गजल

रुपक वनबासी


प्रेमपत्र लेख्दै पातपातमा हिँडियो कुनैबेला
दिँदै कतिलाई हात हातमा हिँडियो कुनैबेला

उमेरै यस्तो भन्नुपर्छ रहरै त्यस्तो भन्नुपर्छ
रोदी बस्ने भन्दै रात रातमा हिँडियो कुनैबेला

बाँसुरीमा कृष्णजीजस्तै गाँजाभाँङ्‍मा शिवजीजस्तै
लटि्‍ठदै कसैका बातबातमा हिँडियो कुनैबेला

सम्झिदा'नि त्यसैत्यसै आनन्दको आभाष हुन्छ
लर्के जवानीको मातमातमा हिँडियो कुनैबेला

तनहुँ ।

2 :: प्रतिक्रिया:

Basanta Gautam said...

Nice one! Enjoyed this Ghazal. Thank you for sharing.

madanmani said...

Hey Rupak Splendid job yar

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes