जनकराज सापकोटा
राजधानीको वर्णपटमाथि उभिनुको भ्रम पालेर
मात्तिएको छ, सिङ्गो काठमाडौँ
यो भाले काठमाडौँ
यो पोथी काठमाडौँ
यो सहवास गरेरै सिङ्गै युग बिताइदिन्छ
अलिकति भ्रमजस्तो
अलिकति यथार्थजस्तो
बुढो भए पनि आँखाभरि वैश पालेर बसिदिन्छ
यहीँ कहीँ कतै
तानिरहेछन् एक हुल दुर्योधनहरू
द्रौपदीको साडी
हीँ कहीँ कतै
गाइरहेछन् एक हुल मानिसहरू
राष्ट्रियताको गीत
यो सङ्गति हो कि विसङ्गति ?
बेपरवाह, बेमतलव
राजधानीको जामा पहिरिएर
बाँचिदिन्छ सिङ्गो काठमाडौँ
सहरभरि थुप्रिएका सबै भ्रमहरू
उत्तर-आधुनिक यथार्थहरू हुन्
सहरभरि थुप्रिएका सबै मिथकहरू
उत्तर-आधुनिक जीवनहरू हुन्
जे भएपनि जस्तो भएपनि
सबैलाई गम्लङ्ग अँगालो मारेर बसिदिन्छ
यो भाले काठमाडौँ
यो पोथी काठमाडौँ
यो नपुँसक काठमाडौँ
गीतानगर, चितवन,
हाल: काठमाडौँ
janak_rasa2000@yahoo.com
गीतको कथा- ‘आज भेडाबाख्रा कता लाने’ (गणेश रसिक)
5 months ago



Sunday, August 10, 2008
कैलाश
Posted in: 
2 :: प्रतिक्रिया:
बरा ! काठ्माण्डौ
कतिलाई मुसारेर सकोस
काठ्माण्डौमा छु को फुर्ती
टाढा टाढा गाउँमा देखाउंदै
काठ्माण्डौको हुर्मत लिन
दिनका दिन थानकोटबाट
मान्छेको हुल छिरेको छ
आफैं प्यासी बिचरो काठ्माण्डौ
बाग्मति पनि सुकेको बेला
क कस्को तिर्खा मेटेर सकोस्
मान्छे - छोड्दैन छिर्न काठ्माण्डौ
र छोड्दैन लेख्न काठ्माण्डौ साह्रै गन्हाउंछ
एक घण्टा बिताउंदा खुला मंचमा
एक भारी फोहोर छाडीराखेर
नाक थुन्दै भन्छ छि छि काठ्माण्डौ
आफैं निसासिएर उकुशमुकुश
छट्पटिएको काठ्माण्डौले
कतिजनाको स्वास फेरेर सकोस
धन्न थेगेछ भन मलाई
र स्वाश फेर्न देउ
बरा ! काठ्माण्डौलाई
यदियनमुरी मुरी धन्यवाद छ दीपकजीलाई । यो काठमाडौ भन्ने कविताले समेटेको भावलाई अर्को पाटोबाट पनि नियाल्नुपर्ने कुरालाई मनन गर्दै गहकिलो टिप्पणी दिनुभएकोमा ।
कलेजकलम समूह
Post a Comment