लेख्‍नुपर्दोरहेछ...


।। प्रभाकर गौतम ।।
लेखनप्रति आकर्षण भएर पनि अहिलेसम्म अपवादमा बाहेक केही लेखेको छुइनँ मैले धेरै कारणमध्ये लामो समयसम्म 'राम्रो अध्ययन' बिना के लेख्‍न सकिएला भन्ने डर नै हावी रह्यो जस्तो लाग्छ  (आलस्यलाई बिर्सने हो भने ) तर अहिले आएर लाग्दैछ, लेखाइको सम्बन्ध अध्ययनसँग भए पनि लिखित सामग्रीहरू ज्ञान मात्र नभएर अभ्यासका उपज पनि हुन् हामीले पढेका सबै कुरा लेख्‍न सम्भव हुँदैन लेख्‍ने आखिर बुझेका, बुझे जस्तो लागेका बुझ्न चाहेका कुरा नै रहेछन्

लेखनका पनि विविध विधा हुने भएकोले सबै कुरामा अध्ययनमै निर्भर हुनु पर्दैन मान्छेको स्वानुभव कल्पनाकै आधारमा पनि लेख्‍ने कुरा धेरै छन् त्यसका लागि चाहिने आधारभूत कुरो अभ्यास हो पढ्दैमा लेख्‍न आइहाल्ने हुँदैन रहेछ त्यसैले धेरै पढेपछि मात्रै लेख्‍न सकिन्छ भन्ने मेरो धारणा गलत लाग्छ अहिले बरू लेख्‍ने क्रममा प्रशस्त प्रश्नको सामना गर्नुपर्ने भएकोले लेख्‍ने अभ्यास सुरू गरेपछि पढाइमा अझ प्रष्टता ल्याउँदोरहेछ त्यसैले लागेको हो, लेख्‍नुपर्दोरहेछ

सबैलाई थाहा लेख्‍नुका अनेकन फाइदा छन् तर नियमित लेख्‍ने विषय चाहियो, अनि आफ्नो लेखाइ जाँच्ने परिचित तथा अपरिचितहरूको प्रतिक्रिया पनि सिक्दै गर्दाका सबै कुरा प्रकाशन योग्य हुँदैनन्, न त वैचारिक स्पष्टता नै हुन्छ लेखाइमा त्यसैले लेखन अभ्यासको निम्ति यतिखेर मलाई ब्लग नै सबैभन्दा उपयुक्त टुँडिखेल लागेको छ, सूचना-प्रविधिको द्रुततर विकास भइरहेको यस समयमा स्वतन्त्रता सहज पहुँचका कारण त्यसैले पनि ब्लगको संसारमा प्रवेश गर्दैछु ।

5 :: प्रतिक्रिया:

Anonymous said...

Greaaatttt....I hope to read more of the writings from many people in this blog. Wish u all good luck for the new beginning....I mean after a long time heheheheee

nastik said...

kuro sahi chha hai!!

Jotare Dhaiba said...

यति छोटो र साधारण देखिने लेखमा निकै ठूलो बोधको कुरा छ ।

धेरै कुरा जानेर खरर लेख्न सकिन्छ भन्ने मलाई पनि लाग्दैन । लेख्नु भनेको ध्यान नै हो, किताबी कोर्रा देखेर जुरुक्क भइहाल्ने सर्कसको गधा होइन रहेछ लेखन । आफैंलाई तपमा बगाइदिनुपर्ने साधु-पथ रहेछ यो । सुरु गरेका छौं, अब यही बाटोबाट सिर्जना र विचारको मैदान विस्तार गरौं । हामी सबैलाई शुभ कामना ! :-)

Anonymous said...

i too realized it. May b I also try to write, after reading this article ...........

bimal said...

gajjap chh, ho lekhnu parchh guru!!

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes