दशैको अवसरमा पिङमा रमाउनेहरु...

Photos by Prabhakar Gautam ...

हाम्रो स्टाइल पनि हेर्दिनुस् न !

यी फोटाहरु कोटेश्वर, महादेवस्थान मन्दिर जाने छिडीमा स्टीकर गेम खेलिरहेका भाइहरुको अनुमति मागेर खिचिएको हो । फोटो खिच्ने आग्रह स्वीकारेर रहर लाग्दो पोज दिने अपरिचित भाइहरुलाई धन्यवाद । ...

फुटेको ऐना र म

- असीम सागर पहिले म जस्तै थियो ऐनामा टाँस्सिएको मेरो अनुहार अहिले म जस्तो छैन ऐनामा टाँस्सिएको मेरो अनुहार । एकाएक खसेर भुइँमा आफैं आफू जस्तै फुटाइदिएको छ फुटेको ऐनाले मेरो अनुहार । साँच्चै कुनै ठूलो भुइँचालो आउनु पर्दैन ऐना खस्नलाई कुनै चट्टानमा बज्रिनु पर्दैन ऐना फुट्नलाई बिचरा ऐना न हो खस्यो कि प्याट्ट फुट्छ तर देखाउन छाड्दैन रिसले कसैको अनुहार आफ्नो आयतनभित्र । त्यही ऐनाको आयतनमा राखेर आफूलाई सधैं म जस्तै मान्छेले दाह्री काट्छ मैले जस्तै मान्छेले जुँगा मिलाउँछ कपाल कोर्छ, क्रिम घस्छ सायद उसलाई विश्वास थिएछ ऐनाले ढाँट्दैन । त्यहि ऐनामा आफ्नो अनुहार हेर्न हरेक साँझ जून उदाउँछ हरेक बिहान सूर्य उदाउँछ र मेरो बुकुरो घरको उध्रिएको छाना र भित्ताको प्वालबाट छिरेको एक खित्का जून ऐना जस्तै टुक्रिएको छ एक...

बेसुरा समयको सुरिलो घन्टी

– हाम्रो कलम टिम  समसामयिक नेपाली साहित्यिक वृत्तमा नारायण ढकाल गम्भीर कलमवाज मानिन्छन् । गहन अध्ययन र मिहीन चिन्तनले उनको लेखकीय जग खँदिलो बनेको प्रमाण उनकै कृतिहरूले दिएका छन् । खासगरी खारिएको अभिव्यक्ति शिल्प भएका ढकालको आख्यान अझ धारिलो छ । पछिल्ला समयमा प्रकाशनमा आएका आत्महन्ता, बहिर्गमन जस्ता कथाकृति तथा दुर्भिक्ष र प्रेतकल्प जस्ता उपन्यासले उनको शक्तिशाली आख्यानकारिताको सजीव चिनारी दिएका छन् । तर उनको चिनारी यतिमै बाँधिँदैन । कविता लेखनमा समेत उत्साही भएर देखिने उनको गद्य पनि उत्तिकै ओजपूर्ण छ । हालै प्रकाशित लेख र निबन्धहरूको संग्रह 'शोकमग्न यात्री'मा त्यो प्रभावशाली गद्य छताछुल्ल छ ।   संस्मरण, यात्रा-वृत्तान्त, निबन्ध र आलेख गरी बाइस रचना रहेको कृतिको यो दोस्रो संस्करण हो । २०५६ सालमा प्रकाशित पहिलो संस्करणमा समाविष्ट...

'लेखक होइन, परीक्षार्थी हुँ' - 'सेतो धरती'का लेखकसँग गफगाफ

आख्यान सिर्जनामा रमाइरहेका अमर न्यौपाने युवा पुस्ताका इर्ष्यालाग्दा लेखक हुन् । 'सेतो धरती' उपन्यासका लागि २०६८ सालको मदन पुरस्कार पाएपछि त झन् उनी साहित्यिक वृत्तमा हटकेक नै भएका छन् । दुई वर्षअघि नेपालगञ्जको स्थलगत अध्ययनमा आधारित 'पानीको घाम' आख्यानकृति ल्याएपछि निकै प्रशंसित भएका उनले सोही कृतिमा पद्मश्री साहित्य सम्मान पाएका थिए । यसैगरी न्यौपानेले 'कलिलो मन' बालकथा संग्रहका लागि २०६७ सालको पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार समेत थापेका थिए । स्थलगत अध्ययनमा गएर कलम चलाउने सर्जक दरिएका उनले 'सेतो धरती' लेख्‍न चितवनको देवघाट एक महिना बसेर बालविधवा आमाहरुको कथाव्यथा खोतलेका थिए भने बहुपतिप्रथाका विषय रहेको आगामी उपन्यासको लागि उनी तीन महिना हुम्ला बसेर फर्किएका छन् । अमरसँग उनको साहित्यिक यात्रा, पुरस्कृत...

सम्बोधनको लैङ्गिक पाटो

                                                                                                                                         रश्मि शीला अघिल्लो पुस्ता र पछिल्लो पुस्ताका महिलाको जीवनशैली र भूमिकामा आएको परिवर्तन नेपाली समाजमा भइरहेको परिवर्तन मापन गर्ने एउटा आधार हुन सक्छ । शहरी परिवेशको कुरा गर्ने हो भने अहिले धेरै महिला दिदी बहिनीहरुले पुरुषको अगाडि घुम्टो ओढ्नु पर्दैन । घरभित्र र घरबाहिर दुबैतिर काम भ्याउने चुनौती कायम भएपनि अहिले...

सञ्चारमाध्यममा गीत छनोटको अस्वस्थ प्रतिस्पर्धा

                                                                                                                             -  प्रभाकर गौतम एफएमररेडियो धेरैका लागि गीत–संगीत सुन्ने प्रमुख साधन हो । आधुनिक संगीतको विकास र विस्तारमा रेडियो नेपालले र पप तथा अत्याधुनिक संगीतको विकासमा एफएमले खेलेको भूमिका सराहनीय छ । नेपालमा हाल तीन सय पचासको हाराहारीमा एफएम खुलेकामा काठमाडौं उपत्यकामा मात्र यसको संख्या तीन दर्जन पुगिसक्यो । सबैजसो एफएममा नेपाली गीत–संगीतले ठूलो हिस्सा ओगटेको...

संस्मरणमा फिल्म हेराइ

 प्रभाकर गौतम                                                                                                                     फिल्म हेराइका मेरा थुप्रै सम्झनाहरु छन् जुन आजको आँखाबाट हेर्दा रोचक लागिरहेछ । यस संस्मरणमा मैले अपरिक्व उमेरमा व्यावसायिक फिल्म हेर्दाका अनुभवको मात्र चर्चा गरेको छु । मेरो जीवनमा चलचित्रका दृश्यहरुलाई जसरी देखाइन्छ उसरी नै ग्रहण गर्ने र सबै कुरा सत्य भएको भान हुने समय पनि थियो भनेर आज पत्याउन गाह्रो लागिरहेछ । तर यो सत्य हो । सायद मेरो जस्तो सोचाइ र अपरिपक्व बुझाइबाट...

मिडिया बुझाउने प्रयास

                                                                                                           –महेश्वर आचार्य विभिन्न क्षेत्र र समुदायका व्यक्तिहरूको अन्तर्वार्ता मिडियामा आइरहेकै हुन्छन् । अरूको अन्तर्वार्ता प्रचारप्रसार गर्ने सम्पादकहरूका अन्तर्वार्ता भने त्यति धेरै पढ्न÷सुन्न पाइन्न । यदाकदा विश्लेषकका रूपमा सम्पादकका धारणा प्रस्तुत भइरहे पनि उनीहरूका अन्तर्वार्ता नियमित रूपमा आउने चौतारी छैनन् । तर, मार्टिन चौतारीको कृति मिडिया संवादमा शेखर पराजुलीले मिडिया...

सलोजा

                                                                             सँगै हासे तिमीसँग बोलेपछि दुखेँ तिम्रो शहरमा रहर घोलेपछि दुखेँ नछोएको नदेखेको नभोगेको कहिल्यै अमुल्य यौवनको मोल मोलेपछि दुखेँ चाहनाको लालीमा सूर्य फूल्दै थियो चन्द्रमाको उज्यालोले पोलेपछि दुखेँ पुगे नीलो समुन्द्र चुमे नीलै आकाश तर झुठको दरबार खोलेपछि दुखेँ भिन्न शरीर एकात्मा भोगाई आधा आधा तिम्रो अहंकारले विथोलेपछि दुखेँ ।                                                          ...

Again over that talk: Sexuality - Abhinaya Thapa

Living alongside with two of the biggest manufacturing giants of the world has made our clothes and others daily needs cheap and easy. Though the effect of commoditized environment on our daily lives is still beyond our gauge but perceptible signs are visible and could be easily discerned. The available choices on the market have given rise to the power and authority of commoners on matters like what to wear and what not. And the certain modicum of power over clothes means control over own body and also over the subject and the notion. Indeed what is body; if not clothes and clothes and little skin and insinuating bones?  And add to it poverty our caste system (regulated society) to provide the needed materials and goods of society, forget the comfort and other things. The sudden...

वर्षा र सङ्गीत

                                                                                                                प्रभाकर गौतम आज फेरि त्यही झरीको रात छ, पारी डाँडा भिज्यो हेर न ! ढिलै भएपनि शुरु भएको वर्षात्का यी रातहरुमा म यो गीत गुनगुनाइरहेको छु । यो अर्कै कुरा हो, वर्षा अलि पर धकेलिएकोले यसपटक झमझम पानी पर्यो असारको रात भनी गाउन पाइएन । तर केही छैन, साउनको झरी बनी तिमी आउन भनी गाउनलाई पर्याप्त समय बाँकी छ । सङ्गीतको प्रकृतिसँग निकै गहिरो सम्बन्ध छ । प्रकृति सङ्गीतको श्रोत पनि हो । त्यसैले त छन् मौसमअनुसारका...

कविता मोह –रोशन खड्का

कविता पढ्छु म । किनकी यसप्रति मेरो अत्यन्तै मोह छ । यो मोहलाई लेखुँ–लेखँु लाग्यो । मैले कहिले देखि कविता पढ्न थालेँ ठ्याक्कै भन्न सक्दिन । यो असमर्थता भित्र केही सम्झनाहरु छन् । जसलाई यसरी लेखिरहेछु । त्यतिखेर ओखलढुङ्गाको अति बिकट स्कुल च्युरीडाँडा प्राविमा पढ्थे । मलाई पढाउने इन्दिरा मिसलाई आजपर्यन्त सम्झिरहन्छु । यसको कारण छ । भर्खरै दुई कक्षा चढेथँे । इन्दिरा मिस गाउनुहुन्थ्यो । उहाँको मधुर आवाजले मन्त्रमुग्ध बनाउथ्यो मलाई । सुनिरहन्थेँ । त्यो गीत माधवप््रसाद घिमिरेको “घामछाँया” कविता थियो । कविताभन्दा पनि मलाई इन्दिरा मिसको गीत मनपथ्र्यो । उहाँले सिकाउनुभएको लयमा आफ्ना सहपाठीसँगै ठूलो ठूलो स्वरमा गाउथेँ म, “कति राम्रो घाम कति राम्रो छाँया...।” त्यतिखेर मैले बुझेथेँ, कविता भनेको त गाउने कुरा रहेछ ।  जसै कक्षा चढ्दै गएँ, ईन्दिरा...

Page 1 of 3012345Next

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes