कविता


म कहाँ छु ?
-बि जे बान्तावा राई

आजकाल बिबेकहिन भएका छन
मेरा दिमागहरु बर्तमान परिपेक्ष्यझैं
म आत्मबन्दी भएको छु,
कर्फ्यु लागेको त्रशित दिन जस्तै
म जहाँ जहाँ नजर लाउँछु
मरुभुमी मात्र नजर आउँछ,
हाम्फाल्दै र दौंडिदै अग्ला अग्ला
पहराहरु छिचोल्न खोज्छु
घामका चहकिला रोशनी
मेरै थाप्लामा बजIरिन्छन
शायद शरिरको रगतनै जमियो होला के रे
काकाकुलझैं तिर्खाको महसुस् गर्छु
प्यासले रेटिन थाल्छन मेरा गलाहरु
म थच्च त्यहीं बस्छु
पानीहाल्न बिर्सेको गमालIको फूलझैं
ओइली सकेको पाउँछु
घामका तेजमय किरणहरु पस्चिमी
आकाशमा आश्रम लिंदा
कता कता आकाशमा कालो
बादलको धब्बाहरु आई
सुर्यको रोशनी छेक्छन
म मा केही राहत मिल्छ
अनि म हिंड्नखोज्छु
मेरा पाईलाहरु लर्बरिन्छन
म लर्खरिदै र घिस्रिदै पानीको
खोजिमा मेरा लुला पाईलाहरु
चाल्न खोज्छु
कही कतै पराबर्तित किरणहरु
मेरा आँखालाई ईशारा दिन्छन
म दोधारमा पर्छु तर यो अबश्य
कुनै पानीको छालमा सुर्यको
किरण नै सम्झिन्छु
म लम्किन्छु मेरा लुलिएका पाईलालाई
निरन्तरता दिदैं
त्यो पराबर्तित किरणको सहारा लिन्छु
म त्यो पोखरिमा पुग्छु,
मेरा मन अचानक आत्तीनछन
पानीको रंगनै बद्लिएछ
पानीको रंगनै रातो भएछ
म लाग्छ खुनै बगिरहेको
म आँफैलाई शंका गर्छु
म पनि तिनै खुनिहरुमा
एक त परिन!
म पनि त्यहीं धर्ती माताको
छाती चिर्ने बम बनाउने त परिन
बिज्ञानको बेइज्जत गर्ने
म त्यही बैज्ञानीक त परिन!
अहँ म त्यो कदापी हैन
म त्यो गर्न सक्दिन
म त्यो रोग देखि डराउँछु
र म त्यस्तो हृस्त पुषट छैन
यदि मेरा पनि मेरा शरिर त्यस्तै
अभय र अजङ्गको भैदिएको भए
म पनि त्यही भित्र पर्थेहोला
तर म होइन त्यो हैन
म पाईला सार्छु
जती पाईला सार्छु हड्डिका चट्टान
मासुका अग्ला पहाड भेट्छु
म बेहोसिमा त छैन
कतै म सपना मा त छैन ?
आफ्नै गालामा चड्कन हान्छु
तर नमज्जाले दुख्छ
अब म कहाँ छु!
जहाँ हिंडछु रगत का खोला,
मासुका पहाड,
अनि हड्डिका चट्टान किन पाउछु
म कहाँ छु ?

- भोजपुर
हालः साउदी अरब

0 :: प्रतिक्रिया:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes