गजल

तीर्थ विष्ट, काठमाडौँ

खडेरीलाई वर्षा थियौँ, मलाई घनघोर लाग्यो
एकैछिनको दर्कने त्यो मलाई फेरी थोर लाग्यो

भन्न त भन्यौँ तिम्ले, मलाई हरियाली दियौँ
तर मलाई यो जंगल नरमाइलो झोर लाग्यो

न फूलको बास्ना छ, न त कोइली गाउँछे यहाँ
नभए'नि बाहिरी बन्धन, थुनिएँ म खोर लाग्यो

गाईको स्याहार गर्नेले दुध नदोइ छोड्‍छ र ?
भोकाएको बाछो भएँ, तिमी दुध चोर लाग्यो

मेरो सबै कथा पढ्‍दा एक छेउमा तिमी थियौँ
घोरिएर हेरेँ तिम्लाई, आज साह्रै बोर लाग्यो

1 :: प्रतिक्रिया:

inepal said...

Inepal - Latest updated poems and Stories

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes