कविता

मसान राज्य
सुरेश हाचेकाली


राष्ट्रिय 'हेयरलुम' जस्तो मानेर
यो सृजनशील अधिराज्यमा
हामीले शताब्दीयौंसम्म
रक्तपिपासु, स्वेदपिपासु
बीरमसानको खलनायकत्व
शिरोपर गरेर मौन हिडिआएछौं ।

यी समसामयिक मान्छेहरूसँग
आधुनिक स्पन्दन
र आदिम धुकधुकी
दुवै छ

तर पनि
एक्काइसौं शताव्दीको छकालमा
यी जीवन्त मान्छेहरूमाथि
किन शासन गर्छन्
यी 'डेट एक्स्पायर्ड' मसानहरू ?
बिना टाउकोका मसानहरूले
हाम्रा दर्जनौ पुस्ताहरू फटाइदिए
नाङ्गै, भोकै र रोगी भएर
हामी युरो-अमेरिकी उत्तरआधुनिकता घोकिरहेछौं ।
यो आकुलव्याकुल
काकाकुल कर्मभूमिमा
मुरीमुरी रगतपसिना पोखिएको छ
यहाँ,
मान्छेका शरीरबाट पोखिएको
रातो रगतका भूमिगत तलाउहरू छन्
यहाँ,
मान्छेका जीवन्त निधारबाट पोखिएको
नीलो पसिनाका गहिरा पोखरीहरू छन्
यी पोखरी र तलाउहरूमा
मसानको बडेमान जनसंख्या
ग्रीष्मकालीन जलबिहार गर्दछ ।


२९ चैत्र, २०६२

Lost shadow


Rajju Dangol
Srijana College of Fine Arts, Kathmandu


Night! Oh night! Oh mighty night!
The shadow you create from the flashing light
Light so radiant and blinking so bright
I’ve lost my outline; it’s out of my sight

It’s vanished, it’s gone; can you find it for me?
My existence is dwindled; can you hold it for me?
I’ve searched it everywhere but cant somehow
I was something before but nothing am I now

I dreamt, I ate, and shared with it
I felt, I sensed and cared with it
I laughed; I smiled and cried with it
I walked; I spoke and lived with it
I’m sick and would be cured with it

Make magic, lure it, do anything you can
Convince it, persuade it say anything you can
Say that without it it’s missed by its man
With it alongside; only then could he stand.

पुस्तक समीक्षा

'दुख्ने घाउ' अनि 'छातीमा टाप'

तीर्थ विष्ट

मार्टिन चौतारीमा अङ्‍ग्रेजी महिनाको हरेक पहिलो आइतबार साहित्यिक कृतिमाथि छलफल हुन्छ । यो महिनाको आइतबार कथाकार अमोद भट्टराईका दुई वटा कथासङ्‍ग्रह मसित पनि दुख्ने घाउ छछातीमा टाप राखेर छलफलका लागि छानिएका थिए । ४३ वर्षीय कथाकार भट्टराईका तीन वटा कथासङ्‍ग्रहहरू प्रकाशित छन् । उनको हस्ताक्षर नामक कथासंग्रह करिब २० वर्ष पहिले प्रकाशित भएको थियो । दोस्रो कथासङ्‍ग्रह मसित पनि दुख्ने घाउ छ २०५२ सालमा प्रकाशित भएको हो । साझा प्रकाशनले २०६४ सालमा यसको दोस्रो संस्करण निकालेको छ । अर्को सङ्‍ग्रह छातीमा टाप राखेर वाणी प्रकाशन, विराटनगरले २०६२ सालमा प्रकाशन गरेको हो । यसरी हेर्दा उनको एक दशकमा एउटा सङ्‍ग्रह प्रकाशित भएको देखिन्छ । मार्टिन चौतारीको यही कार्यक्रमले नै मलाई धेरै पहिले प्रकाशित यी कथाहरू पढ्‍ने वातावरण बनायो ।

"प्रस्तुत सङ्‍ग्रहका सम्पूर्ण कथाहरू विदेशको भ्रमण अनुभवमा आधारित भएकाले ती कथाहरूमा कथाकारको अर्न्तअनुभूति, संवेग तथा निश्चित दृष्टिकोणका साथै राष्ट्रिय भावना पनि व्यक्ति भएको छ ।" यो उद्धरण 'मसित पनि दुख्ने घाउ छ' मा साझा प्रकाशनको प्रकाशकीयको हो । तर कथाकार भट्टराईले भने- "मैले कुनै पनि देशको भ्रमण नगरी यी सबै कथाहरू लेखेको हुँ ।" साझा प्रकाशनले १२ वर्षपछि दोस्रो संस्करण निकाल्न लाग्दा आफूले त्यसबारे जानकारी गराउँदा पनि गल्ती नसच्याएको उनले बताए । पुस्तकभित्र कुनै परिवर्तन नगरी निकाल्दा पनि त्यसलाई पुनर्मुद्रण नभनेर दोस्रो संस्करण, तेस्रो संस्करण आदि लेख्ने चलन छ । यो त पाठकलाई भ्रममा पार्ने ठूलै गल्ती हो साझा प्रकाशनको, तर किन थाहा पाएर पनि सच्याउन आवश्यक ठानेन ? मैले पनि आफूलाई यही भ्रममा राखेर कथा पढेको थिएँ । हुन पनि विदेशी परिवेशको चित्रण हल्का रूपमा गरिए पनि कथामा आएका पात्रको नाम, सामाजिक व्यवहार र संस्कृति तथा कथाको विषयवस्तुले गर्दा कथामा काल्पनिकताको कमी र वास्तविकताको चित्रण भएको जस्तो लाग्छ र यसले गर्दा कथा केही हदसस्म विश्वासिला पनि लाग्छन् । यात्रा साहित्य वा संस्मरणात्मक निबन्ध नाम दिइएका केही नेपाली साहित्य पढ्‍दा यात्राका नालीबेली हुन्थे, सम्झनाका थुप्रै कथा, व्यथा र रमाइला क्षणहरूको लामो वर्णन हुन्थ्यो । तर भट्टराईका कथाहरूमा धेरै कुराको बयान छैन । शैली संस्मरणात्मक भएर पनि घटना र पात्रहरू सीमित छन्‍ । कथाहरू केन्द्रित भएका छन्, एउटै कुरामा, एउटै विषय र उद्देश्यमा । मैले शङ्‍कर लामिछाने, अभि सुवेदी, खगेन्द्र संग्रौला जस्ता साहित्यकारहरूका कतिपय निबन्ध र लेखमा समेत भट्टराईका कथामा जति पात्र तथा आख्यानात्मकता पाएको छु । निबन्ध र कथालाई कुन आधारमा छुट्‍याउने, विषय, आख्यान, भाषाशैली, परिवेश वा साहित्यकारले आफ्नो रचनालाई जे नाम दिन चाहन्छन् त्यही भन्ने ? अथवा यो उत्तरआधुनिक जमानाका उत्तरआधुनिक साहित्यलाई पुरानो ढकतराजु प्रयोग गरेर नाप तौल गुर्नुहुन्न ? अवश्य पनि कानुन र संविधानमा जस्तो साहित्यमा सीमा तोकिनु हुन्न । प्रधानमन्त्रीको काम, कर्तव्य र अधिकार जस्तो कथाकारको व्यवस्था साहित्यमा हुनुहुँदैन । तर हामीले सम्पूर्ण साहित्यलाई एउटै नाम दिन सक्दैनौँ । मार्टिन चौतारिको उक्त कार्यक्रमका दुई समीक्षकमध्येका एक गोविन्दराज भट्टराईले भने- "यो समस्या अहिले मात्र आएको होइन ।" बालकृष्ण समको 'बर्दहामा सिकार' लाई कसैले निबन्ध र कसैले कथा मान्ने गरेको कुरा उनले सम्झाए ।

मसित पनि दुख्ने घाउ छ भित्र समेटिएका सबै (नौ वटा) कथाहरू विदेशी परिवेशमा लेखिएका छन् (ती कथामा नेपाली परिवेश पनि आएका छन्) । ती सबै कथामा एउटा प्रमुख पात्र नेपाली छ । यसमा भारतको परिवेशमा दुई र जापान, चीन, अमेरिका, सुडान, जर्मनी, रुस र बेलायती परिवेशमा एक-एक वटा कथाहरू छन् । त्यसरी अर्को सङ्‍ग्रह छातीमा टाप राखेर मा समेटिएका नौ वटा कथाहरू मध्ये पाँच वटामा विदेशी परिवेश तथा पात्रहरू आएका छन् । यी दुई सङ्‍ग्रहका १८ वटा कथाहरू मध्ये १४ वटा कथाहरू विदेश र विदेशीहरूसँग सम्बन्धित छन् । सीमित नेपाली पात्रहरू ती कथासँग जोडिएका छन् । धेरै कथाहरू प्रथम पुरुष दृष्टिविन्दुमा लेखिएका छन् । संस्मरणात्मक शैली हावी भएका यी कथाहरूका घटना तथा पात्रहरू विश्वासिला बनाउन खोजिएको छ । 'औलाको आँखा' र 'साङ्‍ग्रिलाको खोजी' र 'पूर्णमाया हराई' शीर्षकका दुई वटा कथाहरूमात्र स्वैरकाल्पनिक छन् । तर ती कथाहरूमा पनि वास्तविकतालाई उजागर गर्न त्यस्तो शैली प्रयोग गरिएको देखिन्छ । केही कथाहरूमा काल्पनिकता र नाटकीयता पनि पाईन्छ तर त्यस्ता कथा थोरै छन् । विदेशी परिवेश र पात्रहरू भएका सबै कथामा नेपाली पात्रलाई विदेशमा पढ्‍न गएको विद्यार्थी, आईएनजीओको कार्यकर्ता, अन्तराष्ट्रिय कार्यशाला, गोष्ठी आदिमा कार्यपत्र प्रस्तुतकर्ता वा अनुसन्धाताको रूपमा प्रस्तुत गरिएको छ । त्यस समयमा नेपालीहरू ती देशहरूमा त्यस्तै काम गर्न जाने भएकोले पनि ती पात्रहरू जीवन्त लाग्छन् । ती कथाका नेपाली पात्रको जस्तै केही कामको अनुभव कथाकारको आफ्नै भएको र धेरै कथाका त्यस्ता पात्रहरूसँग लेखकको सङ्गतको प्रभाव भएको उनले कुराकानीमा बताए । अझ कुनै कुनै कथामा त नाम मात्र फेरिएको एउटै पात्र झैँ लाग्छ ।

छातीमा टाप राखेरले मलाई रेडियोमा धेरै पल्ट सुनेको 'मुटुमाथि ढुङ्गा राखि हाँस्नु पर्‍या छ ...' गीत सम्झायो । अर्को सङ्‍ग्रहको नाम नै मसित पनि दुख्ने घाउ छ छ । सङ्‍ग्रहको शीर्षकको कुनै कथा सङ्‍ग्रहभित्र छैन । सङ्‍ग्रहको शीर्षकले सबै कथालाई प्रतिनिधित्व गर्न खोजेको छ । प्राय: सबै कथाहरूमा नेपाललगायत विभिन्न देशका मान्छेको घाउ देखाइएको छ । भोक, रोग, गरिबी र द्वन्द्व नै कथाका प्रमुख विषय हुन् । कथाकारले ती देशको भ्रमणै नगरी त्यहाँको कथा कसरी लेखे त ? धेरै पाठकमा यस्तो जिज्ञासा आउन सक्छ । कार्यक्रममा सहभागी हुनेले पहिलो प्रश्न नै यही गरे । कथाकारले त्यस देश, ठाउँ र विषयको अध्ययन र जानकारहरूसँग कुराकानी (अन्तरवार्ता) गरेको बताए । त्यसपछि केही सहभागीले अध्ययन र कल्पनाको आधारमामात्र लेखिएको भए यी कथाहरू झन राम्रा छन् भने । दुई वटा सङ्‍ग्रहमा चारवटा कथाहरू मात्र पूर्णरूपमा नेपाली परिवेश र पात्रहरूमा आएका छन् । तर पनि उक्त कार्यक्रमका सहभागीले ती कथाका बारेमा जिज्ञासा, प्रश्न र असहमति जनाए । कर्णाली क्षेत्रको भोकमरीको विषयमा लेखिएको 'भोक' कथामा सहभागीहरू तथा समीक्षक श्रीधर गौतमले त्यहाँ भोकमरी भए पनि घटना त्यस्तरी हुँदैन भनेर असहमति जनाउँदा कथाकारले त्यो कथा कान्तिपुर दैनिकमा छापिएको समाचारमा आधारित सत्य घटना हो भने । त्यसपछि अर्को एक सहभागीले नेपाली साहित्यकारहरूको एउटा समाचारको भरमा कथा लेख्ने र समाचार पढेकै आधारमा उपन्यास लेख्ने प्रवृत्तिको आलोचना गरे । सायद विदेशी परिवेशमा कथा लेख्दा अध्ययन गरे जति उनले नेपाली परिवेशमा कथा लेख्दा गरेको भए यसरी आलोचना गर्ने ठाउँ कम हुने थियो होला । समीक्षक गौतमले 'नयाँ कथा अन्तिम कथा' को शीर्षकमा असहमति जनाए । उनले यस्तो कथा के गरी नयाँ र अन्तिम हुनसक्छ भन्ने प्रश्न गरेका थिए । यो कथा डान्स रेस्टुरेन्टमा काम गर्ने वेटरको विषयमा छ । विदेशी परिवेश र कथामा उठाइएका विषयमा सहभागीहरू कम जानकार भएर नै नेपाली परिवेशका कथामा मात्र बढी टिप्पणी भएको हुनसक्छ । नेपाली परिवेशमा लेखिएका कथा म जस्तो पाठकलार्इ खल्लो लागे झैँ विदेशी पाठकलाई उनीहरूको कथा त्यस्तै लाग्ला कि ?

'स्वयंसेवक' शीर्षकको कथा सुडानको भोकमरीको बारेमा छ । बजारमा सुनका गहनाहरू बाहिर पट्टी नै झुन्ड्‍याएर बेच्न राखेको देखेर 'म' पात्रले त्यस्तो गर्दा डर हुँदैन भनेर सोध्छ । उत्तरमा पसले भन्छ- "महासय हामी खानाबिना नै मरेकालाई यी गहनामा किन लोभ हुन्थ्यो र !" त्यसैगरी अफ्रिकी देश जस्तै चीनको एक ठाउँमा खाद्यान्न अभावले कुपोषित, हातगोडा सुकेका भुँडी पुट्ट उठेका, मानवाकृति बिगि्रएका केटाकेटीको बयान म पात्रले गर्दा मैले कर्णाली प्रदेशका सरदर आयु ४०-४२ मात्र भएका नेपालीहरूको कथा पनि यसमा होला भन्दै पढ्‍न थालेँ । अर्को सङ्‍ग्रहमा कर्णालीको भोकको बारेमा लेखिएको कथा त आयो तर एउटा समाचारलाई आधार बनाएर लेखिएको अलि बढी नाटकीय र काल्पनिक लाग्ने । नेपाली सामाजिक अवस्थाको विभिन्न पक्षलाई विषय बनाएर लेखिएका कथा पढ्‍ने रहर भने मेटिएन, ...।

'दलन' प्रिमियर सोका केही दृश्यहरु

जेठ ३१ शुक्रबार साँझ ४ बजे टेलिश्रृंखला 'दलन' को प्रिमियर सोका पाहुनाहरु
दलनका मुख्य पात्र हरि र टुल्कीलाई गाउँ निकाला गर्ने तरखरमा


चारपाटा मुडेर भेरी खोला कटाएपछिको दृश्य

कथा



खेद
रश्मि शीला
बाहिरबाट 'आईया' भन्ने ठूलो स्वर सुनेपछि, मेरो त सातो नै उड्‍यो । स्वर रश्मिको जस्तै थियो... 'कसैले हान्यो कि, गाडिले पो ठक्कर दियो कि, लडिन कि, माथिबाट केहि खसेर लाग्यो कि' यस्तै यस्तै कुराहरु सोचर म दौडेँर बाहिर । रश्मि भुईमा थचक्कै बसेकी थिईन् । उनको वरिपरि मान्छेहरु 'के भो, के भो ?' भनेर कराउदै उभिएका थिए । उनको नजिक हुरीं झै गरी पुगेँ म । हातमा गाढा पाँच प्वाल थिए र रगतको भेल बग्दै थियो ।'


ओई रश्मि ! के भो ?

कुकुरले टोक्यो ।

कुन कुकुर ? कस्को कुकुर ?

त्यही तलको देवी दिदीको पसल छेउको भुस्याहा कुकुर छ नि ...।


उनले यति के भनेकी थिईन मेरो त पारो चढ्‍यो बा पनि पछि पछि आउदै हुनुहुन्थ्यो, उहाँ पनि जङ्गिनु भो र मलाई माथिबाट लट्‍ठी ल्याउन भन्नु भो । माथिबाट मैले पनि यति मोटो लठ्‍ठी र फलामको रड निकालेर लगेँ ।


'आज त त्यसलाई छोड्‍दै छोड्‍ने छैन,'


तल पुग्दा बा त परै कुकुर खोज्दै हुनुहुँदो रहेछ, लट्‍ठी बालाई दिएर नजिक बसेका र ढुङ्‍गे धारामा पानी भर्न आएकाहरूलाई सोध्न थाले, 'खोई, त्यो कुकुर कता गयो ? कहाँ भाग्यो ?' 'उ त्यो घरमा पसेको छ ...' त्यहीँ नजिकै उभिएको एक फुच्चेले बोले । बा र म घरभित्रै छिर्‍यौँ, छिँडीमा मज्जाले सुतेको रहेछ । बाले ड्‍याम्म ! पारेर कुकुरको ढाडमा बजार्नुभयो । कुई..., कुई..., कुई... गर्दै कुकुर जुरुक्क उठ्‍यो । त्यसपछि त के थियो र ! मैले रडले र बाले लठ्‍ठीले ड्‍याम ड्‍याम जता पर्‍यो त्यतै हान्न थाल्यौँ । मैले त के हाने र, बाले हानेको पो... यति जोडले हान्दै हुनुहुन्थ्यो कि के भन्ने । एकै क्षणको चुटाईपछि त्यो कुकुर खुट्टा लङगड्‍याउँदै र खोच्याउँदै छेउको कोठाभित्र छिर्‍यो । कुकुरको कुई...., कुई ....आवाजले ती मान्छेहरु पहिले नै डराएर बसेका थिए, अनि झन् हामीले त्यसलाई रगताम्य हुनेगरी पिटेको देखेर उनीहरु पनि 'आ !' 'आम्मै !' 'अबुई !' भनेर चिच्याउन थालेका थिए । कुकुर चल्नै नसक्ने गरी लडेपछि हामीले त्यसलाई बाहिर घिसारेर ल्यायौँ । त्यति बेला बल्ल मैले थाहा पाएँ कि राहुल पनि हामीसँगै लट्‍ठीले हान्दै रहेछन् । कुकुर छट्‍पटाउँदै थियो । नछट्‍पटाई मरोस् भनेर त्यसलाई मैले टाउकोमै चार-पाँच जोड लगाएँ । एकै छिनको छटपटाहटपछि त्यसको शरीर शान्त भो र हामी घर फर्कनतिर लाग्यौँ ।


त्यस रात खाना खान मन लागेन । सिधै आफ्नो कोठामा छिरेँ, रश्मिको हातको घाउ र हामीले त्यसपछि गरेको काम झलझल हुँदैथ्यो । आवेशमा जे गरेँ राम्रो गरिन भन्ने त्यो भावनाले भतभति छाती पोल्दै थियो । म कुकुर भनेपछि हुरुक्कै हुने मान्छे । कसैले कुकुरलाई ढुङ्गा मात्र हान्दा पनि गाली गर्ने म नै हुन्थेँ । भुस्याहा कुकुरलाई पाउरोटी, बिस्कुट किनेर खानदिने, उनीहरूसँग जिस्कन, चल्न पाउँदा संसारै भुल्ने पनि म नै थिएँ । आज त्यही माया गर्ने हातबाट, बोल्न पनि नसक्ने एक असहाय भुस्याहा कुकुरको हत्या भो । जब म त्यस कुकुरलाई मारेर घर फर्कंदै थिएँ, मेरा दुबै हातमा रगत लागेको थियो । कति आत्मग्लानी भएको छ... दुखी छु कि मबाट यस्तो काम भो तर अब के... !

Status of agriculture in Nepal

Rebati Ram Poudel (Chetan)

Nepal is an agro-based country whose 70% citizen still relies on the agriculture as the major source of income. Even though majority of the citizens have occupation as farmer, many of them don't even possess their own land i.e. needless to say they are landless. Agriculture is that factor field which is most responsible for economic growth in our country. Till 2006 agriculture itself held 39.5% of the total economy while looking into the indicator of G.D.P. This means still now agricultural sector covers more than one third of the total national economy. If only we could concentrate upon the new approaches for systematic and scientific agricultural system then our national economy growth would reach a greater height. This would ultimately solve the poor economic condition of our citizens and later prosperity would prevail.

There has always been much neglect regarding the agricultural sector for ages. Realization of better country's economy with prosperous agricultural sector is there but unwillingness to act upon it is a problem. Farmers of more than 60% of the fertile land have unheard the irrigation facility yet and still depend upon rain water for cultivation. Lack of proper education or training, farmers apply same old fashioned way of farming that yields less than that with new techniques. Some where fertilizers are used in excess manner whereas some where they are insufficient. Management of the harvested crop has been one of the prominent problems for the farmers. If there be no market there would be no sell which ultimately leads to no economic gain. Orchards of Humla and Jumla are inaccessible for the people of Kathmandu due to no proper transportation facility resulting to rotting of those products. Some farmers don't have lands for their own to cultivate whereas some have unlimited lands that are left barren. Thus, there happens to be many problems in the agricultural sector that had to be addressed by the government.


Budget for fiscal year 2063/64 was announced last year. It was expected that this budget would make every citizens of Nepal believe that they are really in different and new stage than before. New and prosperous life would be entertained by people of new Nepal; addressing would be done by the new government especially for deprived groups, regions or sectors, but the dream went wrong. Neither was there any provision for revolution in land services nor was there any new approach for betterment of the sector and people. Only indirectly affecting factors had been introduced that would just touch the hair of agriculture. This act have really outspoken a bitter truth that the country had never been serious towards this sector before and would never be better in future if the budget follows the same trend. Thus, it does suffice to say that the budget has totally excluded agricultural sector for this year.

Why has this unfair act been seen or felt by the majority of the citizens? Answer lies within the concept of globalization and liberalization which has been tried to be introduced in our country as well. But with the fact that the country has many poor people than rich, globalization in the present context would be lethal for our country; this would only make our economic condition more and more worse by making greater and greater barrier between rich and poor which might burst like it did in people's war for 12 years. Until and unless majority of the citizens become capable of having access to each and every basic facilities, striking the right or core point i.e. revolution in agricultural system has to be considered seriously. Then only our country will have greater breakthrough in economic growth and who knows it might reclaim its pride of once being one of the prosperous countries in the world.


Hence, budget has to be reconsidered and a reform in agriculture and better provisions has to substitute other vague and less important sectors.

कविता

उत्खनन
श्रवण मुकारूङ

कसले पत्ता लगायो अमेरिका
- कोलम्बसले ?
कसले मुक्त गरायो भारत
- गान्धीले ?
अथवा-
कसले रच्यो महान् चीन
- कन्फ्युसियसले ?
-माओत्सेतुङले ?

अहँ ! कदापि मान्दिनँ म ।

कसले उभ्यायो धरहरा ?
कसले बनायो घण्टाघर र रानीपोखरी ?
कसले लड्‍यो नालापानी ?
अथवा-
कसले आर्ज्यो यो मुलुक ?

यो माटोभित्र उम्लिरहेको रगतको आवेग
-कसको हो ?
यो महलको चोटा-चोटाबाट आइरहेको पसिनाको गन्ध
- कसको हो ?
यी दरबारका भव्य झ्याल-ढोकाहरूमा
-कसकसका हातका रेखाहरू छन् ?
यी मन्दिरका मूर्ति र गुम्बाका गजुरहरूमा
-कसकसका औँठाका शङ्‍ख-चक्रहरू छन् ?
एक-एक खुट्‍याउनु छ -इतिहासको खुनी अनुहार
चिन्नु छ, -
को हो असली निर्माता ?
को हो असली शहीद ?
को हो असली नेता ?
को हो असली कवि ?
कुन हो असली गीत ?
साभारः जीवनको लय

Hellow! Icarus

Lucid Boy (Santosh sagar)

There
your love is like sun
Here
my love is like Icarus
Innocent, me
like Icarus, going to die soon!
Hellow! Hellow! Hellow!
Icarus
I'm talking to you
didn't you know that
the wax will melt
and death belongs to you?
Icarus
you reached near to the sun
but
never share your feelings
how much you enjoy
every drop of the melting wax
belongs to the death of Icarus
Oh! Icarus,you are great!
for the personal joy
you scarified your life
you may not be suffered
when you splash into the sea
Icarus,
for your death and ambition
I would like to salute
I would like to salute.
Lucid Boy

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes