संस्मरणमा फिल्म हेराइ

 प्रभाकर गौतम
               
                                                                                                   

फिल्म हेराइका मेरा थुप्रै सम्झनाहरु छन् जुन आजको आँखाबाट हेर्दा रोचक लागिरहेछ । यस संस्मरणमा मैले अपरिक्व उमेरमा व्यावसायिक फिल्म हेर्दाका अनुभवको मात्र चर्चा गरेको छु ।

मेरो जीवनमा चलचित्रका दृश्यहरुलाई जसरी देखाइन्छ उसरी नै ग्रहण गर्ने र सबै कुरा सत्य भएको भान हुने समय पनि थियो भनेर आज पत्याउन गाह्रो लागिरहेछ । तर यो सत्य हो । सायद मेरो जस्तो सोचाइ र अपरिपक्व बुझाइबाट सबै गुज्रन्छन् होला । म पनि गुज्रिएँ, र नै धेरै पटक कलाकारसँगै रोइयो÷हाँसियो ।
फिल्मप्रति विचित्रको आकर्षण हुन्छ धेरै मान्छेमा । ममा पनि थियो र अद्यापि छ । पहिलो चोटि कैले र कुन फिल्म हेरेँ सम्झन सकिरहेको छुइनँ । नेपालमा टेलिभिजन आगमन हुनुभन्दा केही वर्ष अघि जन्मेकोले अनुमान चाहिँ गर्न सक्छु, मैले पहिलो पटक कुनै हिन्दी फिल्म नै हेरेँ र त्यो पनि सिनेमा हलमा गएर । स्याटेलाइट/डिस टिभीको आगमनपूर्व फिल्म हेर्नका लागि कि सिनेमा हल नै पुग्नु पथ्र्यो कि त भाडामा डेक ल्याएर हेर्नुपथ्र्यो ।

मेरो जन्मथलो विराटनगरमा हिमालय टाकिज, जलजला हल र अरुण सिनेमा नामका तीनओटा सिनेमा घरहरु थिए । सबै सिनेमा घरमा हिन्दी फिल्म बढी चल्थे । त्यसबेलाको फिल्मको प्रचार–प्रसार शैलीले मलाई निकै तान्थ्यो । फिल्म परिवर्तन हुनासाथ कुनै रिक्शा वा गाडीमा फिल्मको पोष्टर टाँसेर दुई÷चार जनाको समूह माइकिङ गर्दै हिड्थ्यो । नयाँ फिल्म लाग्दा होस् वा कुनै फिल्मले एक हप्ता पूरा गर्दा ‘भव्य सफलताका साथ चलिरहेछ ...’ भन्दै उही शैलीमा विज्ञापन गरिन्थ्यो । हाम्रो घर (डेरा) सडक किनारमै भएकोले म हम्मेसी यो अवसर छुटाउँदिन थिएँ । तर त्यसबेला फिल्मको पोष्टर हेर्नु जति सजिलो कहाँ थियो र फिल्म हेर्न ? त्यो आप्नो बसको कुरा थिएन ।

तैपनि फिल्म हेर्ने अवसर कसोकसो जुरिहाल्थ्यो । दिदीहरु फिल्म हेर्न जाँदा अक्सर मलाई साथी लैजानु हुन्थ्यो । फिल्म हेर्न पाउनु नै ठूलो कुरा भएपनि मलाई मारधाडवाला फिल्म मात्र जच्थ्यो । कुनै फिल्ममा फाइट आएन भने निकै बोर लाग्थ्यो । यस्तै एउटा फिल्म थियो ‘आखिर क्यो ?’। राजेश खन्ना र स्मिता पाटेलले अभिनय गरेको त्यो फिल्म हेर्दा म हलमै निदाएको थिएँ । कारण प्रष्ट छ, त्यसमा कुनै फाइट थिएन । फाइट गन्ने पनि मेरो गजबको काइदा थियो । ‘औलाद’ भन्ने फिल्ममा दुई पटक रेल दुर्घटनाको दृश्य र एक पटक झापड हानेको दृश्य आउँदा मैले त्यसैलाई तीनओटा फाइट सम्झेको थिएँ । सम्झिल्याउँदा आज पनि हाँस्छु म ।

फिल्म हेराइका तीता मीठा अनगिन्ती सम्झनाहरु मन प्लस मस्तिष्कमा टाँसिएर बसेका छन् । चाहे त्यो फिल्म हेर्न सिनेमा घर पछाडिको चोर बाटोबाट छिर्दा दलदलमा फसेको होस् चाहे बोर्डरपारीको भिडियो हल पुग्न टन्टलापुर घाममा घण्टौँ हिडेको । अतीतको सकसलाई वर्तमानले भोग्नु नपरेर होला ती दिनहरुको सम्झनाले पीडा दिँदैन बरु रोमाञ्चित पार्छ ।

फिल्म हेर्ने गजबका दिन चाहिँ किशोरावस्थामा प्रवेश गरेपछि आयो । यसपछि त घरका मान्छेहरुको अनुमति बिना पनि स्कूल वा टोलछिमेकका साथीहरुसँग फिल्म हेर्ने मौका जुराउने जुक्तिहरु आपैm निस्कन थाले । कहिले घरकै सदस्यको खल्ती छामछुम गरेर त कहिले साथीभाइको कृपाले, फिल्म हेर्ने अवसर जुराउन गाह्रो हुन्थेन । घरका सदस्यहरुको गाली र चुटाइ खाए पनि फिल्म हेर्ने तिर्सना घटेन, बढिरह्यो । समय जति–जति बित्यो फिल्म हेर्ने विकल्पहरु थपिँदै गए ।

त्यो बेला मिथुन र धर्मेन्द्रका एक्सन प्रधान फिल्महरु हामी छुटाउँदैन थियौँ । पछि, चउरमा तिनै फिल्मका एक्शन टिप्सहरुको प्रेरणाले मिथुन वा धर्मेन्द्र बनेर खुब फाइट पनि खेल्थ्यौँ । कुनै अग्लो ठाउँबाट परालमा हाम फालेर होस् चाहे घरको बार्दलीबाट भुइमा फाल हानेर, रील लाइफका हिरोहरु भैm रियल लाइफमा पनि ‘हिरो’ बन्ने प्रयास हाम्रो दैनिकीको एउटा पाटो थियो ।

पछि, फिल्मकोे तिर्सना मार्न भारतीय दूरदर्शन च्यानलले निकै सघायो । छिमेकीकै घरमा भएपनि टोलभरका केही फिल्मपे्रमीहरु नियमित रुपमा शुक्रबार र शनिबार राति अबेर आउने फिल्म हेर्न सकेसम्म छुटाउँदैन थिए । म पनि यसमा समावेश हुन्थेँ । यही मेसोमा मैले थुप्रै पुराना र क्लासिक हिन्दी फिल्म हेरिभ्याएँ ।

फिल्म हेराइको अर्को चरण विशेष छ । २०५० तिर हाम्रो चोकमा नयाँ सिनेमा हल बनेपछि फिल्म हेर्ने नयाँ र सहज अवसर सिर्जना भयो । टोलछिमेकका दाईहरु काम गर्ने त्यो हल ‘आप्mनै’ जस्तो भयो । यो ‘लोकल’ हुनुको फाइदा थियो । करिब तीन चार वर्ष त्यस हलमा लागेका फिल्महरु विशेष परिस्थितिमा बाहेक कहिल्यै छुटेनन् । हेरिसकेका फिल्मको मन परेका दृश्यहरु मात्र हेर्न पाउने समेतको पहुँच भयो । यसपछि त मन नपरेका फिल्महरु समेत धेरै पटक दोहो¥याएर हेर्न थालियो । घरमा भन्दा बढी हलमा बास हुने दिन पनि आए ।
यसले व्यवसायिक हिन्दी फिल्मका लगभग सबैजसो फर्मूला त थाहा भयो तर हाम्रो चोकको त्यो नयाँ सिनेमा घरले मेरो पढाइ चाहिँ धुलिसात बनायो । म जेहन्दार विद्यार्थीबाट तीव्रगतिमा कमजोर र लफुवा विद्यार्थीमा परिणत भएँ ।

एउटा लामो कालक्रमपछि आज मेरो लागि फिल्म, हिजो जस्तो मनोरञ्जनको साधन मात्र रहेन । यो जीवन र जगत बुभ्mन सघाउने दृश्य साहित्य भएको छ । अझ, व्यक्ति वा समाजका विविध पाटोको बारेमा बुझन सघाउने माध्यम पनि बनेको छ । सांस्कृतिक तथा सामाजिक रुपान्तरणमा फिल्मको उपयोगिताबारे धेरैले बोलिसकेका/लेखिसकेका छन् । तथापि, गम्भीर फिल्म हेर्दाका अनुभव तथा अनुभूतिबारे अर्को सन्दर्भमा लेख्ने अपेक्षाका साथ यो प्रसङ्ग यत्ति नै ।

6 :: प्रतिक्रिया:

वसन्त बलामी said...

अतीतको सकसलाई वर्तमानले भोग्नु नपरेर होला ती दिनहरुको सम्झनाले पीडा दिँदैन बरु रोमाञ्चित पार्छ - आहा यो वाक्य, जसले धेरै कुरा एकै चोटी भनिदिन्छ ।

हाम्रो कलम said...

thank you Bashanta Jee.

Rashmi Sheila said...

Malai pani ma balakh hundako samjhana bho...haami pani marihatte garthyoun film/TV herna, tyehi bhayera yo padhda ramailo nai lagyo ?:). Prabhakarko samsmaranko dosro bhag kahile padhna paincha ta?

ramesh niraula said...

म बिशेषत: हिन्दी बुझ्दिन त्यसैले गर्दा हिन्दी सिनेमा मेरो पहुँच बाहिरको मनोरन्जन हो । मनोविग्यान बुझ्नुको फाइदाले होला मैले पुरा हेरेको हिन्दी सिनेमा भने 'तारे जमिन् पर' एक मात्र हो । धेरै हेर्नै पर्ने हिन्दी सिनेमा भाषाका कारण छुटेकामा म निरास छु, आखिर भाषा रहेछ सर्वशक्तिमान ! आखिर भाषाको फन्दामा पर्यो रमेश निरौला !

Prabhakar Gautam said...

हिन्दी खासै गाह्रो नहुनु पर्ने हो, फिल्ममा रुचि छ भने चाँडै सिकिन्छ । विशेषतः नेपालीहरुले हिन्दी राम्ररी नबुझे पनि हिन्दी फिल्म बुझेकै छन् । रुचि छ भने अचेल सबटाइटल भएका हिन्दी फिल्महरु पनि पाइन्छन् । प्रयास गर्दा हुन्छ है साथी !


Adams Kevin said...

I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes