र पनि चोट छ दिलमा

तुलसी मोठ छ दिलमा र पनि चोट छ दिलमा । बाहिर स्वाङ पार्नेको,भित्र खोट छ दिलमा । म खाऊँ मैँ लाऊँ भन्छौ,सोचाइ चोट छ दिलमा । ओ, राम राम किन गर्छौ,जपना नोट छ दिलमा । छाद्छौ तीतो मात्र छाद्छौ,के नीमको बोट छ दिलमा ? विश्‍वास छिनमै गरिदिन्छु,र त बिछोड छ दिलमा । - हँडिया- ६, उदयपुरहाल: काठमाडौँ...

सनहीको स्वर

उस्तादजी !मन परेन मलाई यो पुरानो सनहीको स्वर उही पट्यारलाग्दो प्रस्तुतिपुनरावृत्ति मात्रजति सुने पनि एउटै लाग्नेयो टुइँ टुइँजति नै माझेर टल्काए पनिमुख कुल्ला गरेर फुके पनिझन् बिग्रिएको छ यसको सङ्गीत तर, अरूलाई मन नपरे पनिधेरै मनपर्छ तपाईँलाई त्यसको बखान गर्दै फुक्दै-फुक्दै हिँड्नचोक-चोकगल्ली-गल्लीथाहा छ हामीलाई -तपाईँ किन र कसको लागिरातो पार्दै गालावर्षौँदेखि अनवरतफुकिरहनुभएको छ यो सनहीमानेको हो हामीले-ठूलो योगदान छ यो सनहीकोमृत्युशोकमा डुबेकालईझन् बढी शोकमा डुबाउनविरक्तिएकालाई झन् विरक्त तुल्याउन सुतेकाहरूलाई अझ सुताउनगएकाहरूलाई फेरि फर्किएर नआउनउस्तादजी !मन परेन मलाईयो पुरानो सनहीको स्वर त्यसो त-मन नपर्ने कहाँ हो र मलाई ?हप्तौपछि टन्न खान पाएर बालबच्चाको अनुहारमा देखिएको तृप्त हाँसोको सङ्गीतकहाँ मन नपर्ने हो र ?स्वतन्त्रता खोज्दै सडकमा चिच्याइरहेकालामबद्ध...

Page 1 of 3012345Next

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes