।। शिव
ज्ञवाली ।।
भर्खरै
फेसबुकको स्टाटसमा एउटा म्यासेज अपलोड गरेँ ।
मुड
त्यति फ्रेस छैन । गर्मीले शरीर लस्त छ । झ्यालबाट सुटुक्क छिरेको चिसो हावाको
स्पर्शले ओइलाएको जाँगर फक्रिन्छ । यो समय म प्रायः च्याटिङ र फेसबुकमा बिताउँछु ।
एउटा
मासिक पत्रिकको कनीकुथी सम्पादक । पलङमुनि गोल्डस्टारका तीन जोर नयाँ, पुराना जुत्ता ।
गाउँबाट आमाले पठाइदिएको गुन्द्रक र मस्यौराका पोकाहरू । टेवलमा ल्यापटप छ, विदेशी मित्रले
उपहार दिएको । सडकमा कुकुरहरूलाई कार्तिक लाएको छ । पर....मोटरको आवाज केही मन्द
हुँदै जाँदैछ ।
रातको
साढे एघार बजिसकेको छ । सिरानीमा मोबाइल लडिरहेछ । म यो कोठामा विगतका केही वर्ष
अघिदेखि एक्लै छु । कहिलेकाँही पाहुना पनि थपिन्छन् । यो समयसँग मेरा धेरै
सुरुवातहरू जोडिएका छन् । सायद मैले पहिलो पटक एक पफ गाँजा तानेको समय, यस्तै लेख्नै नपर्ने
अरू पनि । केही अनौठो, केही नयाँपन र गर्वको अनुभूति संगालेको त्यो क्षण । केही घुर्मैलो सम्झनामा
आइरहन्छ ।
ààà
बाहुन
गाउँमा रातिको राम हेर्न जानलाई अनुमति थिएन । त्यो रात मगर गाउँको साँल्दाइको
कड्कुरोमा बितेको थियो । उद्देश्य गाउनुभन्दा बढी तरुनी जिस्काउनुमा थियो ।
तरुनीहरूको भीडमा पछ्यौरा ओढेर बसिदिन्थे । उमेरले भर्खर सोह्र काट्दै गर्दाको रुमानी
मौसम । बतासले पात हल्लाउँदा पनि त हाँसो उठ्छ ?
‘ओए बाउन ! टिमी
आम्छौ ?’
स्कुलबाट
फर्कदैं गर्दा बाटोमा झुपीले सोधी ।
रातामाटे
माल्दाइकी छोरी,
उमेरले दमाली नै हो । बाटोमै घर छ । ऊ स्कुल जान्थिन । उचाइ पनि लगभग मेरो
चिउँडोसम्म आउँथी । राताराता गाला र पोटिलो शरीर । नेप्टो नाक,
वक्षस्थलले चुन्नी
अलिक माथि उठ्न थालेको,
वसन्तको पहाड जस्तै । म सम्झिन्छु उसलाई । हिजोजस्तै लाग्छ तर पाँच दशक
नाघिसकेछ ।
‘कहाँ आउने भनेको ?’
‘साँल्दाइकोमा झाम्रे
छ, ठा’पा छैनौ ?’
‘के खान हो भन्चु ?’
‘एक थोक देम्ला नि !’
‘पक्कै दिन्छेउ ?’
‘सुपाले टाँस्नी नदे’त । उसले चुनौती
दिँदै भनी, ‘देन सक्ने कि खान सक्ने ?’
‘अहिले नै देउ नत ।’ मैले पनि
निर्धक्कसँग मागें किनकि घरमा ऊ एक्लै थिई ।
‘अहिले जो खरोभ’भा बेनको जाँड
घलामेर खाउ केरे ।’ उसले मैले सोचेभन्दा फरक प्रस्ताव गरी । उसको नजिकै गएर हात समाएँ ।
‘म त आउँदिन ।’ मैले भाउ खोजें ।
‘केलाई नआम्न परो ? साँझ देम्ला के एक
थोक ।’ उसले
लुकाएर राखेको एक थोक साँझदिने बाचा गरी ।
सुटुक्क
घरभित्र छिरेर एक मग सुइक्याएँ । कसैले थाहा पाउँदैनन् भन्ने पक्का थियो । उसले पनि
अलिकति खाई, मलाई पनि खुवाइदिई । निकै राम्री थि मोरी । हाँस्दा गालामा डिम्पल स्पस्ट
देखिन्थ्यो ।
‘म जान्छु अब’ मैले भने ।
‘साँझ आउहै बाउन’, उसले भनी । हिड्ने
बेला गम्लङ्ग अङगालोमा बेरेर चुप्प म्वाइ खान पनि भ्याई । म पनि के कम उसलाई साथ
दिएँ । र, झाम्रेको प्रस्ताब स्वीकारी दिएँ । ‘बाटोमा राम्रोसित जाउहै, फेरि मन्टेउला, ‘केही तल पुग्दासम्म
उसले सम्झाउँदै थिई । यता मलाई भने घरबाट कसरी निस्कने भन्ने समस्या थियोे । थाहा
पाए फलानो फलानिसित सल्किएछ । पँधेरालाई मसला हुने ।
घरका
सबै सुतिसकें । बार्दलीबाट मलखातोमा फालहालेर पुगें झाम्रेमा । साँल्दाइको आँगनमा
झाम्रे, दोहोरी
र चुड्काको मारामार थियो । दोहोरीमा युवायुवतीहरू छेंड हान्दै थिए । पर सुन्तलाको
रुखको छाँयामा म र उजेली र झुपी थियौं । ‘छि † काठाको नाख कत्रो वाई ।’ मेरो नाकलाई लक्षित
गर्दै झुपीले भनी । तर, परिवेश नाकसँग मिल्ने थिएन । गाउँमा छँदा यस्ता झाम्रेहरू धेरै बिते
गाउनुभन्दा अरूमा नै ।
चिसोले
निकै हान्न थालेपछि गाँजाले सालको सुल्फामा बेरिएर हामीलाई तताएको थियो । उजेली
पनि सँगै थिई, फर्कायौं । स्वस्थानीमा महादेव र पार्वती झैं झुपीको पोल्टामा त्यो रात
कटाइदिएँ । त्यो साढे एघार ........हातको चिमचिमे घडिमा बजिरहेको थियो । दिनभरिको
मेलापातले थकित उसको शरीर, काखीबाट पसिनाको अमिलो गन्घ । मिड्डीको फेरमा म निदाएँ । अलिकति रिसाएकी थिई
अर्कोदिन । दुःखको कुरा त्यो दिनदेखि आजसम्म भेट भएको छैन उनीहरूसँग ।
त्यसो
त प्रेम गर्ने चलन गाउँमा परिवर्तन आएको छ । हामी वन पाखामा, रोपाइँ र पानी
पँधेरोमा प्रेम साट्थ्यौं । तर मोटर र मोवाइलले धेरैको सम्बन्ध जुराइदिएको छ ।
एउटा जोक्स सम्झिन्छु, ‘सुहागरात’को । गाउँमै बाख्रा चराउँदा गरेका कामहरू ।
ààà
पाँच
दशक पछिको भिन्नताले तिरमिराउँछन् आँखा । जीवनशैलीमा परिवर्तन आएको छ । प्रविधिको
प्रयोगले यान्त्रिक बन्दैछ मानिस । म सम्झिर्दै छु आफ्नै परिवर्तित परिवेश । एस.एल.सी
पछिको मेरो सहर बसाइँ । त्यसो त एक दशक विदेशमा विताइएछ । र, कम्प्यूटर
इन्जिनियरको मेरो पेसा आफै पनि यन्त्रिक भइसकेको अनुभव गर्छु ।
धेरै
समयपछि फेसबुकमा झुपीको सम्झनामा केही शब्द चढाएँ ‘झुपि र झाम्रे’ । ऊ हेर्छे हेर्दिन
थाहा छैन । सायद सुदूर गाउँमा त्यो पहुँच छैन । हेर्न पाएको भए साढे एघार.....ऊ
फेरी सम्झिन्थी होली, मैलेजस्तै घरीघरी । एउटा मीठो पहिलो अनुभव बिर्सिन चाहेर पनि त कोही सक्दैन ।
केही
झकाएका छन् आँखाहरू । पानीको सटेज छ कोक पिइदिन्छु । यो सहरिया जीवनको बाध्यता ।
मोबाइल बज्छ । समय बिताउने अजीव साधन, बोर लायो कि थिचिदियो । ठिटीहरूको प¥यो भने घण्टौं
गफिन्छ ।
‘शलिना’ मेरी पार्टटाइम गर्ल
फ्रेण्ड, यसरी नै भेटेको थिएँ । उनीसँगका क्षणहरू सम्झिन चाहन्न किनकि हामी एक महिनामा
नै डिभोर्स गरिदियौं । बालै भएन ! आउने जाने त क्रम चलिरहन्छ । उनीबाट जन्मेको
छोरा अहिले दोस्रो बाउसँग रम्दै छ । हप्ताअघि पार्टीमा भेट भएको । बियरको
चुस्कीसँगै पूर्व छोरासँग निकै रमाइलो भएथ्यो । म यी सब बिर्सन चाहन्छु ।
‘तपाइँ को बोल्नु भो’, मेरो प्रश्न खस्न
नपाउँदै उल्टै म त्यो नारी स्वरको जवाफ दिनु पर्ने फसादमा परें । म अलमलिएँ । ‘अलमलिनु भो हैन ?’ नारी स्वरले सोध्यो
। म केही बोल्न सकिन । ‘रातिराति केटीहरूलाई फोन गर्न लाज लाग्दैन ?’ मलाई भाउन्ना छुट्यो । उनको अन्तिम
प्रहार, ‘तपाइँलाई रातिमा यसरी केटीहरूसँग फोन गर्न मजा आउँछ होइन ?’ म नाजवाफ भएँ ।
हातबाट मोबाइल सेट खस्ला जस्तो भयो र शरीरमा चिटचिट पसिना आयो ।
करिब
पन्ध्र मिनेटपछि त्यहीँ नम्बरबाट म्यासेज आयो ‘तपाइँलाई गुड नाइट नभनी म कसरी सुत्न सक्छु र ?’ मैले तत्कालै डायल
गरें । उनी प्रमिला थिइन् । प्रमोदकी पे्रमिका । मेरो कलेजकी छात्रा । भर्खर ‘ए’ लेभल सकेर आएकी थिई
।
प्रमोद
मेरो कलेजको धुरन्धर पढन्दास । उमेरले मभन्दा निकै कान्छो थियो । मध्यपश्चिमको
होनाहार ठिटो, बाकपटुक । ठिटीहरू लठ्ठै हुन्थे उसको बोलिमा । यो जोडीसँग कहिले रङ्गमञ्च त
कहिले रङ्गशालामा भेट हुन्थ्यो । कुराकानीकै शिलशिलामा भेटको प्रस्ताव त उनैले
राखिन् । मलाई केही सहज भयो । म उनलाई मन पराउँथे । रत्नपार्क छेउको चिया पसलमा एक
दिन उनलाई भेटें । त्यो दिन उनीसँग वन साइडेड लवको बारेमा कुरा गरें । उसले पूरै
इन्कारेकी थिई ।
आज
रातको फोनले मलाई तनाब दियो । बिगत दुई वर्षदेखि ऊ कसैलाई पे्रम गर्छे । घोरिएर
सोँचें । उसका पनि त रहर र इच्छाहरू पानीका फोका झैं उठ्दै र फुट्दै गर्छन् होला ।
सायद ऊ प्रमोदसँग सन्तुष्ट छैन,
एउटा जवान केटी । प्रमोद भद्रमान्छे हो । उसको एउटै कमजोरी
छ । कसैसँग जीवनसाथीको रूपमा प्रेम गर्छ भने बिहे अगाडि उसलाई पुजिरहन्छ ।
वास्तवमै आदर्श प्रेमी । पहिलो दिन फोनमै एउटा टुटेफुटे कविता सुनाइदिएँ ।
त्यसपछिका दिनहरू फोनमै घण्टौं बितिदिन्थे । रातका फोनका बातले मेरो एक्लोपन केही
सुन्दर बनाइदिन्थ्यो । खुलेर यौनका कुरा हुन्थे । म तपाइँलाई सोधुँ ? तपाइँ खुलेर
नेपालीमा आफ्ना अङ्गका नाम भन्न सक्नुहुन्छ ? फोनले यसलाई सहज बनाइदियो म सोधिदिन्थे
।
‘तिमीले कहिल्यै
अनुभव गरेकी छौं ?’
‘छि ! कस्तो लाज नभा’को ।’
‘मन लाग्दैन ?’
‘लागेर के गर्नु ....केटाहरूलाईजस्तो
सजिलो छर ?’
‘तिमी कसैलाई प्रेम
गर्छेउ ?’
‘तपाइँ नै मेरो पहिलो
र अन्तिम प्रेमी ।’
उसको
स्वरमा कताकता आँसु भिजेको पाउँछु । विगतका केही घटनाले ऊ प्रमोदसँग प्रेम गर्थीर्, मेरो विश्वास दरियो
। उनीहरू सँगै रात बिताउँथे । मेरीस्टोप सेन्टरमा उनीहरूले एवर्सन गरेका थिए, मेरै साथीको
क्लिनिकमा । म केही सोच्न सक्दिन । प्रमोद आखिर त्यस्तो थिएन ।
उसले प्रमिलालाई प्रेम गथ्र्यो त्यसैले सहयोग मात्र गरेको हुनसक्छ । ‘तपाइँ नै मेरो पहिलो
र अन्तिम प्रेमी ।’ प्रमिलाको अन्तिम वाक्यले रत्नपार्कमा रातको समयमा भेटीएकी एक ठिटीले भनेको आई.एम
भर्जिन ब्रो सम्झाइदिन्छ ।
ààà
समय
बितेको पनि पत्तै नहुने । आज म र प्रमिलासँगै बस्न थालेको एक दशक पुगिसकेछ । यो
समयमा हामीबाट एउटी छोरी जन्मिएकी छ । छोरी आजभोलि होस्टेलमै छे । उसको उच्च
शिक्षासम्मको डोनेसन भरिसकेका छौं । सायदै अब ऊ फर्किन्छ । आजको रात म धेरै व्यस्त
छु । कारण भोलि नै प्रमिला र मेरो डिभोर्स पार्टी छ । उनी भोलि नै अर्कैसँग विवाह
बन्धनमा बाँधिदै छिन् । मैले पनि वृद्धा आश्रमको लागि अग्रीम बुकिङ फर्म
बुझाउँदै छु । बाँकी जीवन अबको केही दशक म ‘रोबोर्ट’ मेरी नयाँ यान्त्रिक जीवन सङ्गिनीसँग बिताउँदै
छु । भोलि नै हाम्रो इन्गेजमेन्ट हुँदैछ । रातको ठीक साढे एघार बजे ।
gyawali.shi@gmail.com