- किशोर न्यौपाने 'यदु'समयका कलेटी परेका काँचुलीहरूओछ्याएर फलैंचामामेरी हजुरआमाआँसुसँगै कात्नुहुन्छजिन्दगीको ए-को-हो-रोपरिभाषा । विचलित नबनी कत्ति पनिजबनबुझिने अनुहारमा खुम्चिएका रेखा देखाउँदैपढ्नुहुन्छ एक अनुच्छेद वर्तमानअनि मलाई लाग्छ-उस्तै रहेछ बाँच्नुका रुटिनहरूहिजो, अस्ति र आज । तर भिरालो खुट्टाहरूले समाएर गन्तव्यमाअहँ, गर्न सकिने रहेनछ सफलताको दस्तखतत्यसैले होलाउहाँ भन्नुहुन्थ्यो-सपनाको महल र खरानी मानसिकताउस्तै-उस्तै हो नानू !मेरी हजुरआमाको आग्रह र सल्लाहमा त्यसपछि मैले कहिल्यै देखिनँ सपना,आजकाल गर्व लाग्छसपनाको राजनीति नगरीकनैम मान्छे बन्न सकेको छुसाँच्चै कति गाह्रो हुने रहेछ हगिमान्छेजस्तै मान्छे बन्नलाई । - आरुपोखरी ७, गोरखा...