
Tuesday, October 09, 2012

हाम्रो कलम
3 comments

– हाम्रो कलम टिम
समसामयिक नेपाली साहित्यिक वृत्तमा नारायण ढकाल गम्भीर कलमवाज मानिन्छन् । गहन अध्ययन र मिहीन चिन्तनले उनको लेखकीय जग खँदिलो बनेको प्रमाण उनकै कृतिहरूले दिएका छन् । खासगरी खारिएको अभिव्यक्ति शिल्प भएका ढकालको आख्यान अझ धारिलो छ । पछिल्ला समयमा प्रकाशनमा आएका आत्महन्ता, बहिर्गमन जस्ता कथाकृति तथा दुर्भिक्ष र प्रेतकल्प जस्ता उपन्यासले उनको शक्तिशाली आख्यानकारिताको सजीव चिनारी दिएका छन् । तर उनको चिनारी यतिमै बाँधिँदैन । कविता लेखनमा समेत उत्साही भएर देखिने उनको गद्य पनि उत्तिकै ओजपूर्ण छ । हालै प्रकाशित लेख र निबन्धहरूको संग्रह 'शोकमग्न यात्री'मा त्यो प्रभावशाली गद्य छताछुल्ल छ ।
संस्मरण, यात्रा-वृत्तान्त, निबन्ध र आलेख गरी बाइस रचना रहेको कृतिको यो दोस्रो संस्करण हो । २०५६ सालमा प्रकाशित पहिलो संस्करणमा समाविष्ट...