तकहरूमा पनि तिनै सपना, जीवन र मानवीय संवेदनाको सुन्दर फ्युजन हुन्छ । 

पाठकहरूमा पाउलोको नयाँ उपन्यासको स्वाद अझ गाढा बनोस् ।

प्रत्युत्तर

॥ सानु घिमिरे ॥
मजेत्रोमा बाँधेर तिम्रो सम्मान 
बडो सानसँग हिंडेकी थिएँ,
तिम्रो उपहार, धारे हातको रिबन
हेर त कति सुहाएन मेरो शिरमा ।
आक्रोश, दुर्वचन र आरोपहरुमा
कस्तरी जिल्लिएको हाम्रो दौंतरी ?

चौबन्दीमा अड्किन खोजिरह्यौ
मुटुभन्दा पर तिम्रो स्थान,
कति खसखसाउने तिम्रो घाँटी
कति चुकचुकाउने तिम्रो जिब्रो 
पटुकीभरि छन् सम्झनाका मकैहरू
गोठालो जाँदा फक्याउने गर्छु ।

प्रत्युत्तर फेरि पनि त्यही हो,
तिमी चम्काइराख निष्ठुरताको पाइन
म सम्झिउँला त्यो हार्दिकताको मूल्य ।
डढेलो लागेको वनमा एक दिन
तिमीले खोज्नु स्नेहको ऐंसेलु,
बुटामुनिबाट कतै पलाउनेछ अर्को मुना ।

- सुनसरी, हाल: सिड्नी, अस्ट्रेलिया ।

मनको बह कसैलाई नकह !

।। तीर्थ विष्ट ।।
दशैं सुरु हुनभन्दा एक महिना अघिदेखि नै मलाई दशैं लागिसक्छ । वर्षमा एक चोटि मात्र यही समयमा घर जाने भएकाले पनि यस्तो भएको होला । दशैं सुरु नहुँदै म धेरै पटक घर पुग्छु- मनमनै, कल्पनामै । बसमा सिटको अभाव र  कोचामकोच यात्रु, यो त दशैंको विशेषता नै हो । तर त्यो भीड र ठेलमठेल पनि रमाइलै लाग्छ । सबैलाई घर पुग्ने पुग्ने खुसी र उत्सुकता मिसिएको हतारो हुन्छ । जहिले जाँदा पनि मलाई नयाँ लाग्छ गाउँ-घर, जंगल, बाटो सबै-सबै । अघिल्लो वर्ष जाँदा भर्खर जन्मेका पाडापाडी-बाछाबाछी एकै वर्षमा ठूला भइसकेका हुन्छन् । आफूलाई सानै लाग्ने भतिजा-भतिजीहरु पनि निकै बढेको पाउँछु । आमा-बुबाको उमेर र गालामा परेका चाउरीको बाढाइ बाहेक मलाई सबै परिवर्तनहरु रमाइलै लाग्छन् ।

बाटोमा खाना खाने होटल सम्झँदा भने दिक्क लागेर आउँछ । नाक थुन्दै दिसा-पिसाब गर्न त त्यत्ति गाह्रो लाग्दैन तर त्यही शौचालय जस्तै भान्छामा पकाएका खाना निल्न भने साह्रै मुश्किल पर्छ । त्यही पनि बेस्वादका बासी तर महँगा । यसपाली टेलिभिजनमा देखिएका खान नहुने कुराको मिसावट र फोहोरको दृश्य मैले बिस्रन सकेको छैन । सायद यसपाली म बाटोमा पाकेका खाना खान सक्दिनँ होला । सोच्दैछु - के व्यवस्था गर्ने भनेर । दशैं छेका सुरु भएको बजार अनुगमन लामा दूरीका यात्रुलाई खाना खुवाउने होटलसम्म पनि पुगे तुलनात्मक रुपमा हामीले स्वच्छ खाना पाउने थियौं कि ?

२०६३ को दशैंमा घर जानुभन्दा केही अघिसम्म म काठमाडौंका सडकपेटीमा व्यावसाय गर्नेहरुसँग अन्तरवार्ता लिँदै थिएँ । मार्टिन चौतारीले प्रकाशन गर्न लागेको सहरीकरणः जीविकाको विविध आयामका लागि जगन्नाथ दाइले लेख्ने अनौपचारिक क्षेत्रसम्बन्धी लेखका लागि । मैले विभिन्न ठाउँमा गएर विभिन्न व्यवसाय गर्ने विभिन्न उमेर समूह र लिङ्गको व्यक्तिहरुसँग कुरा गर्नुपर्ने थियो । त्यसै सिलसिलामा सुन्धारामा ठेलामा मःमः बेच्ने महिलासँग कुरा गर्न मन लाग्यो । भोक लागिरहेको थियो पहिले मःमः खाएरै सम्बन्ध र संवाद अघि बढाऊँ भन्ने विचारले मःमः खान तयार भएँ । पहिलो गाँसको स्वाद मीठो लागेन तर हतार-हतार निलेँ । मलाई घिन लाग्न थालिसकेको थियो । दोस्रो गाँस मुखमा हालेपछि ह्वास्स गनायो । मःमःको दुनो भुइँमा फालेर मैले त्यहीँ बान्ता गरेँ । त्यसको पैसा साहुनीले माग्ने आँट गरिनन् बरु भनिन् - "यस्तै त हुन्छ नि मःमः ! खाने बानी छैन जस्तो छ ।"
मलाई खान पनि आउँछ र मीठो मःमः बनाउन पनि आउँछ भन्ने उनलाई के थाहा
 ?

"खाएर हेर्नुस् न मःमः गनाएको छ", मैले त्यत्ति मात्र भनेँ । 

पछि वसन्तपुरमा ठेलामै मःमः बेच्नेसँग कुरा गरेँ । तर उनले एउटा-दुइटा मात्रै भए पनि चाख्नुस् न भनेर गरेको आग्रह भने स्विकार्न सकिनँ । म साकाहारी भइसकेको थिएँ । त्यसको पाँच वर्षसम्म मैले मासु नै खाइनँ । त्यही अन्तरवार्ताकै क्रममा लाजिम्पाटमा मोतिहारी भारत घर भएका पानीपुरीवालाको पानीपुरीले त मलाई पखालै चलायो । त्यस बेलादेखि हत्तपत्त म सडक खाना खाने आँटै गर्दिनँ ।


अफिसमा खाजा पाक्ने व्यवस्था नहुँदा हामी केही साथी नर्भिक हस्पिटल छेउको लुम्बिनी भोजनालयमा तन्दुरी रोटी खान जान्थ्यौं । एकदिन खाँदाखाँदै साकाहारी तरकारीमा पाकेको साङ्लो भेटियो । त्यसबारे साहुजीलाई गुनासो सुनायौं । उनले "कहिलेकाहीँ साङ्ला त परिहाल्छ नि" भन्ने उत्तर सहज रुपमा दिए । साहुजीले पनि यस्तो भन्न मिल्छ र भनेर हामीले उनलाई जिम्मेवार हुन भन्यौं । तर उनले "के गर्न सक्छौ गर, तिमीहरु जस्ता ग्राहक त यहाँ कति आउँछन् कति" भने । त्यसपछि पनि साथीहरु त्यहाँ जान छाडेनन् । म भने झन्डै एक वर्ष जस्तो त्यहाँ गइनँ । एक वर्षपछि त ती साहुजीले पनि बिर्सिए होलान् । म पनि बिर्सिन बाध्य भएँ । किनभने त्यो पसल वरिपरि त्यत्तिको सफा पसलको विकल्प मसँग थिएन ।

न्यूरोडका गुँदपाक पसलेले त व्यापार होइन अपराधै गरेका हुन् । खोज्दै जाने हो भने त्यस्ता अरु व्यापारका नाममा भइरहेका अपराध खुल्दै जालान् । तर सामान्य होटलमा अपराध गर्ने मानसिकताभन्दा अरु कुरा नै बढी जिम्मेवार छन् जस्तो मलाई लाग्छ । थोरै पैसा दिएर उमेर नपुगेका बालबालिकालाई काम गर्न राख्ने चलनले पनि त्यस्तो भएको हो । उनीहरु बिहान पाँच बजेदेखि राति अबेरसम्म काम गर्न बाध्य छन् । शौचालयदेखि भान्छासम्म उनीहरुले नै सफा गर्नुपर्ने हुन्छ । कामदारहरूलाई कामको बोझ धेरै भएकॊ अवस्थामा होटलका साहुजीले चाहेर पनि सफासुग्घर गराउन सक्दैनन् । काम गर्ने मान्छेलाई खुसी नबनाई राम्रोसँग काम गराउन सकिँदैन । साहुजीले अनावश्यक किचकिच गर्दै दबाब दिए ग्राहकले खानेभन्दा पनि फोहोर खाना 
उनीहरु साहुजीलाई नै खुवाउन बेर लगाउँदैनन् । त्यसैगरी उनीहरु त्यस व्यवसायसम्बन्धी तालिम वा औपचारिक शिक्षा लिएर पनि आएका हुँदैनन् । उनीहरु औपचारिक अध्ययनका लागि स्कुल-कलेज जाँदै नगएका पनि हुन्छन् पढेकाहरु पनि बीचैमा छाड्ने नै धेरै हुन्छन् । त्यसैले सफाइ सम्बन्धी उनीहरुको धारणा र हामीले गर्ने अपेक्षा नमिल्न सक्छ । होटल-रेस्टुरेन्टका भान्छा प्रायः नदेखिने ठाउँमा हुन्छ । नाम चलेका होटेल तथा रेष्टुरेन्टहरुमा पनि सफासुग्घरको नाममा डाइनिङ हललाई मात्र ध्यान दिने प्रवृत्ति हुन्छ । भान्छा सफा राख्ने पकाउने-बनाउने कुरामा ध्यान दिने भन्दा पनि प्लेटमा खाना सजाउन नै बढी सिकाउने चलन छ ।

अहिले भइरहेको बजार अनुगमनलाई निरन्तरता दिने हो भने पनि धेरै क्षेत्रमा सुधार हुन सक्छ । अनुगमनकर्ताहरुले हामीलाई थाहै नभएको कुरा बाहिर ल्याएका होइनन् । बजारमा भइरहेको लुट र अपराधको जानकारी सम्बन्धित पक्ष र उपभोक्ता सबैलाई थाहा थियो । बाध्यताले गर्दा नै हामी उपभोक्ताले तिनको सेवा लिने गर्थ्यौं । हाम्रो विकल्प नहुनु उनीहरुको फाइदाको कुरा !

स्वप्निल, बाडुली र सुदूर सम्झना

Swapnil Book

पहिलो कृति ‘रङ्गैरङ्गको भीर’ को ६ वर्षपछि रङ्गवादी कवि स्वप्निल स्मृतिले दोस्रो कृति ल्याएका छन् । ‘बाडुली र सुदूर सम्झना’ कविताकृतिमा उनले रङ्गवादी प्रवृत्ति झल्काउँदै जुनसुकै कुरामा बिब्ल्याँटो खोज्ने  आफ्नो पहिलेको शैली छाड्दै पाठकको सामूहिकतालाई सम्बोधन गरेका छन् ।  सामूहिकताको यो सम्बोधन सहज पनि बनेको छ । टपरी भन्ने भाँडोलाई बुझाउन गोलो घेरामा शब्द छर्ने हिसाबमा रङ्गवादी कविले ‘उपद्रो’ मच्चाउनु उनीहरूको निजत्त्व र प्रयोग रहँदै आएको थियो । तर त्यो टपरी पछिल्लो कृतिमा आउँदा सग्लै रूपमा सरल शब्दका सिन्काले बुनिएका छन् । सरलताको यो 'अवतार’ पनि कविको आफ्नै पूर्वशैलीदेखि अर्को प्रयोग बनेको छ । यसको फाइदा : प्रयोगको नाममा शब्दको उबडखाबड र फन्के रोटी हुने लहरलाई कविको सनकको संज्ञा दिँदै कवितादेखि नै विकर्षित हुने पाठकलाई पनि न्याय गरेको देखिन्छ । कविता भनेको ‘यातना-गृह’ होइन भनेर अब तिनले स्वप्निलको नयाँ कृतिको दैलो उघार्न सक्छन् ।

फुटकर रचनामार्फत पनि कवि-लेखकले पाठकसँग संवाद त गरिरहन्छ । तर संवाददेखि अलिक अगाडि बढेर Swapnilपुस्तकाकार कृतिले पाठकहरूको लागि ‘सभा’को काम गर्छ । यसैले ढिलै गरेर पनि स्वप्निलले नयाँ कृतिको जोहो गरे । एउटा अंगको जाँचबाट रोगको निदान असम्भव भए जस्तै पाठकहरूले सङ्ग्रहबाटै लेखकको शल्यक्रिया गर्छन् । कृतिभित्रका कविताहरू कलाका हिसाबले सुन्दर र वैचारिक तहमा सबल छन् । रङ्गवादी विचारले जताततै रङ्गैरङ्गको भीर अथवा भीरैभीरको रङ्ग देखे झैं यस कृतिलाई इन्द्रेणी सङ्ग्रह मान्दा हुन्छ । राज्यबाट अवसरको रेशमा पछि छुटाइएका वर्गको साझा भारी गरिबी होस् कि, सालिकमा सीमित भएको सहिदको प्रसङ्ग होस्, सरकारको अविरल नग्नताले लाजमर्दो भएर हिक्का छाडेको आम जनता होस् कि  दासता खेप्दै-बोक्दै निरीह पिठिउँले त्यो बोझ उलार पार्दै विद्रोहको हुङ्कार गरेको परिवर्तित आवेग होस्, सबै कथा अँटाएको छ कृतिमा ।

परिवर्तनको उद्‌घोष भए पनि परिवर्तनको अगुवाई गर्नेहरूको पुरानै चालामा थकथकी मान्छन् कवि । भोकाहरूलाई रोटी लिन कुदेको ‘स्वघोषित क्रान्तिकारी’ आखिरमा आफैं भोकाएर एउटा चमेना गृहमा मक्खिँदै हराएको जनपक्षीय आकलन उनका कविताले व्यङ्ग्यात्मक पुटसहित गरेका छन् । परिवर्तनअघिको जोश र आशा तथा परिवर्तनपछिको स्वप्नभंगको सराबरी तुलो हुन् स्वप्निलका कविताहरू ।

३१ थान कवितामध्ये कतिपय यस्ता छन्, देशदेखि परदेशसम्मको बेलिविस्तारका क्रममा विश्वव्यापी अवस्थामा पनि छेड हानेका छन् कविले । आतंकवादको विरोधी स्वर झिक्दाझिक्दै आफैं आतंकवादको स्वरूप लिएको महाशक्ति राष्ट्रको दादागिरीमाथि शब्दको गुलेली आच्छु-आच्छु पार्ने खालका छन् ।

व्यक्तिको अस्तित्त्व खोजको व्याकुलता पनि कविताहरूमा विभिन्न रूपमा चटपटाएको छ । साहित्य भनेको बौद्धिकताको सघन दीपसँगै संवेदनशीलताको तरङ्ग पनि हो । यस हिसाबमा स्वप्निलको कवि व्यक्तित्त्वले मिथक मोह पालेर पुराना विम्बहरूलाई कवितामा खेलाए जस्तै पूर्वजप्रतिको श्रद्धा पनि पोखेको छ । ‘बुबा’, ‘कथा- घुमाउने चौतारीमा काभ्राको …’, ‘पश्चिम क्षितिजबाट…’, यस्तै मन छुने कविता हुन् । दुर्गम भेगको विडम्बनाको झलक उतार्दै सहरबाट गाउँलाई सम्झेर लेखिएको मार्मिक कविताले हुरुक्क पार्ने तागत राख्छ ।

अर्कै देशबाट...टाढाबाट...
एकोहोरो हेरिरहन्छु पूर्वीक्षितिजतिर म...
मेरी आमासँग नभेटेको कति भो ?
कसरी यो देश यति सुदूर भो ?
कि यो देशबाट मेरो देश पुग्न
यो दुई दिनको जिन्दगीमा
दुई दिन दुई रात लगाउँछ रात्रिबसले,
त्योभन्दा पर मेरो देश छैन
त्योभन्दा पर मेरो जाने ठाउँ छैन ।

- (पश्चिम क्षितिजबाट …)

युवा पुस्ता पछिल्लो समयमा अग्रज पुस्ताका लागि प्रिय र इर्ष्याको पात्र बनेका छन् । अहिलेको युवा पुस्ताको कविता यात्रामा ओथारो बसिनसकेको पोहोरा कुखुरा हुन् स्वप्निल । अण्डा पारेर वा ओथारोबाट निस्किने कुखुराको कटकट्याँसभन्दा यिनको स्वर कम धारिलो छैन । आगामी दिनमा यस्तै कटकट्याँस कायम राखे नेपाली कविताको बिहानी यिनै चुच्चाले ल्याउनेछन्, यही आशा गरौं ।

कृति : बाडुली र सुदूर सम्झना
कृतिकार : स्व. स्वप्निल स्मृति
प्रकाशक : रत्‍न पुस्तक भण्डार
मूल्य : १५० रुपैयाँ

पढ्नु : प्रेम

॥ जोतारे धाइबा ॥
प्रेमसँग हाड नाता भएकाहरूले बुझ्छन्- यसभित्रको लगाव कति दुःखदायी हुन्छ, तर मीठो तड्पन ! भोगेपछि यस्तो लाग्दो हो, यो प्रेम भन्ने कुरा त नभइदिएकै भए पनि हुने ! तर के यसबिना संसारको सहज रफ्तार सम्भव छ ?
 
धेरैअघि सोचेथेँ, प्रेमबारे केही त लेख्‍नेछु । तर यसबेलासम्म त मैले त्यही सोचाइसँग नै प्रेम गरेर बसिरहेको रहेछु । फेरि यो बसिरहनु, बस्न सक्नु पनि त एउटा प्रेम नै हो ।

कति-कति प्रेमहरू...।

आरम्भमा प्रेमका बारेमा केही विद्वान्‌द्वारा अभिव्यक्त पंक्तिहरू :
- हरेक दिन म तिमीलाई बढी माया गर्छु हिजोभन्दा आज बढी, भोलिको भन्दा आज कम ।                                        - रोजमोन्ड गेरार्ड । 
- म प्रेममा धेरैपल्ट परेँ । र सधैं तिमीसँग ।                - एडगर एलेन पो ।
- प्रेम दुई जनाले खेल्न मिल्ने र दुवै विजयी हुने खेल हो ।         - इभा गाबर ।
- थप प्रेमबाहेक प्रेमको कुनै उपचार नै हुँदैन ।                 - थोरो ।
- प्रेम विष्फोटक सिगार हो । जानी जानी हामी यसलाई खाइरहेका हुन्छौं - लिन्डा बेरी ।
- प्रेम मेरो धर्म हो । योबिना म बाँच्न सक्दिनँ ।                 - जोन किट्स ।
- मेरो हृदयमा आएर बस । यसको कुनै भाडा तिर्नुपर्दैन ।         - स्यामुयल लभर ।

... ...र यति गमिसकेपछि के भयो ? भयो नै भने पनि उपर्युक्त प्रेमशास्त्री विद्वान्हरूसँग हामीलाई आकर्षणको प्रेम भयो सायद । आह ! क्या धारिलो चित्रण !! तर तिनको निचोरिएको भावधारा त हामीबाट गुम ! खासमा भनाइहरूका ती चास्नीले हामी लस्सादार हुनुपर्ने हो । शीतको प्रथम आवेगले भिजेको कपास झैं अझ कोमल र प्रेमिल हुनुपर्ने हो । जो बतासको वेग देख्‍नासाथै जुरुक्क उत्तेजनामा मर्किहाल्दैन, हामी त तेलको स्याहार पाएर सपक्क सुतेको त्यस्तो कपाल पो हुनुपर्ने !

यी अनगिन्ती 'हुनुपर्ने' हरूलाई हामी मानौं देउसी र भैलोको सुरिलो भाका ठानेर भट्याइरहेछौं । भट्याएर आज पोल्टोमा कति दान-दक्षिणा भरियो ? खोइ, मैले प्राप्तिलाई अङ्कगणितमा पढ्न र पारख गर्न जानेको छैन । यति जानेको छु, प्रेम गर्न । तर प्रेम गर्नु भनेको त्यस्तो जान्नैपर्ने पाकशिक्षाको तालिमकक्षा नै कहाँ हो र ? र, प्रेम गर्नुको मिठासलाई अर्थ दिन सक्यो भने पढ्नु पनि त प्रेमभन्दा कम मुलायम छैन नि ! खासमा यही जान्नुनपर्ने भएकाले अहिलेसम्म म केही न केही पढ्दै आइरहेको हो कि क्या हो ? अघिल्तिर देखा पर्ने कुनै अन्जान अनुहार पढ्नु, साथीको कोपरिएको मनको मर्म पढ्नु, आफ्नै एकालाप पढ्नु ... आदि आदि ।

तर यस्ता किसिमका पढाइको कुरामा म छैन, कम्तीमा यो अहिलेको लेखाइभरिलाई । म त पढ्नु अर्थात् ज्ञानको चकटीमा पलेंटी कसेर किताबसँग योगासन जमाउने कुराको विस्तारमा यहाँनेर फुक्न खोज्दैछु । जहाँ प्रत्येक श्वाससँगै चेतनाको सिर्सिर् अन्तरमा घुसोस् र त्यसको आयतनसँगै प्रत्येक प्रश्वाससँगै अज्ञानता बान्ता भएर निस्कियोस् ।

प्रेम : आफूले आफैंलाई भुलेर आफूलाई अरुमा पाउनु । मैले कतै पढेको । आफूलाई सम्पूर्ण रुपमा बिर्सिएर उसैमा समर्पित हुनु प्रेम हो रे । यो पनि पढेको । यसरी पढाइमार्फत प्रेमलाई बुझ्दाबुझ्दै पढ्नुसँगै प्रेम बस्यो । बरु प्रेमसँग नै प्रेम भएन सायद !

आज आएर अलिकता आफ्नै भोगाइ, अलिकता बाहृय बुझाइ तौलिएर हेर्दा लाग्दैछ, आफूबाहेकको अस्तित्वलाई प्रेम गरेर प्राणीले आफ्नो कमजोरीको स्तर स्वयम् पुष्टि गर्छ । कसैलाई प्रेम गर्नु आज शुद्ध रूपमा प्रेम गर्नुमै मात्र व्याख्या हुन्छ भन्ने छैन, गरिँदा-गरिँदा त्यो प्रेम- प्रेम थाप्ने पात्रको आँखामा सस्तोपनको बेकामी चश्मा भएर झर्ने खतरा प्रबल रहन्छ । कठै, झिरिप्प शीशाहरू....!

यति लेखिसकेपछि एउटा नोटबुकमा केही समयअघि कोरिन पुगेको दार्शनिक पङ्क्ति सम्झिन पुगेँ । झ्वाट्ट पङ्क्ति के सम्झिनु, नोटबुकमा केही कोरेको छु भन्ने मात्र हेक्का भयो, पल्टाएँ- 'प्रेम : कुनै अवस्था हो कि काम ? अर्थात् प्रेममा छु कि प्रेम गर्दैछु ?'

यसको खास तथ्य उधिन्न सोचमा डुबुल्की मारेँ, र केही सोच्न सकिनँ । छुट्यो केवल रन्थनी । अवस्था, काम, छु, गर्दैछु....। प्रेमभित्रको लगावपछि झ्याङ्गिन कसैको समक्षमा जाहेर गर्दा कसैलाई हिउँद मासमा घामको तमतम्याइलो सहीछाप धस्काए झैं हुँदो हो भने कसैलाई कृपावादको फिर्ता खेल लाग्दो हो । के टुङ्गो छ र एकनास हुनुपर्ने ?नाप्न मिल्ने भए मनको कुनाकानी आयतन र सङ्कुचनको मात्रामाथि अध्ययन गरेर आम मनहरूबारे एउटा निष्कर्ष रिदिन हुन्थ्यो - हेर बाबू-नानी हो, आपसको मन यस तवरले पिँजडा झैं साँगुरिन्छ र क्षितिज झैं फैलिन्छ, नौनी झैं गल्छ र इस्पात झैं गाँठिन्छ.....।

खुङ्खार पण्डित अर्थात् विशेषज्ञहरूले प्रेमको पन्ना एकपछि अर्को गर्दै अति तन्मयतापूर्वक थपिरहे प्रेमशास्त्रको उत्थानमा । मानौँ प्रेम नै नगरी-नगरी । यदि प्रेम गर्नतिर ती लाग्दा हुन् त शास्त्रका ठेलीमा जिल्दामाथि छिप्पट भाकामा ढ्याप्प शीर्षक मात्र ओगटिएर बस्थे होलान् । भित्रका पन्नाहरू त निष्प्राण जीवको श्वासनली झैं एकदम खाली-खाली । बिनाप्रेम, अनुभवहीनताको त्यस्तो अनुभवी बलमा प्रेमशास्त्रीहरूले प्रेमको बारेमा रास-रास लय बगाउनु पनि विचित्र प्रेम-महफिल लाग्छ ।

पढ्नुको के कुरा, पुस्तकमा आँखालाई बगरमा टक्रक्क उभिएको बकुल्लामा रुपान्तर गरी छोडिदिने हत्तेदेखि पर आफ्नै जिन्दगी पढ्न नजानेर/नसकेर धुरुधुरु रुने जमात हाम्रो सामाजिक पुस्तकालयमा टन्नमन्न होलान् । पढ्दापढ्दै कसैको आँखालाई निद्राले छल गर्छ, कसैको आँखामा विरहले जल भर्छ । कति फरक छन् प्रेमका नमुनाहरू ! आफ्नो अज्ञान देख्न र ज्ञान देख्‍न पढ्ने अलग-अलग ढाँचाको संसारमा यस्तो पनि होला, कोही अज्ञान र ज्ञानको खिचडीलाई धुवाँ छुटाउन्जेल पगाल्न पढिरहेको होस् । त्यस्तो तपमा कुनै न कुनै प्रेमी त होला । जागिर खान पढ्नु, आनन्द बटुल्न पढ्नु, केही सिक्न पढ्नु, सिकाउन पढ्नु, पाण्डित्य प्रदर्शन गर्न पढ्नु... एउटै पढ्नुभित्र पनि कति-कति प्रेमहरू पत्रेदार भएर बसेका छन् । र आजको जमानामा एउटा मान्छे ती सबैखाले प्रेम गर्दै अथवा गर्नलाई नपढिरहेको होला र, किटान गर्न गाह्रो छ । कारण, ती सबै-सबै प्रेम नै त हुन् फरक अनुहारका । प्रेम सबैलाई चाहिन्छ, सबै यसलाई अँगाल्न उत्सुक हुन्छन् । मतलब हुन्न, प्रेमपछि गहिरो रापको तातो मिल्ने हो या उँचो चापको चिसो । बस्, प्रेम भए पुग्यो ।

'प्रेम गर्नु' लाई विपरीत लिङ्गीबीचको दोहोरी भाका भन्ने बुझिदिए सङ्गीतको एकाङ्गी आलाप मात्र हुन जाला । प्रेमको जरामा एउटै रस थलथलिएर रहे पनि चारैतिर हुत्तिएर जाने हाँगाबिँगाको हिसाब कसले राखोस् ! जस्तै कि, प्रेम गर्नुः भाइचाले ढलको पानीमा गोडा रङ्ग्याई-रङ्ग्याई काउली र गोलभेँडामा पानी पटाउनु । प्रेम गर्नुः हजुरआमा विष्णुमाया आफ्नो घरको चियारङ र चिनी बचाइबचाई छिमेकको घरमा चिया-पाहुना लाग्न जानु । प्रेम गर्नुः आफाले दनुवारले छोराछोरीको पढाइ बिग्रिने डर पचाएर लोकलाजका कारण बजारबाट डाँडाको घरमा टेलिभिजन भित्र्याउनु । प्रेम गर्नुः प्राण धानिरहेको स्वस्थ मिर्गौला बेचेर पुर्खाले चलाउँदै आएको पत्रिका प्रकाशनलाई निरन्तरता दिनु । प्रेम गर्नुः शून्यताको चिच्याहटदेखि झर्को मानेर पागल हुँला-हुँला आफ्नो मनस्थितिलाई निश्चिन्त आधारमा बिसाउन परिवारमा फर्किनु । प्रेम गर्नुः स्वाभिमान बचाउन समूहको भाँडभैलोबाट तानिएर टापुको बासमा जानु । प्रेम नै प्रेम...। जम्मामा, प्रेम गर्नुः समग्रमा संसारमा रहनु र आफ्नो अवस्था (त्यो चाहे रहर वा विवशताको उपज) लाई आत्मसात् गरेर श्वासप्रवाहमा चिप्लिरहनु...। 

र म यही चिप्ल्याइलाई थप रौनकता दिन केही न केही पढ्दैछु । अर्थात् प्रेमको पुष्टकारी चपाउँदै । कथम् यो पुष्टकारीको मोजमज्जामा म पात्तिँदापात्तिँदै बेहोसीवश दाँतले नरम जिभ्रोमा रत्तिभर पनि धावा बोलेर रगतको सिर्का उमार्‍यो भने त्यसको तातो मिठासलाई पनि म पुष्टकारीकै स्वाद सम्झेर कृतज्ञ बनूँला । सायद खासमा, त्यही त हो प्रेम !

विवादका बीच आदिकविको उपाधि

 ॥ रमेश सफर निरौला ॥
२०६६ पुस ३० गते राति नेपाल टेलिभिजनबाट प्रसारित हास्यशृंखला 'तीतो सत्य' मा यसका परियोजनाकार दीपाश्री निरौला र दीपकराज गिरीले नेपाली साहित्यजगत्‌मा एकपल्ट हलचल मच्चाएको विषयलाई उठाए । कवि भानुभक्त आचार्य र राजा पृथ्वीनारायण शाह नेपालमा हाल घटित भइरहेको अव्यवस्था हेर्न एकपल्ट फेरि 'कान्तिपुर' ओर्लिएको र यहाँको 'बबन्डर' देखेर ज्यादै निराश भएको कुरालाई नाटकीकरण गरेर हास्यशृंखलालाई रोचक, व्यङ्ग्यात्मक र विवादास्पद समेत बनाए परियोजनाकारद्वयले । 

हुनत नेपालका राजा पृथ्वीनारायण शाहको योगदान र भानुभक्तको नेपाली भाषा साहित्यमा योगदानको चर्चा यस सङ्क्रमणकालीन समयमा एउटा विवादास्पद विषय पनि हो तर आज हामी यस लेखभरि समालोचनाका विविध अर्थनिरुपणकका काँटाले भन्दा पनि नेपाली साहित्यमा भानुभक्तको उपाधि 'आदिकवि'माथि उठेका प्रश्नहरूको अध्ययनमा केन्द्रित हुनेछौं । समालोचनाभित्र छिर्नुअघि समालोचनालाई रुढ, एकांकी र पूर्णविरामतिर धकेल्ने मान्यताको प्रखर विरोधी 'चक्रव्यूह सञ्चेतना'लाई नसम्झी अगाडि बढ्नु मूर्खता ठहर्ला ! २०६० को दशकमा नेपाली समालोचनालाई विनिर्माण (Deconstruction) को औजारले मर्मत थाल्ने चक्रव्यूह सञ्चेतना समालोचकीय सिद्धान्तका आडमा ऐकिकताको नजरले यस सन्दर्भलाई हेर्न लागिपर्दैछौं । प्रस्तुत लेखमा भानुभक्तको उपाधि सही वा गलत भन्नुभन्दा ज्यादा यस उपर उठेका विवादको सन्दर्भ कोट्याउने प्रयास हुनेछ । 

जसरी भानुभक्तका रचनालाई प्रकाशनको माध्ययमबाट नेपाली जनमानससम्म ल्याइपुर्‍याउने काम मोतीराम भट्टले गरे ठीक त्यसरी नै 'आदिकवि'को उपाधि पनि भट्टले नै प्रस्ताव गरे । (त्रिपाठी : ई. सं १९९७) आदिकविको उपाधि चाहिँ दार्जिलिङका साहित्यसेवीहरूको प्रयासमा तत्कालीन राणा प्रधानमन्त्रीले तोक लगाएर दिएको देखिन्छ । तर यस उपाधिको औचित्यता खोज्दै सर्वप्रथम पं. दीनानाथ सापकोटा बोले । सापकोटाको भनाइ थियो :- भानुभक्तभन्दा अघि रघुनाथले पनि अध्यात्म रामायणको सातै काण्डको अनुवाद गरेका थिए जसमध्ये सम्वत् १९४५ मा साक्षीविनायक गोरखा यन्त्रालय बनारसमा 'सुन्दरकाण्ड' छापिएको थियो । (हस्त नेचाली : ई. सं १९९७) 

हृदयचन्द्रसिंह प्रधानले 'भानुभक्त : एक समीक्षा'मा लेखेका छन, भानुभक्त १६ वर्षको मात्र हुँदा शार्दूलविक्रीडित छन्दमा 'कृष्णचरित्र' अनुवाद गर्ने वसन्त शर्मालाई 'आदिकवि' मान्नुपर्ने तर्क राखेका छन् । यता उनको तर्क छ मौलिकतालाई स्थान दिने हो भने 'मौलिक भएर कविताको परिभाषामा' आउने कविता 'स्तुतिपद्य'का कवि यदुनाथ पोखर्‍याल 'आदिकवि' हुन् । परिस्कृत र आधुनिक भाषाशैली नभएका भानुभक्तलाई आदिकविको उपाधि अयोग्य रहेको जिकिर प्रधानको छ । विवादसँगै आदिकविका लागि दई कुराको तानातान देखिन्छ । पहिलो कविता लेख्‍नेलाई 'आदिकवि' भन्नुपर्ने वा नेपाली जनमानसमा बुझ्ने शैलीका कविता लेख्‍ने कविलाई 'आदिकवि' भन्नुपर्ने विषयमा भने नेपाली विद्वानहरू पनि एकमत छैनन् र स्पष्ट विभाजित छन् । 

जुद्धशमशेरले प्रधानमन्त्री हुँदा दिएको उपाधि आदिकवि कतिले त्यससमयमै मन नपराएको भए पनि राजनीतिक रूपले खतरा देखेर बिरोध गर्न नसकेको देखिन्छ भने कतिपयले चाँहि मौका पर्नासाथ विरोध गरेका छन् । कतिसम्म भने राणा भएर नै पनि साहित्यकार बालकृष्ण समले पनि स्पष्ट धारणा राखेका छैनन् । 'भानुभक्तको शैली' नामक रचनामा भाषाशैलीका लागि भानुभक्तलाई सर्वश्रेष्ठ मान्ने समले उनी 'ठूला कवि होइनन्' भनेर आदिकविको उपाधि अनुपयुक्त रहेको संकेत गरेका छन् तर पछिल्लो समयमा वि.सं. २००० मा 'भक्त भानुभक्त' नाटकको भूमिकामा 'आदिकवि' उपाधिलाई समर्थन गरेका छन् । समको यो दोहोरो चरित्र देख्दा लाग्छ त्यससमयमा राजनीतिक रूपले खासगरी राणा प्रधानमन्त्रीले गरेका कामको अन्ध समर्थन गर्नुबाहेक अर्को विकल्प थिएन । र समलाई पनि आफ्नो विगतको धारणामा पुन:विचार गर्न लगाइएको हुनसक्ने आधार धेरै छन् । राणा भएकैले उनलाई जेल नै त हालिएन तर पनि भित्री रूपमा दबाब आएको नकार्न सकिँदैन नत्र उनले आफ्नो भनाइलाई फेर्नुपर्ने जरुरी नै किन पर्‍यो होला ? बालचन्द्र शर्माले त भानुभक्त पूर्वका कविहरूलाई स्पष्ट शब्दमै उनीहरूको महत्त्व केवल यतिमै निहित छ, उनीहरू भानुभक्तभन्दा केही अघि जन्मिए भनेर भानु पूर्वका कविहरूको अवमूल्यन गरेका छन् (भानुभक्त : बालचन्द्र शर्मा, वि.सं. २०१४) । 

आदिकविको पदवीलाई अस्वीकार नै गर्नेहरूमा आनन्ददेव भट्ट, रामकृष्ण शर्मा, ताना शर्मा र वासुदेव त्रिपाठी समेत पर्दछन् । सिक्किमका कवि गुमानसिंह चाम्लिङले त 'आदिकवि' को विरोध गर्दा कलकत्ताको राइर्टस बिल्डिङमा आक्रमण मात्र भएन बरु पश्चिम बंगालका तात्कालीन मुख्यमन्त्री विधानचन्द्र रायको पैसा खाएर नेपाली भाषा र आदिकविविरोधी भएको आरोप लगाइयो (चाम्लिङ : ई.सं. १९९७ भूमिका खण्डबाट) । 

अर्कोतर्फ भानुभक्तलाई 'आदिकवि'को उपाधि दिलाउन जोडतोडले लाग्नेमा सूर्यविक्रम ज्ञवाली पनि एक थिए । प्रा. गोकुल सिन्हाको यस भनाइले पनि उक्त कुरा पुष्टि गर्छ :- "सबभन्दा ठूलो कुरो त भानुभक्तलाई आदिकविको सम्मान दिने श्रेय यिनै सूर्यविक्रम ज्ञवालीलाई छ ।" (भानु : भानुभक्त विशेषांकबाट) 

भानुभक्तलाई नेपालका आदिकवि मान्नु नहुने तर्क लिएर एउटा समूह अहिले अगाडि आएको देखिन्छ । उनीहरूको तर्क छ कि बहुल भाषा र संस्कृति भएको नेपालमा नेपाली भाषामा लेख्ने भानुभक्त कसरी आदिकवि भए ? उत्तर खोज्न यताउता भौंतारिनु जरुरी छैन किनकि भानुभक्त नेपाली भाषामात्रका आदिकवि हुन् न कि अर्थ्याइएझैं सम्पूर्ण नेपालीका । मैथिली भाषाका आदिकवि विद्यापति भएजस्तै अन्य भाषासमुदायले पनि आफ्ना भाषामा कविता गर्ने प्रथम वा भाषालाई समृद्ध बनाउने प्रथम कविलाई आदिकवि भन्न सक्नुपर्छ । मुलुक अहिले भाषिक रूपले पनि संघीयताको अभ्यासतर्फ लाग्दैछ, त्यस समयमा सघीय संरचनाले भाषा र सम्प्रदायका आधारमा यस्ता पदवी अवश्य देलान् । भानुभक्तले गरेको एउटा काम भने अविष्मरणीय रहिरहनेछ त्यो हो नेपाली भाषाको सम्प्रेषणीय रूपमा प्रयोग र त्यसको रामायण मार्फत प्रचारप्रसार । नेपाली भाषालाई अझ जनमानससम्म पुर्‍याउने कामको श्रेय त रामायणलाई प्रकाशित गर्न अग्रसरता देखाउने मोतीराम भट्टको पनि छ । तत्कालीन नेपाल भाषिक रूपले एक नेपाली भाषाको प्रचारप्रसारसँगै अन्य भाषाको वैकल्पिकतालाई अस्वीकार गर्ने किसिमको भएको समयमा र आफ्नो मातृभाषामा कलम चलाउनु भानुभक्तको दोष हुनसक्दैन ।

आफ्नो मातृभाषामा लेखेकै कारण नेपालका अन्य भाषाको अवमूल्यन भानुभक्तले गरे भन्ने खालको जुन अर्थ आज लगाइदैछ त्यो भने स्वीकार गर्न नसकिने खालकै छ । यदि भानुभक्तले नेपाली भाषामा लेख्‍नु गलत हो भने मैथिली कवि विद्यापतिले पनि मैथिली भाषामा लेख्‍नु त्यस्तै त्रुटि हो । भानुभक्त, जसले पहिलो नेपाली भाषी कवि जसले नेपाली भाषाको उन्नतिको उदय गर्‍यो भन्ने अर्थमा हो भने नेपाली भाषाको आदिकवि भन्नुमा आपत्ति नजनाए हुन्छ जसरी विद्यापतिलाई पनि हामी मैथिली भाषाका आदिकवि भन्दै आइरहेका छौं । अर्कोतर्फ, नेपाली भाषामा प्रथम कलम चलाउने कविका रूपमा उनलाई आदिकवि भनिएको हो र त्यस्तो प्रयास गरियो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ । त्यसो गरिएमा उनीभन्दा अघिका कतिपय कविहरू उदयानन्द अर्ज्याल, रघुनाथ, वसन्त शर्मा, यदुनाथ पोखर्‍याल इत्यादिको अवमूल्यन हुनेछ । कसैलाई दिइएको उपाधिले ऊ स्वयंलाई बोझ नहोस् र अरुलाई समेत असर नपुर्‍याओस् भन्नेतर्फ सोच्नु जरुरी छ । 

धेरैले आदिकविको विरोध गरेपनि स्वतन्त्र भएर आलोचना गर्नेमा 'भानुभक्त : एक समीक्षा' पुस्तकका लेखक हृदयचन्द्रसिंह प्रधानको नाम अग्रपंक्तिमा आउँछ । उनले मुख्यतः तीन कुरा उठाएका छन् । प्रथम स्वतन्त्र विचार वा कल्पना अथवा नेपाली ढंगको कल्पना वा नेपाली भाषाको प्रयोग समाविष्ट भएको दृष्टिमा हेर्ने हो भने 'श्री कृष्ण चरित्र' नै नेपाली भाषाको आदिकविता र यसका रचनाकार वसन्त शर्मालाई आदिकवि भन्नुपर्ने तर्क राखेका छन् जुन तार्किक र स्पष्टवादी छ । दोश्रो, पूर्ण मौलिक कवितालाई हेर्दा नेपालीभाषाको प्रथम मौलिक कविता 'स्तुतिपद्य' नै आदिकविता र यसका रचयिता यदुनाथ पोखर्‍याललाई आदिकवि मान्नुपर्ने धारणा राखेका छन् । तेश्रो, आधुनिक नेपाली भाषाको थालनी तथा वर्तमान नेपाली भाषाको रूपविन्दु भानुभक्तको रामायणदेखि सुरु भएको हो । आधुनिक रूपमा आउने भाषाको परिस्कृतिलाई लिएर अदिकविता र आदिकविको उपाधि दिइयो भने भानुभक्तलाई पन्छाएर लेखनाथ पौड्याललाई आदिकवि भन्न सकिने तर्क राखेका छन् । अझ अगाडि बढेर प्रधानले त भाषाकै परिस्कृतिलाई मात्र हेर्ने हो भने लेखनाथभन्दा बालकृष्ण सम र समभन्दा सिद्धिचरण श्रेष्ठलाई आदिकवि उपाधि दिनुपर्ने तर्क राखेका छन्  । यस कुराको पछाडि लाग्ने हो भने त आधुनिक समयमा अझ परिस्कृत कविता लेख्‍नेलाई नै आदिकवि मान्नुपर्ने हुनसक्छ र यो क्रम अझ उत्तरआधुनिक समयमा र यस सन्दर्भका कविहरूमा अझ बढी लागू हुने देखिन्छ । अन्ततोगत्वा प्रधान भानुभक्तलाई आदिकवि मान्नै नहुने बरु उनलाई 'आदि प्रतिनिधि कवि' भन्नुपर्ने प्रस्ताव गर्दछन् । (प्रधान, 'भानुभक्त : एक समीक्षा', पृ. ५३-५७, नेपाल आदर्श हाइस्कूल, २०१३ प्रथम संस्करण) ।

कुरा जता टुङ्ग्याउन खोजिए पनि हाल भइरहेको विवाद नेपाली साहित्यमा एकपल्ट उठेर सेलाइसकेको विवाद हो । नेपालमा चलेको दशकीय लामो जनयुद्ध र जनआन्दोलन ताका मात्र हैन मधेस आन्दोलनमा समेत धेरै सालिकहरू भत्काइए । सालिक भत्किनेमा सहिददेखि राजा, कवि, समाजसेवी र अन्य क्षेत्रका व्यक्ति समेत परे । हाम्रो संवेदनशीलताले के सम्म देख्यो भने तिनका सालिक असुहाउँदिला र भद्दा भइदिए । नेपालको एकात्मक र विभेदकारी राज्यव्यवस्थासँग सहिद, कवि, समाजसेवी आदिका टाउका वा सालिक फोडेर बदला लिन खोजियो । जस कार्यले विभेदकारी र निरंकुश राज्यसत्तालाई भन्दा हामीलाई बढी नोक्सानी भयो । भानुभक्त र विद्यापतिका सालिक तोडिए तर उनीहरूलाई कत्ति दुखेन किनकि, उनीहरू त नदुख्‍ने भइसकेका थिए । परिवर्तनका निम्ति तातो गोलीले समेत नदुख्‍ने सहिद तिनका सालिकमा हान्दा के डगमगाउँथे ! भानुभक्तलाई 'आदिकवि' भनिनु भन्दा ज्यादा नेपाली साहित्यमा कलम चलाउनु थियो र उनले त्यसै गरे । आलोचना सहनुपर्ने डरले कलम नचलाएका भए हालको नेपाली साहित्य र मैथिलीमा कलम चलाउने विद्यापतिले पनि आफ्नो मातृभाषामा कलम नचलाएका भए हालको मैथिली भाषा साहित्य यति समृद्ध हुने थिएनन् । 

भानुभक्तले नेपालीकरण गरेर नेपालका अन्य मातृभाषालाई उपेक्षा गरे भन्ने तर्क राख्‍ने हो भने विद्यापतिले पनि मैथिलीबाहेक थारु, अवध, भोजपुरी आदि साहित्यउपर त्यस्तै अन्याय गरेको ठहरिने छ । त्यतिमात्र नभएर अन्य साहित्यकार/लेखक जसले एक भाषामा लेख्छ उसको अन्य भाषाप्रतिको दायित्व पनि खोज्नुपर्ने आवश्यकता देखिन्छ । यदि यस्तो खोजी सुरु भयो भने को कुन भाषामा कति ज्ञाता हुन्छ र उसलाई आफूले जानेको भाषामा लेख्‍ने छुट हुन्छ, हुँदैन भन्नेतर्फ ध्यान दिनैपर्छ । नेपाली भाषाका प्रखर भानुभक्तले अन्य भाषामा लेखेनन् भनेर नेपाललाई भाषिक रूपले राज्य विस्तार गर्ने 'विस्तारवादी भानुभक्त' भन्न नमिल्ला । 
'चक्रव्यूह सञ्चेतना' भन्छ : समालोचना निरन्तरगामी परियोजना हो र यसभित्र छिरेपछि ऐकिकताको नजरले कृतिलाई नहेर्ने हो भने कृति वा समस्यालाई समाधानसम्म ल्याइपुर्‍याउनु असम्भवप्रायः छ । कुनैपनि कुरालाई एकै हेराइमा यही हो भनी ठोकुवा गर्ने प्रवृत्तिमाथि धावा बोल्ने चक्रव्यूह सञ्चेतनाको सिद्धान्तमा रहेर भानुभक्तको आदिकवित्वमाथि गरिएको बहसमा टुंगोमा नपुग्नुलाई निरन्तरगामी परियोजना मान्नुपर्छ । किनकि विवादसँगै उठेका प्रश्न र तिनका उत्तर निरन्तर बहस र समालोचनाले मात्र सम्भव छन्, ध्वंसले होइन । 

सन्दर्भ सूची :
  • त्रिपाठी, वासुदेव, 'कवि भानुभक्ताचार्यको उपाधि र आदिकवित्वको प्रश्न' पृ. ५१, जनपक्ष प्रकाशन, सिक्किम, ई. सं १९९७, प्रथम संस्करण । 
  • नेचाली, हस्त, 'कवि भानुभक्ताचार्यको उपाधि र आदिकवित्वको प्रश्न' पृ. ६०, जनपक्ष प्रकाशन, सिक्किम, ई. सं १९९७, प्रथम संस्करण । 
  • प्रधान, शिव (सम्पादक), 'बृहत् समालोचना' गान्तोक प्रकाशन सिक्किम, २०४५ प्रथम । 
  • प्रधान, हृदयचन्द्रसिंह, 'भानुभक्त : एक समीक्षा' पृ. ५३-५७, नेपाल आदर्श हाइस्कूल, २०१३ प्रथम संस्करण ।
  • शर्मा, बालचन्द्र, 'भानुभक्त' पृ. १२०, नेपाली साहित्य सम्मेलन, दार्जिलिङ, ई. सं. २०१३, प्रथम संस्करण ।
  • हाचेकाली सुरेश र अन्य... 'चक्रव्यूह सञ्चेतना र ऐकिक पद्दतिको समालोचना...', समष्टि, वर्ष२४, अंक-५ (२०६० चैत्र-वैशाख २०६१) कृषि विकास बैंक, काठमाडौं, पृष्ठ ४६-५१ । 

      -  पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग, त्रिवि कीर्तिपुर ।

Cinema : its reality and superficiality

।। Abhinaya ।।
I think even the casual comments about the alienation of Nepali films from its people and society demands modest arguments. The rupture of Nepali people with its one of most powerful and popular mode of expression is a painful and a tragic reality. Thus the blaming game on directors and audiences solves nothing but builds up a frustrating environment. And hardly anybody has come up with conciliatory works even small interactions programs between filmmakers and audiences are almost non-existent. Thus in this context I ‘m nowhere to provide any answers, even my questions stands on the fragile ground.

Why we don’t watch Nepali films, as an individual I can shrug off not only the answer but even the question. But if one tries to put it on reasonable grounds then his rationality would be severely tested. How can a Nepali person provide sound rationality or logic for not watching Nepali films? Which are based on Nepali society, uses Nepali language and presents its time, place and life on the screen? I’m not prepared to stand this trial, if you can please write to us.

And I haven’t till now come across around convincing arguments. I’m not saying that one has to accept and watch Nepali films because of our national connection. But our grounds for dissociation and avoidance needs certain tidiness otherwise we would be gullible to Nepali filmmakers accusations and indeed we would share equal guilt for Nepali film industry degradation.

One argument for not watching Nepali films is its superficial storyline and presentation. Critics of Nepali films generally do agree on this but before any further explanation on the nature of reality one had to differentiate between reality of the world and the reality of cinema world. Because latter’s primary existence and meaning is almost synonymous with virtual world; in a film people, places and environment do exists but it cannot live and survive inside it.

I mean its art after all which is buttressed by humankind’s supreme intelligence, means technology. But at the end cinema world is the highest form of artistic expression. Thus any cinema or every film in a way repeats the act of every poem, painting and other artifacts. It express or helps a person or group of it to create a meaningful objects like poem, story, song etc by using cultural and socially available materials like language, colors, other tools and lastly technology.

So if one tries to reason his avoidance of Nepali films on the grounds of it being superficial or ‘unreal’. Then he must consider at least try to bring together reality, expression and creation in one place. And dare to look at it, it could be like bringing tiger, dove and a butterfly in a same place or may be a different story.

Lastly I want to discuss on the ‘reality of other cinema’ and its portrayal of the life-world. But I would do it as a ‘landlocked Nepali citizen’. The realism of cinema world is almost a western creation. And if we go further it is build around the concept of individualism. In western cinema world the artistic expression is build around ‘how does an individual act or react’. And this individual is one whose ties with communal society, religious society and with family are on loosening ends. He/she is not a member like us from a caste world, from a Tol, from a certain cultural and religious world. They are a western is guy, a pure city guy, Whose ultimate relation is with the state. For they, world is a part of the universe, governed by scientific laws. He/she constantly too try to read the world around them in same way, and thus the trouble begins and realism develops, in art and the cinema world.

I don’t want to preach much but what reality we are searching on our cinema world and in ourselves. I think it’s time to search it on our western films and in our Nepali films.

लेख्‍नुपर्दोरहेछ...


।। प्रभाकर गौतम ।।
लेखनप्रति आकर्षण भएर पनि अहिलेसम्म अपवादमा बाहेक केही लेखेको छुइनँ मैले धेरै कारणमध्ये लामो समयसम्म 'राम्रो अध्ययन' बिना के लेख्‍न सकिएला भन्ने डर नै हावी रह्यो जस्तो लाग्छ  (आलस्यलाई बिर्सने हो भने ) तर अहिले आएर लाग्दैछ, लेखाइको सम्बन्ध अध्ययनसँग भए पनि लिखित सामग्रीहरू ज्ञान मात्र नभएर अभ्यासका उपज पनि हुन् हामीले पढेका सबै कुरा लेख्‍न सम्भव हुँदैन लेख्‍ने आखिर बुझेका, बुझे जस्तो लागेका बुझ्न चाहेका कुरा नै रहेछन्

लेखनका पनि विविध विधा हुने भएकोले सबै कुरामा अध्ययनमै निर्भर हुनु पर्दैन मान्छेको स्वानुभव कल्पनाकै आधारमा पनि लेख्‍ने कुरा धेरै छन् त्यसका लागि चाहिने आधारभूत कुरो अभ्यास हो पढ्दैमा लेख्‍न आइहाल्ने हुँदैन रहेछ त्यसैले धेरै पढेपछि मात्रै लेख्‍न सकिन्छ भन्ने मेरो धारणा गलत लाग्छ अहिले बरू लेख्‍ने क्रममा प्रशस्त प्रश्नको सामना गर्नुपर्ने भएकोले लेख्‍ने अभ्यास सुरू गरेपछि पढाइमा अझ प्रष्टता ल्याउँदोरहेछ त्यसैले लागेको हो, लेख्‍नुपर्दोरहेछ

सबैलाई थाहा लेख्‍नुका अनेकन फाइदा छन् तर नियमित लेख्‍ने विषय चाहियो, अनि आफ्नो लेखाइ जाँच्ने परिचित तथा अपरिचितहरूको प्रतिक्रिया पनि सिक्दै गर्दाका सबै कुरा प्रकाशन योग्य हुँदैनन्, न त वैचारिक स्पष्टता नै हुन्छ लेखाइमा त्यसैले लेखन अभ्यासको निम्ति यतिखेर मलाई ब्लग नै सबैभन्दा उपयुक्त टुँडिखेल लागेको छ, सूचना-प्रविधिको द्रुततर विकास भइरहेको यस समयमा स्वतन्त्रता सहज पहुँचका कारण त्यसैले पनि ब्लगको संसारमा प्रवेश गर्दैछु ।

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes