Where do you exist inside a newspaper ?

-- Abhinaya Thapa --  Do you search about yourself in the daily newspapers among its headlines, columns and even in sports and celebrities chit chat? Do you think about your existence inside its pages? Could it happen or should it be there something about you in different forms and shades in the reportage of the newspapers. What about your desires and wishes and your convictions and did you ever tried to read it in the words of others inside a newspaper? Have you ever read about yourself inside a newspaper? All this may sound like Christmas wistfulness but as readers for whom do you read. It couldn’t be for reporters and I cannot presume that we read for the publication house. And I haven’t seen people reading for the world....

काँडामा फुलेको फूल : झमक

।। प्रभाकर गौतम ।। एक दशकभन्दा लामो समयदेखि नेपाली साहित्य क्षेत्रमा कलम चलाइरहेकी झमकका सृजना तथा लेख रचनाहरु पढेका धेरैमा पक्कै पनि उनकै जीवनको बारेमा जान्ने रहर थियो । हिँडडुल गर्न नसक्ने बोल्न नसक्ने आँखा पनि धमिलो देख्ने केवल सुन्न मात्र सक्ने झमकको जीवन र दुर्लभ प्रतिभाका बारेमा जान्ने सम्भवतः मजस्ता धेरैमा उत्सुकता थियो । 'जीवन काँडा कि फूल’ कृतिले त्यो पूरा गरिदिएको छ । प्रकाशक 'अनलाइन साहित्य मञ्च' र 'झमक घिमिरे साहित्यकला प्रतिष्ठान' लॆ यो अवसर जुराइ दिएको हो । यो संग्रहमा सङ्गृहित विभिन्न ४७ शीर्षकमा समेटिएका आत्मपरक निबन्धहरुले झमकको जीवनका आन्तरिक र बाह्य पक्ष उजागर गरेका छन् । यो कृति उनको असामान्य जीवनयात्राको कथा हो । जहाँ खुसीभन्दा आँशु बढी छ तर पनि यो निराशाको हैन आशा र संघर्षको कथा हो ।  'खुट्टाले लेख्ने लेखक'...

प्रश्‍न

॥ अनिल पौडेल ॥ किन माटोमाविष रोपिरहेछन् खेतालाहरू ! पहिले पहिले यही माटोमासिर्जनाको व्याड राख्थे अग्रजहरूफुच्चे अरनिकोमाटोमा उम्रिए र तिब्बत पुगेसिद्धार्थ गौतममाटोमा उम्रिए र बुद्ध भएनिरन्तर लाभा भएरजन्मिरहे देवकोटाहरूहामीले पारिजातलाईमाटैमाथि मगमगाएको देख्यौंतिलौराकोटमा उर्वर कोख लिएरफेरि किन डुल्दैनन् मायादेवीहरू ?जताततैगुराँसका चिउला पाउलिरहेको बेलाकिन मरूभूमिका कुरा गर्छन् मान्छेहरू ?  यो वर्षहामीले बालुवा रोपेरके अर्को वर्ष ढुङ्गा भित्र्याउने...

रगतको रङ

॥ केशवराज सिलवाल ॥ कसले भन्छ एउटै हुन्छ रगतको रङ ?एउटै हुँदैन फरक-फरक हुन्छ रगतको रङ  मानिसअनुसार लाग्छ फरक-फरक घामफरक-फरक हुन्छ आकाशको रङफरक हुन्छ हावाको सिरेटोत्यसरी नै फरक-फरक हुन्छ रगतको रङ  देख्‍नलाई एउटै देखिए पनि फरक हुन्छप्रसव पीडामा बगेको कुनै आलो सुत्केरीको रगतको रङर उकालो चढ्दा  लडेपछि बगेको रगतको रङ फरक हुन्छजहाँतहीँ मुख बाएर बसेका जुकाले टोकेपछि बगेको रगतको रङ फरक हुन्छशान्तिपूर्ण आन्दोलनमा बगेको रगतको रङफरक हुन्छ निर्दोषको घाँटी रेटिएपछि सिर्का हानेको रगतको रङफरक-फरक हुन्छन्यायप्रेमी र अन्यायीको रगतको रङ हो, फरक हुन्छधनी मानिसको रगतको रङजसमा पाइन्छ धेरै मात्रा विदेशी रक्सीकोर फरक हुन्छ भोका मजदुर गरिबहरूको रगतको रङजसमा रगतभन्दा भोकको अंश बढी हुन्छफरक हुन्छसत्ताधारी, राजा,...

रेल चढ्ने रहर

॥ रमेश सफर निरौला ॥   रातको ३ बजे कलंकी पुगेर ५ घण्टाको उभ्याइपछि बल्लतल्ल बसको टिकट पाउँदा फुरुङ्ग पर्नुका पछाडि मधेसको गर्मी खाने मात्र चाहना अवश्य थिएन । बरु थियो वर्षदिनको चाड दशैं मनाउँदै मधेसका केही जीवनको एकसरो ठम्याइको रहर । मधेस, अझ घर जानकै लागि मैले आफू कार्यरत संस्था मार्टिन चौतारीमा तीन दिनको बिदा लिएको थिएँ ।  यसपल्ट मधेस पुग्दा-नपुग्दै गर्मीले फर्किहालूँ जस्तो भइसकेको थियो । बहाना गर्मी छल्नु थियो भने चाहना पहाड मधेस चढ्नु र ओर्लनु । यसै मेसोमा मैले भान्जा उमेशसँग मिलेर एक रात भेडेटारदेखि भारतको बिहारसम्मको यात्रा गर्ने योजना बनाएँ । घरमा ब्याउन लागेको गाईको दुर्लभ रूपमा भेटिने बिगौती माया मारेर उमेश र मेरो 'टोली' लाग्यो रमणीय दृश्यदेखि रेल चढ्ने 'भाग्य' सम्मको यात्रामा । हामीले हाम्रो दुई सदस्यलाई 'टोली' र...

हाम्रो जिन्दगी हाम्रो विश्वास

॥ विमल आरोही ॥ दर्शकवृन्द नमस्कार ! मैले यस कार्यक्रममा धेरैको जिन्दगी र विश्वास तपाईंहरूलाई देखाएँ / सुनाएँ । तर, हाम्रो भाग्य निर्माणको ठेक्का लिइबसेका मुख्य ठेकेदारहरूको जिन्दगीको असली विश्वास थाहा नपाउँदा सधैं दुःख पाइरह्यौं । के हो त उनीहरूको जिन्दगीको असली विश्वास ? आज हामी प्रमुख तीन विनिर्माण कम्पनीका तीतीन जना ठेकेदारका साथै सभामुख र राष्ट्रपतिको जिन्दगीका विश्वास तपाईंलाई देखाउनेछौं । मैले सबैभन्दा पैला सोधेको थिएँ लाइसेन्स पाएर सेन्स हराएका महान् कलाकार दाहाललाई- 'तपाईंको जिन्दगीको प्रमुख विश्वास के हो ?' बडो भावुक मुद्रामा उहाँले भन्नुभो- 'ओराली लागेको बिरालोको चाल भो, दुईचार वर्षमै मरेकै हाल भो, छल गर्‍यो भाग्यले ।' यसपछि म उनकै क्लोन भनिने काजीसाबलाई भेट्न नयाँबजारबाट उठेको मात्र के थिएँ । उनी त्यहीं टुप्लुकिए । 'म यहीं भएको...

शुभ विजया !!

...

स्मृति

॥ प्रभाकर गौतम ॥ जीवनमा कुनै-कुनै घटनाहरुको स्मृति सधैं ताजा रहन्छ । मानौं त्यो घटना कहिल्यै आँखाबाट टाढा भएकै छैन । मन र मस्तिष्कमा कुँदिएको जस्तो लाग्ने त्यस्तै एउटा घटना मेरो मानसपटलमा घरिघरि आउने गर्छ । घटनासँगै एउटा यस्तो पात्र आउँछ जो मेरो लागि निकै प्रिय थियो । थियो, किनकि त्यो पात्र अब जीवित छैन । छ त केवल उसको याद र एउटा पीडादायी सम्झना । पाँच वर्षजति अघिको कुरा हो । मेरो परिचय भएकै दिनदेखि उनीबाट प्रभावित भएको थिएँ । उनी मेरी दिदीकी साथी भएकोले पहिलो दिनदेखि नै उनले मलाई 'तँ’ भनेकी थिइन् । उनको आत्मीय व्यवहारले होला, त्यो सम्बोधन प्यारो लाग्यो । उमेरमा खासै अन्तर नभएकोले हामी दिदीभाइ छोटो समयमै साथी भयौं । उनी दार्जिलिङको सुविधासम्पन्न कलेजबाट काठमाडौंको सरकारी कलेज (रत्‍नराज्य) मा भर्ना भएकी थिइन्, पत्रकारिता स्नातकोत्तर...

सहर गन्थन

॥ जनकराज सापकोटा ॥ पढ्नकै लागि भनेर सहर छिर्दा हरेकका अनुहारमा सपनाका पत्रैपत्र मात्रै खात लागेका हुँदैनन् ।  आफूले हिँड्ने बाटो जस्तो भए पनि, गल्ली जतिसुकै अँध्यारा भए पनि तिनीहरुको मनमा 'सहर न हो' भनेर कुद्‌ने अदम्य आँट हुन्छ । तर सबैभन्दा बेसी सहर छिर्ने ती मानिसको मनको एउटा कुनामा पर्याप्त बहाना हुन्छन् । जसले तिनीहरुलाई सहरमा मस्ती गर्न छुट दिएको हुन्छ । राजनीतिका भाषामा भन्दा यो एउटा अजबको कार्ड हो, जसले सहर छिर्नेहरुलाई घरको गनगन बेवास्ता गर्ने 'लाइसेन्स' मिलेको हुन्छ । जति दौडे पनि नसकिने जिन्दगीको दौड, जति सम्झे पनि नसकिने बालवयको याद । यस्तै यस्तै तर्कनाहरुले समयको दौडमा असफलताको भारी बोकिइसकेको हुँदोरहेछ, मान्छेले थाहै नपाई । केटाकेटी नै छु भनेर देखाउनका लागि, समय अझै परिपक्व भइसकेको छैन है भनेर बुझाउन पढाइ एउटा...

पाउलोको 'अलेफ'

"सपना चाहान्छौ भने तिमीले ब्युँझिन जरूरी छ",सपना, आशा र प्रेरणाको गीत गाउने सुप्रसिद्ध लेखक पाउलो कोएलोको भनाइ । विश्वका सर्वाधिक रुचाइएका लेखकहरूमध्येमा पर्ने पाउलो कोएलोको नयाँ पुस्तक बजारमा आएको खबरले गर्मागर्मी छाएको छ । खासगरी पाउलोका अल्केमिस्ट, एलेभेन मिनट्स, जाहिर, ब्रिदा लगायतका कृतिहरूको स्वादबाट उनको पारखी बनिसकेको पाठक जमात नयाँ किताब कहिले हात पर्ला भन्ने छटपटीमा छ ।  ब्राजिल र टर्कीमा गत वर्ष २०१० मै प्रकाशित 'अलेफ' हालै अङ्ग्रेजी संस्करणमा आएको हो । नेपालका पुस्तक पसलमा पनि यो उपन्यास उपलब्ध हुन थालिसकेको छ ।  पाउलोको यो नयाँ पुस्तकको विश्वव्यापी सार्वजनिकीकरण भने सेप्टेम्बर २७ तारिखमा हुँदैछ । अमेरिका र क्यानाडामा आगामी साता पुस्तक पुग्ने पाउलोले आफ्नो ब्लगमा जनाएका छन् ।  सन् १९८२ मा पाउलोको पहिलो पहिलो कृति...

प्रत्युत्तर

॥ सानु घिमिरे ॥ मजेत्रोमा बाँधेर तिम्रो सम्मान बडो सानसँग हिंडेकी थिएँ,तिम्रो उपहार, धारे हातको रिबनहेर त कति सुहाएन मेरो शिरमा ।आक्रोश, दुर्वचन र आरोपहरुमाकस्तरी जिल्लिएको हाम्रो दौंतरी ? चौबन्दीमा अड्किन खोजिरह्यौमुटुभन्दा पर तिम्रो स्थान,कति खसखसाउने तिम्रो घाँटीकति चुकचुकाउने तिम्रो जिब्रो पटुकीभरि छन् सम्झनाका मकैहरूगोठालो जाँदा फक्याउने गर्छु । प्रत्युत्तर फेरि पनि त्यही हो,तिमी चम्काइराख निष्ठुरताको पाइनम सम्झिउँला त्यो हार्दिकताको मूल्य ।डढेलो लागेको वनमा एक दिनतिमीले खोज्नु स्नेहको ऐंसेलु,बुटामुनिबाट कतै पलाउनेछ अर्को मुना । - सुनसरी, हाल: सिड्नी, अस्ट्रेलिया...

मनको बह कसैलाई नकह !

।। तीर्थ विष्ट ।। दशैं सुरु हुनभन्दा एक महिना अघिदेखि नै मलाई दशैं लागिसक्छ । वर्षमा एक चोटि मात्र यही समयमा घर जाने भएकाले पनि यस्तो भएको होला । दशैं सुरु नहुँदै म धेरै पटक घर पुग्छु- मनमनै, कल्पनामै । बसमा सिटको अभाव र  कोचामकोच यात्रु, यो त दशैंको विशेषता नै हो । तर त्यो भीड र ठेलमठेल पनि रमाइलै लाग्छ । सबैलाई घर पुग्ने पुग्ने खुसी र उत्सुकता मिसिएको हतारो हुन्छ । जहिले जाँदा पनि मलाई नयाँ लाग्छ गाउँ-घर, जंगल, बाटो सबै-सबै । अघिल्लो वर्ष जाँदा भर्खर जन्मेका पाडापाडी-बाछाबाछी एकै वर्षमा ठूला भइसकेका हुन्छन् । आफूलाई सानै लाग्ने भतिजा-भतिजीहरु पनि निकै बढेको पाउँछु । आमा-बुबाको उमेर र गालामा परेका चाउरीको बाढाइ बाहेक मलाई सबै परिवर्तनहरु रमाइलै लाग्छन् । बाटोमा खाना खाने होटल सम्झँदा भने दिक्क लागेर आउँछ । नाक थुन्दै...

स्वप्निल, बाडुली र सुदूर सम्झना

पहिलो कृति ‘रङ्गैरङ्गको भीर’ को ६ वर्षपछि रङ्गवादी कवि स्वप्निल स्मृतिले दोस्रो कृति ल्याएका छन् । ‘बाडुली र सुदूर सम्झना’ कविताकृतिमा उनले रङ्गवादी प्रवृत्ति झल्काउँदै जुनसुकै कुरामा बिब्ल्याँटो खोज्ने  आफ्नो पहिलेको शैली छाड्दै पाठकको सामूहिकतालाई सम्बोधन गरेका छन् ।  सामूहिकताको यो सम्बोधन सहज पनि बनेको छ । टपरी भन्ने भाँडोलाई बुझाउन गोलो घेरामा शब्द छर्ने हिसाबमा रङ्गवादी कविले ‘उपद्रो’ मच्चाउनु उनीहरूको निजत्त्व र प्रयोग रहँदै आएको थियो । तर त्यो टपरी पछिल्लो कृतिमा आउँदा सग्लै रूपमा सरल शब्दका सिन्काले बुनिएका छन् । सरलताको यो 'अवतार’ पनि कविको आफ्नै पूर्वशैलीदेखि अर्को प्रयोग बनेको छ । यसको फाइदा : प्रयोगको नाममा शब्दको उबडखाबड र फन्के रोटी हुने लहरलाई कविको सनकको संज्ञा दिँदै कवितादेखि नै विकर्षित हुने पाठकलाई पनि न्याय...

पढ्नु : प्रेम

॥ जोतारे धाइबा ॥ प्रेमसँग हाड नाता भएकाहरूले बुझ्छन्- यसभित्रको लगाव कति दुःखदायी हुन्छ, तर मीठो तड्पन ! भोगेपछि यस्तो लाग्दो हो, यो प्रेम भन्ने कुरा त नभइदिएकै भए पनि हुने ! तर के यसबिना संसारको सहज रफ्तार सम्भव छ ?   धेरैअघि सोचेथेँ, प्रेमबारे केही त लेख्‍नेछु । तर यसबेलासम्म त मैले त्यही सोचाइसँग नै प्रेम गरेर बसिरहेको रहेछु । फेरि यो बसिरहनु, बस्न सक्नु पनि त एउटा प्रेम नै हो । कति-कति प्रेमहरू...। आरम्भमा प्रेमका बारेमा केही विद्वान्‌द्वारा अभिव्यक्त पंक्तिहरू : - हरेक दिन म तिमीलाई बढी माया गर्छु हिजोभन्दा आज बढी, भोलिको भन्दा आज कम ।                                       ...

विवादका बीच आदिकविको उपाधि

 ॥ रमेश सफर निरौला ॥ २०६६ पुस ३० गते राति नेपाल टेलिभिजनबाट प्रसारित हास्यशृंखला 'तीतो सत्य' मा यसका परियोजनाकार दीपाश्री निरौला र दीपकराज गिरीले नेपाली साहित्यजगत्‌मा एकपल्ट हलचल मच्चाएको विषयलाई उठाए । कवि भानुभक्त आचार्य र राजा पृथ्वीनारायण शाह नेपालमा हाल घटित भइरहेको अव्यवस्था हेर्न एकपल्ट फेरि 'कान्तिपुर' ओर्लिएको र यहाँको 'बबन्डर' देखेर ज्यादै निराश भएको कुरालाई नाटकीकरण गरेर हास्यशृंखलालाई रोचक, व्यङ्ग्यात्मक र विवादास्पद समेत बनाए परियोजनाकारद्वयले ।  हुनत नेपालका राजा पृथ्वीनारायण शाहको योगदान र भानुभक्तको नेपाली भाषा साहित्यमा योगदानको चर्चा यस सङ्क्रमणकालीन समयमा एउटा विवादास्पद विषय पनि हो तर आज हामी यस लेखभरि समालोचनाका विविध अर्थनिरुपणकका काँटाले भन्दा पनि नेपाली साहित्यमा भानुभक्तको उपाधि 'आदिकवि'माथि उठेका...

Cinema : its reality and superficiality

।। Abhinaya ।। I think even the casual comments about the alienation of Nepali films from its people and society demands modest arguments. The rupture of Nepali people with its one of most powerful and popular mode of expression is a painful and a tragic reality. Thus the blaming game on directors and audiences solves nothing but builds up a frustrating environment. And hardly anybody has come up with conciliatory works even small interactions programs between filmmakers and audiences are almost non-existent. Thus in this context I ‘m nowhere to provide any answers, even my questions stands on the fragile ground. Why we don’t watch Nepali films, as an individual I can shrug off not only the answer but even the question. But if...

लेख्‍नुपर्दोरहेछ...

।। प्रभाकर गौतम ।। लेखनप्रति आकर्षण भएर पनि अहिलेसम्म अपवादमा बाहेक केही लेखेको छुइनँ मैले । धेरै कारणमध्ये लामो समयसम्म 'राम्रो अध्ययन' बिना के लेख्‍न सकिएला भन्ने डर नै हावी रह्यो जस्तो लाग्छ  (आलस्यलाई बिर्सने हो भने ) । तर अहिले आएर लाग्दैछ, लेखाइको सम्बन्ध अध्ययनसँग भए पनि लिखित सामग्रीहरू ज्ञान मात्र नभएर अभ्यासका उपज पनि हुन् । हामीले पढेका सबै कुरा लेख्‍न सम्भव हुँदैन । लेख्‍ने त आखिर बुझेका, बुझे जस्तो लागेका र बुझ्न चाहेका कुरा नै रहेछन् । लेखनका पनि विविध विधा हुने भएकोले सबै कुरामा अध्ययनमै निर्भर हुनु पर्दैन । मान्छेको स्वानुभव र कल्पनाकै आधारमा पनि लेख्‍ने कुरा धेरै छन् । त्यसका लागि चाहिने आधारभूत कुरो त अभ्यास हो । पढ्दैमा लेख्‍न आइहाल्ने हुँदैन रहेछ । त्यसैले धेरै पढेपछि मात्रै लेख्‍न सकिन्छ भन्ने मेरो धारणा...

Page 1 of 3012345Next

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes