नेपाल प्यारो छ

मनु ठाडा
भन्छौ तिमी हिमाल सेतो छ
तर म देख्छु यो त रातो छ
किन भनी प्रश्न गर्छौ भने
म भन्छु त्यसमा नेपालीहरुको रगतको छिटो लागेको छ
लाखौँ नेपाली त्यही हिमालको आडमा
लुकी रहदा अनायासै मृत्यु वरण गर्न पुगेको छ
भन्छौ तिमी सूर्य तातो छ
तर म भन्छु त्यो त सेलाएर चिसो भै सकेको छ
तातो ताप त पृथ्वीमा मान्छेको भिड भएर
त्यसको वाफले तातो भएको छ
मानीस धेरै अहङ्कारी भै उसको आत्मा त्यसै
त्यसै जलेर तातो भएको छ
भन्छौ तिमी नेपाल राम्रो छ
तर म देख्छु नेपाल त भ्रष्टाचारीहरुले खोक्रो बनाएको छ
दुष्ट मानीसहरुले भित्रभित्रै सकाएको छ
नेपाल एउटा कुहिएको फर्सी जस्तो मात्र भएको छ
तर पनि नेपाल प्यारो छ
किनकी यहा मलाई जन्म दिने मेरी आमा जन्मनु भएको छ
यहा मलाई कर्म सिकाउने बुबा रहनुभएको छ
खोलाहरु सुसेली हाल्दै अनवरत बगिरहेका छन्
ती निर्दोष हिमालहरु रगतका फोहोरी छिटा बोकेरै भए पनि
ङिच्च दात देखाई ठिङ्ग उभिदिएकै छन्
भेडेटार, वन्दीपुर, धम्पुस, नगरकोट साथै
टेम्के, श्री अन्तु, सिरुवारी मनभरि व्यथा बोकेरै भए पनि
हामी दुष्ट मानव जातिको आत्मामा मलम लगाउन तयार भै रहेकै छन्
त्यसैले त नेपाल प्यारो छ ।

-धनकुटा, हालः काठमाडौँ

4 :: प्रतिक्रिया:

डीआर न्यौपाने'सूर्य' said...

मनु जि हो जे भएपनि आफ्नो जन्मभुमि त प्यारो लाग्छ नै।प्रयास गरौ सबैले आ-आफ्नो ठाउ बाट देशलाई भ्रष्टाचार बाट मुक्त गर्न,अनि हिमालमा लागेका रगतका छिटाहरुलाई सुगन्धरुपि बिकासका नयाँ पालुवाहरुले छोप्न ।

Collection from world said...

मनु जी को जय होस, कबिता पढने सबैमा उन्माद र हर्षा होस, मनु जी मा यस्तै यस्तै कबिताको बर्षा होस.... धेरै धेरै खुसी भएँ तपाईको यो छड्के कबिताको लागी सलाम....!

Arjun Dungmen said...

मनु जि नेपाल सच्चिकै प्यारो छ । ति नेपालका गौरब र शान बोकेका हिमालहरुले रगतका छिटा बोके तापनी, नेपाल कुहिएको फर्शी झै बने तापनि, जन्म दिने आमा र कर्म सिकाउने बाबा त्यही जन्मनु भएको छ । त्यसैले; यो प्यारो नेपालको रक्षा र कदर गर्दै जानै पर्छ ।

Anonymous said...

The writing of Manu jee is a good idea, but there are some mistake on language, atleast I donot blame to Manu for her writing she is from a special part of Nepal but editorial board should be clear for the grammatical structure they are using...........this much for today.

Good luck.

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes