लेख्‍नुपर्दोरहेछ...


।। प्रभाकर गौतम ।।
लेखनप्रति आकर्षण भएर पनि अहिलेसम्म अपवादमा बाहेक केही लेखेको छुइनँ मैले । धेरै कारणमध्ये लामो समयसम्म 'राम्रो अध्ययन' बिना के लेख्‍न सकिएला भन्ने डर नै हावी रह्यो जस्तो लाग्छ  (आलस्यलाई बिर्सने हो भने ) । तर अहिले आएर लाग्दैछ, लेखाइको सम्बन्ध अध्ययनसँग भए पनि लिखित सामग्रीहरू ज्ञान मात्र नभएर अभ्यासका उपज पनि हुन् । हामीले पढेका सबै कुरा लेख्‍न सम्भव हुँदैन । लेख्‍ने त आखिर बुझेका, बुझे जस्तो लागेका र बुझ्न चाहेका कुरा नै रहेछन् ।

लेखनका पनि विविध विधा हुने भएकोले सबै कुरामा अध्ययनमै निर्भर हुनु पर्दैन । मान्छेको स्वानुभव र कल्पनाकै आधारमा पनि लेख्‍ने कुरा धेरै छन् । त्यसका लागि चाहिने आधारभूत कुरो त अभ्यास हो । पढ्दैमा लेख्‍न आइहाल्ने हुँदैन रहेछ । त्यसैले धेरै पढेपछि मात्रै लेख्‍न सकिन्छ भन्ने मेरो धारणा गलत लाग्छ अहिले । बरू लेख्‍ने क्रममा प्रशस्त प्रश्नको सामना गर्नुपर्ने भएकोले लेख्‍ने अभ्यास सुरू गरेपछि पढाइमा अझ प्रष्टता ल्याउँदोरहेछ । त्यसैले लागेको हो, लेख्‍नुपर्दोरहेछ ।

सबैलाई थाहा छ लेख्‍नुका अनेकन फाइदा छन् । तर नियमित लेख्‍ने विषय चाहियो, अनि आफ्नो लेखाइ जाँच्ने परिचित तथा अपरिचितहरूको प्रतिक्रिया पनि । सिक्दै गर्दाका सबै कुरा प्रकाशन योग्य हुँदैनन्, न त वैचारिक स्पष्टता नै हुन्छ लेखाइमा । त्यसैले लेखन अभ्यासको निम्ति यतिखेर मलाई ब्लग नै सबैभन्दा उपयुक्त टुँडिखेल लागेको छ, सूचना-प्रविधिको द्रुततर विकास भइरहेको यस समयमा स्वतन्त्रता र सहज पहुँचका कारण । त्यसैले म पनि ब्लगको संसारमा प्रवेश गर्दैछु ।

5 :: प्रतिक्रिया:

Anonymous said...

Greaaatttt....I hope to read more of the writings from many people in this blog. Wish u all good luck for the new beginning....I mean after a long time heheheheee

nastik said...

kuro sahi chha hai!!

Jotare Dhaiba said...

यति छोटो र साधारण देखिने लेखमा निकै ठूलो बोधको कुरा छ ।

धेरै कुरा जानेर खरर लेख्न सकिन्छ भन्ने मलाई पनि लाग्दैन । लेख्नु भनेको ध्यान नै हो, किताबी कोर्रा देखेर जुरुक्क भइहाल्ने सर्कसको गधा होइन रहेछ लेखन । आफैंलाई तपमा बगाइदिनुपर्ने साधु-पथ रहेछ यो । सुरु गरेका छौं, अब यही बाटोबाट सिर्जना र विचारको मैदान विस्तार गरौं । हामी सबैलाई शुभ कामना ! :-)

Anonymous said...

i too realized it. May b I also try to write, after reading this article ...........

bimal said...

gajjap chh, ho lekhnu parchh guru!!

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes