जनक पौड्याल
यो क्षितिज पारिसम्म फैलिएको
तिम्रो सम्झनाको बादल
आज झरी बनेर आयो
बताससँगै पसेकी तिमी
मेरो आलमारीभित्रै पुग्यौ,
मैले थन्क्याएको
प्रेमको रेसमी अतीतलाई
लछप्पै भिजाएर गयौ ।
छामेँ
आलमारीमा थन्क्याएको मेरो मन
चिसो-चिसो
हेरेँ
एकजोडा मेरै आँखा
ओसिला-ओसिला
एकै झोक्कामा
तिमीले उदाङ्गो बनाएको
मेरो आलमारी
खुल्लै छाडेको छु
आऊ अझै
भिजाएर जाऊ
मैले सुकाएको
मेरै सपनाको बिस्कुन
उडाएर लैजाऊ
मैले टाँगेको
मेरै जिन्दगीको
एउटा थोत्रे कमिज
अर्को झरी पर्दासम्म
म मरुभूमिको यात्रामा
निस्किसकेको हुनेछु ।
- लखनपुर, झापा ।
autakatha@yahoo.com
जब जनकविको घर जल्यो…
1 month ago



Wednesday, April 02, 2008
हाम्रो कलम
Posted in:
0 :: प्रतिक्रिया:
Post a Comment