
दृश्य १. एकजना सभासद दिनभरि उद्घाटन कार्यक्रममा व्यस्त रहन्छ र वेलुका संविधान निर्माणमा भइरहेको ढिलाइका बारे आयोजित कार्यशाला गोष्ठीको समापन रात्रिभोजमा ह्विस्की डकारेर समावेशी संविधानबारे टेलिभिजनमा अन्तर्वार्ता दिइरहेको देखिन्छ।
जनकराज सापकोटा
दृश्य २. दिनभरिको बेफुर्सदीबाट ग्रस्त एकथान युवक साझँपख फुटपाथमा उभिएर दिउँसो मोबाइलमा डाउनलोड गरेको ब्लु फिल्म हेर्छ र आफ्नी प्रेमिकालाई ती दृश्यहरु देखाएर उत्तेजित तुल्याउन खोज्छ।
दृश्य ३. एकजना प्राध्यापक जो कक्षामा पढिरहेकी उमेर छिप्पिएकी केटीलाई नाङ्गो आँखाले हेर्दै फ्रायडको मनोविज्ञान र मार्क्सको अर्थशास्त्र मिसाएर यौन मनोविज्ञान पढाउँछ । बेलुकी घर पुगेर श्रीमतीलाई हप्काउँछ, "उमेर नै नपुगी कति चाढै चिसिएकी"।
दृश्य ४. एउटा बेरोजगार केटो दिनभरि रोजगारीको खोजमा चारैतिर चहार्छ र साँझ एक पिन्ट...