र पनि चोट छ दिलमा

तुलसी मोठ छ दिलमा
र पनि चोट छ दिलमा ।

बाहिर स्वाङ पार्नेको,
भित्र खोट छ दिलमा ।

म खाऊँ मैँ लाऊँ भन्छौ,
सोचाइ चोट छ दिलमा ।

ओ, राम राम किन गर्छौ,
जपना नोट छ दिलमा ।

छाद्छौ तीतो मात्र छाद्छौ,
के नीमको बोट छ दिलमा ?

विश्‍वास छिनमै गरिदिन्छु,
र त बिछोड छ दिलमा ।

- हँडिया- ६, उदयपुर
हाल: काठमाडौँ ।

5 :: प्रतिक्रिया:

Arjun Dungmen said...

दिपक जी, किन यस्तो बिछोड भयो त दिलमा ! अनी वे, गजल राम्रो छ । लेख्दै गर्नुहोला ।
- अर्जुन दुङमेन, बेल्टर
हाल: बघदाद

Anonymous said...

बबाल ... मलाई गजल मनपर्यो ... थीम जे सुकै होस

Jotare Dhaiba said...

दिलको कुरा गरिसाध्य नभएको बहुरूपी कथा गजलमा कति मजाले खुलाउनुबएको दीपकजी ! तपाईँको सरल अभिव्यक्तिले छोयो ।

friendlyniraj said...

पूर्वको मधूरो
घाम नयाँ होस् ।
बदलियोस् नारा
काम नयाँ होस् ।
फेरियोस् युग
नयाँ होस् जमाना ।
नव वर्ष २०६६ को
हार्दिक शुभकामना

trekking said...

धेरै राम्रो गजल रहेछ दिपक जि

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes