अनि...

रञ्जु रेग्मि अनि... कथासंग्रह इल्या भट्टराईको तेस्रो कृति हो। लेखिकाका यसअघि दुई कृतिहरू मन मनै त हो (कथासङ्‍ग्रह) र लफबराको वरिवरि (यात्रा संस्मरण) प्रकाशित भइसकेका छन्। यस कथा सङ्‍ग्रहमा १७ वटा कथाहरू सङ्‍ग्रहित छन् जसले मानवजीवनका भिन्न(भिन्न पक्षलाई उजागर गरेका छन्। अनि... कथा सङ्‍ग्रह मूलत: मनोविश्लेषणात्मक कथाहरूको सङ्‍ग्रह हो जसमा लेखिकाको भुकाव पारिवारिक जीवनका विविध स्वरूप, सम्बन्धतर्फ रहेको भान हुन्छ। यस कृतिमा सङ्‍ग्रहित अधिकाङ्‍श कथाहरू पारिवारिक जीवनकै सेरोफेरोमा रचिएका छन्। भनिन्छ, यो समग्र सृष्टि नै माया प्रेममा अडेको छ। सृष्टिक्रमलाई निरन्तरता दिन माया नै एउटा आधारको रूपमा रहेको छ जुन समय, परिस्थिति अनि व्यक्तिअनुसार बेग्लाबेग्लै रूपमा प्रस्फुटित हुन्छ। चाहे त्यो पारिवारिक होस्, प्रणयसूत्रको अर्थमा होस्, चाहे हार्दिकता वा मित्रताको...

गीत

बिकास तिवारीपछौरीको कुना समाई तिमी छेउ बसहाँस्दाखेरी जून जस्ती मुसुमुसु हाँस तिमी हिड्दा सधैं लाग्छ स्वर्गकी परीतिम्रो माया राख्छु सँधै मेरो मुटुभरिआकाश जस्तो मन तिम्रो चन्द्रमाको बासहाँस्दाखेरी जून जस्ती मुसुमुसु हाँसतिम्रो स्वागतमा देख्छु फूल फुलेकातिम्रो माया पाउन संसारभरि डुलेकातिम्रोलगि जहिले पनि बन्न सक्छु दासहाँस्दाखेरी जून जस्ती मुसुमुसु ह...

आदिम सन्दर्भ

प्रिय संवेदन !'जीवन' नामको घटनामा आज मेरो आदिवासी मनको आज्ञानुसार एक रोमाञ्चकारी कथा वाचन गरिरहेछु-एकादेशमा तिमी थियौ, म थिएँ र हाम्रो आदिवासी मन थियो, सप्रसङ्ग-अप्रसङ्ग हाम्रा आदिम प्यासहरू थिए, आदिम सम्बन्धहरू थिए, आदिम स्वप्नहरू थिए र आदिम आँसुहरू थिए । शिरीषका प्रेमिल फूलझैँ निलाम्मे प्रीत फुलेजस्तो त्यस शालीन प्रदेशमा वासन्ती सौन्दर्य ढकमक्क फुल्थे । शुभ सन्देशजस्ता पाहुनाहरू सकुशल आउने-जाने गर्थे । साप्ताहिक हाटबजारमा प्रेम, सद्‍भाव र समर्पणका कवितावाचन गरिन्थे । धर्म, दर्शन, इतिहास, राजनीति, अर्थनीति, शिक्षानीति, कुटनीति, संविधान, कानुन सारा केवल महत्त्वाकाङ्क्षी बादशाहका दुःस्वप्नझैँ बडो हास्यास्पद लाग्थे । आदिम नीला दहहरूमा प्रेमको सम्भ्रान्त पहेलीझैँ गन्धर्वहरू मस्त पौडिन्थे । गुफा र ओढारहरूमा आँखाभरि जूनतारा भित्रयाएर प्रकृति र पुरुष...

Trance

-Rajju DangolWhen I woke up, I realized the blazing sun was already above the soothing mountains and the twittering birds nearby my window were singing the onset of dawn. The soothing breeze, the chilly sensation of the morning, and the knock on my door (by my mother) was the reason why I opened my eyes to embark on yet another day full of incidents that were about to happen!Getting done all my morning routine I walked from home to head my workplace at around 9:30.A place not so far from where I live is a place where the Tuk-Tuk stop is. I walk to get there each day to become a part of a busy crowd waiting for a vehicle’s (Tuk-tuk) arrival. And when it finally does, it looks as if the swarm of killer bees darting at one prey. They jump, bash, and some even bruise themselves just to get their...

Page 1 of 3012345Next

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes