रश्मि शीला
अघिल्लो पुस्ता र पछिल्लो पुस्ताका महिलाको जीवनशैली र भूमिकामा आएको परिवर्तन नेपाली समाजमा भइरहेको परिवर्तन मापन गर्ने एउटा आधार हुन सक्छ । शहरी परिवेशको कुरा गर्ने हो भने अहिले धेरै महिला दिदी बहिनीहरुले पुरुषको अगाडि घुम्टो ओढ्नु पर्दैन । घरभित्र र घरबाहिर दुबैतिर काम भ्याउने चुनौती कायम भएपनि अहिले उनीहरु घरको काममा मात्र सीमित छैनन् । उनीहरुको परम्परागत भूमिका क्रमशः फेरिँदैछ । कलेज पढ्ने केटाकेटीहरुलाई हेर्दा पनि थाहा पाउन सकिन्छ, नयाँ पुस्ता थुप्रै कुरामा स्वतन्त्र र उदार छ । एउटा उदाहरण, थुप्रै केटाकेटीहरु अहिले एकअर्कालाई समान रुपमा ‘तँ’ भनेर सम्बोधन गर्छन् । केही समय अगाडिका पुस्ताका धेरैका लागि यो अकल्पनीय कुरा थियो । नेपाली समाजमा केटा र केटीबीचको सम्बन्ध अनौपचारिक बन्दै गएको उदाहरण हो ‘तँ’ सम्बोधन ।
म त्रिभुवन विश्वविद्यालयमा पढ्दा मेरा पनि केही मिल्ने केटा र केटी (जोडी) साथीहरु थिए जो एकअर्कालाई तँ भनी सम्बोधन गर्दथे । अध्ययनलगायत सामाजिक सरोकारका विषयमा समेत चासो राख्ने तीमध्ये केही साथीहरु मलाई समाज परिवर्तनका संवाहक जस्ता पनि लाग्दथे । केही समयपछि तीमध्ये केही जोडीको विवाह पनि भयो । उनीहरुसँग पछि भेट हुँदा थाहा पाएँ, केटाले केटीलाई तँ नै भने पनि केटीले केटालाई गर्ने सम्बोधन फेरिएछ । कसैले तपाईं त कसैले हजूर नै भन्न थालेछन् । पहिला तँ भनिरहेको मान्छेलाई पछि तपाईं वा हजूर भन्नुलाई उनीहरु स्वयंले सामान्य रुपमा लिएको देख्दा मलाई अचम्म लाग्यो ।
यसबारे घोत्लिँदै जाँदा ‘तँ’, ‘तिमी’, ‘तपाईं’ वा ‘हजूर’ सम्बोधनको चुरो बुझ्न त लैङ्गिक र वर्गीय पाटोबाट हेर्नै पर्ने रहेछ । धेरै श्रीमान्हरुले ‘तँ’ वा ‘तिमी’ भनेपनि श्रीमतीले ‘तपाईं’ वा ‘हजूर’ भनेको हामी धेरैले सुनिरहेकै छौँ । सामान्यतः विवाह गर्दा महिलाभन्दा पुरुष ठूलो उमेरको हुने भएकोले यस्तो असमानतालाई स्वाभाविक रुपमा लिइएको पाइन्छ । तर श्रीमतीको उमेर श्रीमान्कोभन्दा बढी नै भएपनि श्रीमान्ले श्रीमतीलाई तपाईं वा हजूर किन भन्दैनन् त ? सम्बोधनार्थी शब्द नै समानताको आधार मान्न नसकिएला तर यो विभेदको स्रोत चाहिँ अवश्य हो । पुरुष श्रेष्ठ र महिला कनिष्ठ हुने परम्पराले सम्बोधनमा पनि निरन्तरता पाएको प्रष्ट छ । अन्य अवस्थामा जस्तै यसमा पनि ठूलो सम्झौता केटीले नै गर्छन् । केटालाई विवाहअघि गर्दै आएको सम्बोधन ‘तँ’ वा ‘तिमी’ विवाहपछि ‘तपाईं’ वा ‘हजूर’मा फेर्नु पर्छ भनेर मनोवैज्ञानिक रुपमा केटीहरु सायद धेरै अघि देखि तयार हुन्छन् (सायद पारिन्छन्) ।
महिलाका लागि अहिलेको समाज तुलनात्मक रुपमा उदार छ भन्ने कुरामा दुईमत नहोला । तर कस्तो समानता, विवाह पूर्वको मात्र कि पछिको पनि ? महिलाले अभ्यास गर्ने स्वतन्त्रका सीमाहरु थोरै फराकिलो मात्र भएको छ, तोडिएको छैन । विवाहपूर्वको समानता विवाहपश्चात् स्वतः संकुचित हुन्छ । अहिले आधुनिक भनिएको समाजमा समेत महिलाको भूमिका पुरुषको सहयात्री भन्दा सहायक वा सेवककै रुपमा सीमित छ । हाम्रो समाजमा अझै कन्यादान गर्ने चलन छ जहाँ विवाहित चेलीले पुरुषको खुट्टा ढोगी ‘अब म तपाईंको शरणमा परेँ, मेरो रक्षा गर है’ भन्ने भाव जाहेर गर्नु पर्छ । यसरी महिलाको वैवाहिक जीवनको शुरुवात नै समानताबाट नभइ असमानताबाट हुन्छ । पुरुषले संरक्षकको दर्जा पाउँछ भने महिलाले सधैं पुरुषले कोरिदिएको घेरोमा बस्नुपर्ने हुन्छ । मलाई लाग्छ यो लैङ्गिक अध्ययन गर्नेहरुका लागि पनि महत्वपूर्ण विषय हो । सायद यसबाट विवाह अघि र पछि महिला–पुरुष दुबैको भूमिका र दृष्टिकोणमा आउने परिवर्तनको झल्को दिन्छ ।
भनिन्छ, नेपाली युवाहरुमाझ आधुनिकता र परम्परागत दुबै भूमिका निर्वाह गर्नु पर्ने ठूलो चुनौती छ । विवाहपूर्वका ‘आधुनिक’ महिलाहरु विवाहपछि भने परम्परागत भूमिकामा मात्र सीमित भएका थुप्रै उदाहरण हामी देख्न सक्छौँ । त्यसैले समान जस्तो देखिए पनि थुप्रै अवस्थामा स्वतन्त्रता ‘सर्फेसियल’ छ । उनीहरु अभैm पितृसत्तात्मक समाजको जन्जालबाट उम्कने वातावरण बनिसकेको छैन । केही अपवाद बाहेक, न उनीहरुको घरेलु कामको बोझ घटेको छ न त सामाजिक–राजनीतिक निर्णयमा पहुँच बढेको छ । सायद यही कारण शिक्षित, आधुनिक र आफूलाई चेतनशील ठान्ने महिलाहरुले पनि कुनै समय आपैmले तँ वा तिमी भनेको जीवनसाथी(पूर्व साथी)लाई तपाईं वा हजूर भन्दा पनि असहज र हीनताबोध महसुस नगरेका होलान् । लैङ्गिक अध्ययनको पाटोबाट हेर्दा यो निकै संवेदनशील र महत्वपूर्ण विषय हो कि ! आखिर विवाहपूर्व तँ वा तिमी भन्दै आएको मान्छे कसरी त्यही व्यक्तिलाई तपाईं अथवा हजूर भन्न बाध्य हुन्छ वा सहर्ष राजी हुन्छ भन्ने कुरा खोतल्न सक्नुपर्छ । यसले विवाह अघि र पछि महिला–पुरुष दुबैको हैसियत, भूमिका र दृष्टिकोणमा आउने परिवर्तनबारे थप कुरा बुझ्न पक्कै सघाउँछ ।
3 :: प्रतिक्रिया:
यसको प्रमुख कारण, हाम्रो संस्कार अनि संकुचित मानसिक सोच हाम्रो रगतमा नै आएकोले हो । यो दर-पिढी-दर एकबाट अर्कोमा सर्दै आएको छ अनि यो प्रकृया चलिनै रहन्छ निरन्तर, जेनेटिक रोग झैं, यो नारी र दुबैमा सर्दै आएको छ समान रूपले । हामी नारीहरुले जतिसुकै लेखे पनि भाषण गरे नि आफ्नै मानसितकाले कुँजिएका छौं, हामी । मुक्तिको चाहना तर मुक्त हुन नखोज्नु, स्वतन्त्रताको चाहना तर बाँधिन खोज्नु .... शायद यस्तै हो, नारी मन ।
दिग्भ्रमित मन ............
Nice article
visit
How to make money at home to learn and earn more money.
I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.
DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.
Post a Comment