* सुको साइबर
त्यसरी
रिसाएर हिँड्दा
हिँड्ने बेलामा त्रि्रा हातका चुरीहरू
छिन्द्रिङ् - छिन्द्रिङ् बजेका भए
मलाई पनि
फकाउन मन लाग्थ्यो होला
रिसाउनुअघि नै
छलेर हेरेथेँ आँखा
जिउमा टमक्क मिल्ने
गुन्यू-चोली थिएन
निधारमा बाटुलो
टिकी पनि देखिनँ
पाउका पाउजुहरू
छिन्छिन् गर्दै छिनछिनाएका भए
एकचोटिलाई बिराएँ
'माफी देऊ है' भन्थेँ
माफी माग्दा पनि
आनन्द आउँथ्यो होला...
औँलाको औँठी मात्र
देखेको भए पनि
हातै समातेर भन्थेँ-
' रिसाउँदा'नि आफ्नै
खुसी हुँदा' नि आफ्नै...'
नदेखेपछि ती सब
तिमीसँग बोल्नै मन लागेन
तिमीलाई केही
भन्नै मन लागेन ।
- निजगढ् ७, बारा ।
sukocyber@hotmail.com
जब जनकविको घर जल्यो…
3 weeks ago



Wednesday, April 02, 2008
हाम्रो कलम
Posted in:
0 :: प्रतिक्रिया:
Post a Comment