किन सकिन मैले ?

रोशना महर्जन
हामीबीचको सम्बन्धको चर्चा परिचर्चा हुँदा
किन समाज सामु एउटा नाम दिन सकिन मैले

भावविह्वल तिमी आतिई कहालिएर रुँदा
किन निर्भीक भई तिम्रा आँसु पुछ्न सकिन मैले

बेदाग तिम्रो व्यक्तित्वमा चरित्रहीनताको दाग लाग्दा
किन तिम्रो पवित्रताको वकालत गर्न सकिन मैले

हामीबीचको नातालाई नाजायजको संज्ञा दिँदा
किन जायज भनी प्रमाणित गर्न सकिन मैले

तिमीमाथि हजारौ प्रश्न मिश्रित औँलाहरु उठ्दा
किन मौनता आफ्नो भंग गर्न सकिन मैले

कायरताको उपमा दिँदै तिमीले साथ मेरो माग्दा
किन हाम्रो मायाको समर्थन गर्न सकिन मैले

स्वच्छ प्रेमको निम्ति जीवन परित्याग तिमीले गर्दा
किन पापबोध गरी प्रायश्चित गर्न सकिन मैले


पुलचोक, ललितपुर

5 :: प्रतिक्रिया:

Unknown said...

i like......

Anonymous said...

bahoot jhoor hai yar
Hindi me likho na
bahoot aacha lagega!!!!!!!!!!!!!!!
ham khoosh honge
sukria

साहित्यसंगम said...
This comment has been removed by the author.
साहित्यसंगम said...

गजल धेरै राम्रो लाग्यो, शायद अब तपाईंको गजललाई महसुस भए जस्तो छ, मित्रता र प्रेम केहो भन्ने कुरा यसरी रिअलाईज भयो भने धेरै राम्रो। धेरै राम्रो रोशना जी अरु पनि यस्तै गजलहरु पढ्न पाउ है त गुनगुनाउन नसके पनि।

Unknown said...

kabita sarai man paryo sayad eak le arkalai na bujdha yastai nai hunchha hola aajha sansar yastai hundi chha manche le man haina paisa harna thaleka chhan.

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes