गीत

प्रभाकर गौतम, सुबिधानगर, काठमाडौँ

एउटा मन थियो त्यो पनि तिम्रो भयो
आफूसँग आफ्नो भन्ने बाँकी नै के रह्‍यो ।

मन मात्र कहाँ थियो त्यो
जीवन नै थियो मेरो
एकान्त र कोलाहलको
साथी थियो मेरो
चोरेर लग्यो मीठो हाँसोले
मसँग जे थियो ।

सुनेथे साट्‍न मिल्छ
मनसँग मनलाई
युगौं पुरानो यो किस्सा मनको
सम्झाउँ कसरी उनलाई
यो मनले यसै हार्ने हो कि
भन्ने पो डर भयो ।

0 :: प्रतिक्रिया:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes