रमेश न्यौपाने दुर्योधन तानिरहेछ द्रौपदीको सारी,अब लाज ढाकिदिने कुनै कृष्णहरु छैनन् यहाँ ।सभामा युधिष्ठिर छन्, भीम छन्, अर्जुन छन्, र छन् - नकुल र सहदेव,महोदय ! चुपचाप हेरीरहेछन् तमासा यी सबै ।जुवामा जितेपछि दुर्योधन फुकाईरहेछ सारी द्रौपदीको,नाङ्गिदैछिन् द्रौपदी,र, छैनन् कृष्णका अदृश्य हातहरु अब । बाजी जित्नेले त तान्यो सारी,तानिरहेछ-तर आश्चर्य! बाजी हार्नेहरु अर्थात-,युधिष्ठिर-, भीम-,अर्जुन-,नकुल र सहदेव पनि,उसैगरी बजाईरहेछन् ताली-जित्नेले झैं,खुब रमाईरहेछन् द्रौपदी नाङ्गिईरहेको यो तमासामा ।लाज ढाकिदिने कुनै कृष्णहरु छैनन्- अब,क्रमशस् नाङ्गिदैछिन् द्रौपदी ।दुर्योधन तानिरहेछ द्रौपदीको सारी ।काठमाडौ, रत्नराज्य लक्ष्मी क्याम...