दुई वर्ष नाघिसकेछ, कलेज कलमले कलम बन्द गरेको । यसबीच लोडसेडिङ्को मार केही मात्रामा हामीले पनि खेप्यौँ । पुराना साथीहरूसँगको सञ्जाल पनि विस्तार हुनुको साटो साँघुरिँदै गयो । नेपाली फन्ट चलाउन जान्ने सीमित थियौँ, तिनै साथीहरुको व्यस्तता पनि बढ्दै गयो । यसरी हामीले लामै विश्राम लियौँ । समग्रमा क्षमा याचनाका बहाना हुन् यी ।
२५ फेब्रुअरी २००८ देखि सुरु गरेर करिब एक वर्षको समयमा हामीले कथा, कविता, गीत, गजल, पुस्तक समीक्षा, तस्वीर आदि विविध ७९ ओटा सामग्री प्रकाशित गरेछौं । संख्यात्मक हिसाबले यो ठूलो सङ्ग्रह त होइन, तर भावनात्मक हिसाबले बिर्सनै नसकिने थुप्रै सम्झना छन् यहाँ । जसले हामीलाई बेलाबेलामा झकझक्याइरह्यो । यहाँ प्रकाशित साथीहरूको सामग्रीले चिमोटी पनि रह्यो । त्यसैलै हामी पुन: सक्रिय भएका छौं इमेल र फेसबुकमार्फत नयाँ सञ्जाल बिस्तार गर्दै ब्लगलार्इ निरन्तरता दिने प्रयाससहित ।
--------------------- कलेज कलम समूह
collegekalam@gmail.com
0 :: प्रतिक्रिया:
Post a Comment