गजल

संघर्ष - शून्य

संघर्ष: नारीदिवस कार्यक्रम छ भन्दै झर्याथ्यौ
म'निसँगै जान्छु भन्दा आँखा तर्याथ्यौ

शून्य: साङला, सिक्री, हत्कडी र नेलमा पर्याथ्यौ
चुँडाउँ भन्दा उल्टै त्यसमा गर्व गर्याथ्यौ

संघर्ष: सीमा/बन्धनमुक्त यो प्रेमको सौगात भन्दै
गला पोते सिउँदो अनि सिन्दूर भर्याथ्यौ

शून्य: बाहिर काम तिमी गर भाँडा मै माझूँला भन्दा
हैन हजूर हुन्न भनी अघि सर्याथ्यौ ।

गजल

कवि किनारा, सर्लाही

तिमी कहिले व्यवहारिक हुने
भन त कहिले वैचारिक हुने ?

चञ्चल चित्त अस्थिर सोच तिम्रा,
लौ न कहिले आधिकारिक हुने ?

सिकाउनु छ तिमीलाई धेरै कुरा,
ए बाबा कैले पारिवारिक हुने ?

चलिहाल्छ यसै भनेर'नि हुन्छ !
हैन साँच्चै कैले सांसारिक हुने ?

बहानामात्रले कति चल्छ होला
भएन बेला औपचारिक हुने ?

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes