मलाई 'म' मन पर्दैन

भवसागर घिमिरे


म मनबाट चलेको छु

मस्तिष्कबाट चलेको छैन

त्यसैले मलाई म मन पर्दैन

पहिला पहिला मेरा मनहरु

नसा नसाबाट बग्दै

मस्तिष्कमा पुगेर छानीने गर्थे

शुद्ध हुन्थे मनहरु अनि

म त्यसलाई व्यवहारमा उतार्थे

तर आज मनहरु

मस्तिष्कमा पुग्न नपाउँदै

व्यवहारबाट पोखिने गर्छन्

म सँधै मनको कुरा मान्छु

मस्तिष्क सदा लाचार भै रहन्छ

धिक्कारी रहन्छु म अनि मनहरुलाई

किनकी मेरा मनहरु

मलाई स्वयं दमन गर्दैछन्

लज्जास्पद बनाइरहेका छन्

तरपनि म प्रतिकार गर्न सक्दिन

मनहरुलाई

म हार्दोयुद्ध लडिरहेको छु

त्यसैले मलाई म मन पर्दैन !


(२०६१-०१-३१, पोखरा)


3 :: प्रतिक्रिया:

S Kafle said...
This comment has been removed by the author.
Basanta said...

भवसागर ब्रो, मष्तिष्क रकमी र स्वार्थी हुन्छ र मन भने शुद्ध हुन्छ भन्छन् ज्ञानीहरु; तेई भएर मनबाटै चलेको राम्रो हुन्न र भन्या:)

कविता राम्रो लाग्यो।

Anonymous said...

मनबाट चल्नु राम्रो हो भवसागरजी
मनबाट चल्दा हार भएपनि त्यो जितै हो
र मैले पहिलोपटक तपाईले लेखेको कुरा पढैं जसमा हाँसो थिएन । मत्लब ...nice to read something straight from heart and serious

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes